Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २९ शुक्रबार

    अपडेट
    गृहपृष्ठसमाचारप्राविधिक व्यवसायिक शिक्षा र तालिमलाई ओैपचारिक शिक्षामा रुपान्तरण गर्न जोड दिंदै गोकर्णेश्वर नगरपालिका

    प्राविधिक व्यवसायिक शिक्षा र तालिमलाई ओैपचारिक शिक्षामा रुपान्तरण गर्न जोड दिंदै गोकर्णेश्वर नगरपालिका


    काठमाडौं , ९ मंसिर: काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले प्राविधिक व्यावसायिक शिक्षा र तालिम शिक्षा प्रणाली कार्यान्वयन प्रयोगशाला (आइल्याब) कार्यक्रम अन्तर्गत प्राविधिक व्यवसायिक शिक्षा र तालिमलाई ओैपचारिक शिक्षामा रुपान्तरण गर्न जोड दिंदै प्राथमिकताका साथ अगाडि बढाउने भएको छ।
    काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन(कुसोड) र इटिएच जुरिकको सहकार्य तथा स्वीस विकास नियोगको प्राविधिक सहयोगमा भैरहेको प्राविधिक व्यावसायिक शिक्षा र तालिम अन्तर्गत शिक्षा प्रणाली कार्यान्वयन प्रयोगशाला(आईल्याव) संग सम्बन्धित रहेर गोकर्णेश्वरले विद्युतीय सवारी मर्मत सम्भारको लागि छोटोे अवधिको तीन महिने तालिम प्रदान गर्ने भएको छ।
    गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक कुमार रिसालले नेपालमा विद्युतीय सवारीहरुको प्रयोग बढ्दै गएको र अहिलेको समयसामयिक परिवेशमा विद्युतीय सवारीहरुको मर्मत सम्भारका लागि नेपालमै दक्ष जनशक्ति आवश्यक भएकोले यो तालिम सञ्चालन गर्दै ओैपचारिक रुपमा प्रविधिक तथा व्यवसायिक शिक्षालाई प्राथमिकता दिन लागिएको बताउनुभयो।
    “हाम्रा स्थानीय युवाहरु बेरोजगारीको समस्या झेलिरहेका छन्, उनीहरुलाई तालिम र सीप प्रदान गरेर स्वरोजगार र उद्यमशील बनाउन सकिन्छ, यस बिषयमा स्थानीय युवाहरू पनि सकरात्मक छन्, हामीले पहल गर्दा समाज र देशले राम्रो लाभ हासिल गर्छ, यो अहिलेको अवस्था पनि हो, नगरपालिकाका १८ देखि ४० वर्षसम्मका बेरोजगार स्थानीयहरुलाई लक्षित गरेर यो कार्यक्रम सञ्चालन गर्ने र यसका लागि प्रक्रिया अगाडि बढेको छ,  क्रमिक रुपमा ओैपचारिकता दिनेछौँ।” उहाँले भन्नुभयो।

    काठमाडौं विश्वविद्यालयले समन्वय गरेको शिक्षा प्रणाली कार्यान्वयन प्रयोगशाला (आइल्याब) २०२५ मा मधेस प्रदेश बाहेक हरेक प्रदेशमा एक एक वटा समूह छन् भने बागमती प्रदेश भित्र ललितपुरमा एउटा र काठमाडौंमा एउटा दुई वटा समूह छन्।

