Techie IT
  • The Film Nepal
  • २०८२ मंसिर २७ शनिबार

    अपडेट
    गृहपृष्ठसमाचारप्रभु साहले भने, ‘सुशीला सरकार जेन–जी आन्दोलनको अपहरणकारी हो, यसबाट देशको समस्याको सही अवतरण असम्भव छ’

    प्रभु साहले भने, ‘सुशीला सरकार जेन–जी आन्दोलनको अपहरणकारी हो, यसबाट देशको समस्याको सही अवतरण असम्भव छ’


    सिराहा, ७ कार्तिक । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिलेको सरकारले देशलाई निकास दिन नसक्ने दाबी गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीको सत्तामा उदय नै अदृश्य तवरले भएकोले यो सरकारले देशलाई सही दिशा दिन नसक्ने साहको टिप्पणी छ । पूरानै संविधान र पूरानै व्यवस्था राखेर अघि बढ्दा गन्तव्य पनि पूरानै नेपाल हुने उल्लेख गर्दै साहले अबको निकास भनेको नै ‘सरकार बदलावसंगै व्यवस्थाको पनि बदलाव हो । अन्तरिम सरकार र अन्तरिम संविधान’ भएको ठोकुवा गरे ।

    आज (शुक्रबार) सिराहाको सुखीपुर नगरपालिका -१० दहिपौरी बजारमा दशैं, दिपावली, छठ पर्वको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै साहले सुशीला कार्की र ओमप्रकाश अर्यालले ‘देश नबुझेको र जनता नै नचिनेको’ आरोप लगाउँदै उनीहरूको नेतृत्वमा देशले निकास नपाउने टिप्पणी गरे । उनले बरु झन संकटको भूमरीमा फसेको आरोप लगाएका हुन् ।

    उनले फेक जेन-जीहरुको सहारा लिएर मुलुकको शासन–सत्ता हात पारेका सुशीला कार्कीहरुले देशलाई अनन्त कालसम्म संकटमा धकेल्ने कुचेष्टा गरिरहेकोले अब जनताको सहभागितामा निर्णायक संघर्ष गर्न जरुरी रहेको पनि आवश्यकता औंल्याए ।

    ‘सुशीला कार्कीहरू जेन–जी आन्दोलनका अपहरणकारीहरू हुन् । जेन–जी विद्रोहमा जसरी केपी ओली र रमेश लेखकहरुले दमन गरे, त्यो भन्दा बढि युवाहरुको सपना अनि भावनामाथि यी सुशीला र ओमप्रकाश अर्यालहरुले फोहोरी खेल खेलेका छन् । षड्यन्त्र गरेका छन् । छलछाम गरेका छन् । यो कुरा अहिले न्यायप्रेमी जनताले थाहा पाईसके,’ आजपा अध्यक्ष साहले भने ।

    उनले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याललाई केपी ओली र आरजु राणा देउवाकै नयाँ भेरिएन्टको संज्ञा दिए । उनले थपे, ‘यिनीहरुले देशलाई निकास दिन सक्दैनन् । बरु, देशलाई झनै षड्यन्त्रको भड्खालोमा हालेका छन् । यिनीहरुको छद्यमभेषी चरित्र छ । ढुक्क हुनुहोस, यिनीहरुले देशलाई लिड गर्न सक्दैन् । बरु, संक्रमणकालको फाईदा लिएर व्यक्तिगत डिल गर्न तत्पर देखिन्छन् । हामीले देशव्यापी रुपमा अब यो सरकारको भण्डाफोर गर्नुपर्छ ।’

    २१ फागुनमा प्रतिनिधिसभाको चुनाव गराउने म्याण्डेट पाएको सरकार आफ्नो मूल उद्देश्यबाट च्यूत भई बरालिएको साहको आरोप छ । उनले भने, ‘यो सरकारले म्याण्डेटलाई ध्यान दिनुको साटो म्यानुपुलेशन गरिरहेको छ । अहिलेका मन्त्रीहरुले हिराईजिम देखाईरहेका छन् । यिनीहरु सोसल मिडियाले बनाएका हिरो हुन्, जनताको सेवाको हिसाबले त जिरो हुन् ।’