    शिक्षा प्रणाली कार्यान्वयन प्रयोगशाला (आइल्याब) अन्तर्गत हरेक समूहले फरकफरक क्षेत्रमा प्राविधिक तथा व्यवसायिक कार्यक्रमहरु गरिरहेका छन्। सबै समूहमध्ये गोकर्णेश्वरले अनौपचारिक रुपमा भैरहेको प्राविधिक, व्यवसायिक शिक्षा र तालिमलाई ओैपचारिक शैक्षिक कार्यक्रमको रुपमा विकास गर्दै जाने गरि कार्ययोजना तयार गरेको काठमाडौं विश्वविद्यालयका पूर्वडिन तथा प्राध्यापक डाक्टर महेशनाथ पराजुलीले जानकारी गराउनुभयो।
    प्राविधिक व्यवसायिक शिक्षा र तालिमकालागि गोकर्णेश्वर नगरपालिकाको पहलमा बागमती प्रदेश प्राविधिक व्यवसायिक शिक्षा र तालिम सहित संघीय तहको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदसंग समन्वयमा कार्यक्रमहरु सञ्चालन हुने उहाँले जानकारी दिनुभयो।
    आइल्याव अन्तर्गत गोकर्णेश्वर नगरपालिकाले विद्युतीय सवारी मर्मतमा स्थानीयहरुको रुचि कस्तो छ भनेर सर्वेक्षण समेत गर्ने भएको जानकारी गराइएको छ।
    प्रविधिक व्यवसायिक शिक्षा अन्तर्गत तीन महिनाको विद्युतीय सवारी मर्मत तथा संभार तालिम सामान्य भएकोले यसलाई दीर्घकालीन बनाउन र दुई वर्षसम्मको अवधिको पाठ्यक्रम अनुसारको ओपचारिक शिक्षामा जोड्न सर्वेक्षण गर्न लागिएको जनाइएकाे छ । बागमती प्रदेश प्राविधिक तथा व्यवसायिक शिक्षा एवम् तालिम परिषदका प्रमुख कार्यकारी निर्देशक शान्ति लामाले
    स्थानीय र प्रदेश तहको समन्वय अनौपचारिक प्राविधिक व्यवसायिक तालिमलाई ओैपचारिक शिक्षाका रुपमा विकास गर्ने प्रयास यो नेपालमा नै पहिलो हो भएकाे बताउनुभयाे ।

    नेपालमा व्याप्त बेरोजगारी समस्या न्युनिकरण गर्दै जानका लागि यो प्रक्रिया महत्त्वपूर्ण भएको
    आइल्याव काठमाडौंका संयोजक रमेश दुलालले जानकारी गराउनुभयो।

    निजी क्षेत्रकातर्फबाट नेपाल उद्योग परिसंघले विद्युतीय सवारी मर्मतको क्षेत्रमा आवश्यक सीपयुक्त जनशक्तिलाई रोजगार दिलाउनका लागि समन्वय र  सहकार्यको भूमिका निर्वाह गर्दै शिक्षालाई उद्योग र उद्यमशीलतासंग जोड्न प्रयत्न गर्ने उद्योग परिसंघका सीप निर्देशक प्रयाशा केसीले जानकारी गराउनुभयो। यसका लागि बागमती प्रदेश, गोकर्णेश्वर नगरपालिका र उद्योग परिसंघबीच त्रिपक्षीय सम्झौता भएको उहाँले जानकारी गराउनुभयो।
    विद्युतीय सवारीको मर्मतका लागि उद्योग र बजारको माग अनुरुप दक्ष जनशक्ति विकास गरी रोजगारमा जोड्न उद्योग परिसंघले भूमिका खेल्ने जानकारी गराइएको छ।—




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    आज देशभर मनसुनी गतिविधि सक्रिय, कर्णाली–सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थान

    सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो

    काठमाडौं ।  सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।

    सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष सञ्चालन

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सुलभ मूल्यको खाद्य बिक्री

    समाचार प्रकाशनको विषयमा सम्पादक पक्राउ, प्रेस स्वतन्त्रतामाथि बहस

    काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठ समाचार प्रकाशनको विषयलाई लिएर पक्राउ परेपछि प्रेस स्वतन्त्रता र

    एमालेद्धारा लोकतन्त्रमाथि नै हस्तक्षेप भएपछि न्याय माग्दै निर्वाचित जनप्रतिनिधि सर्वोच्च…

    काठमाडौं, २७ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को घरझगडा सर्वोच्च अदालतसम्म पुगेको छ । पार्टीभित्रको गुटगत आक्रोश पोख्न एमालेबाट निर्वाचित

    सरकार बदलियो तर देशको सिच्युएशन बदलिएन : प्रभु साह

    रौतहट, ९ साउन । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपा नेतृत्वको सरकारले मुलुकलाई सही तवरले नेतृत्व

    Techie IT