    राष्ट्रपतिले पूरानै संविधानअनुसार नियुक्त गरेको प्रधानमन्त्रीले जेनजीहरुको भावना बुझ्न नसक्ने भन्दै साहले तत्काल सुशीला कार्कीलाई मार्गप्रशस्त गरेर मुलुकलाई सही दिशा दिन सुझाएका छन् । उनले भने, ‘यो सरकारले देशलाई पार लगाउन सक्दैन्, यसको जन्म नै शितलनिवासको शितल तापेर भएको छ, युवाहरुले पूरानो व्यवस्था र संविधान खराब भएर जनताको अवस्था खराब भएको भनेर विद्रोह गरेका हुन् । यो विद्रोह युवाको मात्रै विद्रोह थिएन, यसमा त पूरै जनताको साथ थियो । मैले यसलाई जनविद्रोह भन्ने गरेको छु । विद्रोहपछिको अवस्था नेतृत्वविहीन हुँदा सुशीला कार्की, ओमप्रकाश अर्यालहरुले धोकाको राजनीति गरे।’

    नेपाली राजनीति बजारमा जेनजीको नाममा सुशीलाहरुले नै थरि–थरिका जेन–जी समूह जन्माएको र उनीहरुको भावनामाथि कुठराघात गरेको साहको आरोप छ । उनले अहिले सरकारमा सहभागी भएकाहरु र उनीहरुको परिवारको सदस्य कोहीपनि जेनजी विद्रोहमा प्रत्यक्ष संलग्न नभएको बताए । उनले भने, ‘जेनजी आन्दोलनमा भाग नलिने, छोरा–नाति कोही पनि सडकमा नउत्रिने तर सत्ताको भाग खान यिनीहरु टुपुल्क आए, यो आँफैमा षड्यन्त्र होईन त ? यति धेरै युवाले बलिदानी दिनुभएको छ, उहाँहरुको परिवार आजपनि पीडामा छ, तर सुशीला म्याडमहरु अनेक षड्यन्त्र गरेर सत्तामा उदाए, यो जेनजी पुस्तामाथिको धोका हो, षड्यन्त्र हो ।’

    आजपा अध्यक्ष साहले भ्रष्टाचारी, जेनजी आन्दोलनका हत्यारालाई कारबाही नगर्ने हो भने सुशीला कार्कीलाई सत्तामा एक मिनेट पनि बस्ने नैतिक अधिकार नभएको बताए ।

    आफ्नो दल आजपाले देशको बेथिति, बिसंगति र भ्रष्टाचार अन्त्यका लागि निरन्तर सडकदेखि सदनसम्म संघर्ष गरेको पनि साहले स्मरण गराए । दुई वर्षअघि नै आफूले तेस्रो जनआन्दोलनको ऐलान गरेको स्मरण गराउँदै साहले देशको सही निकास भनेको अहिलेको संविधानको खारेजी र नयाँ सरकार गठन भएको बताए ।

    आजपा नेता राजेश्वर साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आजपाका नेताहरू बिल्टु यादव, उमेश कुशवाहा, उदय साह, बिजय यादव, विवेक साह, श्रीनिवास साह, खुशीलाल यादव, ओमप्रकाश यादव, मिनादेवी झा लगायतको बिशेष सहभागिता रहेको आजपा सचिवालय सदस्य सुभाष साहले जनाएका छन ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि सबैजसो तयारीको काम सकियो

    भक्तपुर । नेकपा एमालेले पार्टीको ११ औं महाधिवेशनको उद्घाटनका लागि मञ्च निर्माणको काम अन्तिम चरणमा पुगेको जनाएको छ ।एमालेले ११औँ

    ललितपुरका तीन क्षेत्रबाट कांग्रेसका ३२ जनाको सिफारिस

    ललितपुर/ २६ मंसिर, नेपाली कांग्रेस ललितपुरले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन र माघ १० गते हुने राष्ट्रिय

    बज्रबाराहीमा हुने पूर्णिमा भजनका लागि भक्तजनबाट आर्थिक सहयोग प्राप्त

    ललितपुर/ २६ मंसिर, ललितपुरको गाेदावरी नगरपालिका वडा नं. ११ स्थित बज्रबाराही मन्दिरमा हरेक पूर्णिमामा दिनभर हुने  भजनका लागि विभिन्न भक्तजनबाट

    नागढुंगा–मलेखु सडक शुक्रबार र शनिबार खुला हुने

    मलेखु । दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुंगा मलेखु सडकखण्ड आज र भोलि (शुक्रबार र शनिबार)का लागि

    ‘अक्षरहरूको क्यानभास’ सार्वजनिक

    काठमाडौं । कवि तथा गीतकार महेश बाबु तिमल्सिनाद्वारा लिखित नयाँ कविता कृति ‘अक्षरहरूको क्यानभास’ बिहीबार सार्वजनिक गरिएको छ ।२०८२ मंसिर

    पुष १ देखि बाघको गणना शुरु हुने

    चितवन ।आउँदो पुस १ गतेदेखि बाघ गणनाको काम थालिने भएको छ।चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ‘व्लक’ बनाएर गणना गर्न

    Techie IT