Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २५ सोमबार

    अपडेट
    गृहपृष्ठसमाचारप्रभु साहको प्रश्न, ‘कवाड व्यवसायी र किसान आन्दोलनबारेमा सरकार किन बेखबर ? सरकारलाई किन दुःखदैन ?’

    प्रभु साहको प्रश्न, ‘कवाड व्यवसायी र किसान आन्दोलनबारेमा सरकार किन बेखबर ? सरकारलाई किन दुःखदैन ?’


    काठमाडौं, १३ भदौ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले कवाड व्यवसायीहरु, उखु किसान र शिक्षकहरु एक सातादेखि आन्दोलनरत हुँदापनि सरकारले कुनै वास्ता नगरेको भन्दै आक्रोश पोखेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै साहले यी आन्दोलनप्रति सरकारको कुनै गम्भीरता नदेखिएको भन्दै आलोचना गरेका हुन् ।

    ‘कवाड व्यवसायी, उखु किसान झण्डै एक सातादेखि आन्दोलनमा छन् । तर, सरकारलाई दुख्दैन, सरकारलाई छोएको छैन । सरकार बेखबरजस्तो छ । म सोध्न चाहन्छु–के सरकारको संवेदना मरेकै हो ? के अदालतको आदेश पालना हुन्छ कि हुँदैन ?’ आजपा अध्यक्ष साहले सरकारलाई प्रश्न गरे ।

    उनले अदालतले स्टे अर्डर दिएर कवाड व्यवसाय सञ्चालन गर्न पाउनुपर्छ भनेको तर अदालतको आदेशको समेत अवज्ञा गर्दै कवाड व्यवसायीहरुमाथि कुटपिट र आक्रामण गरिएको बताए । कवाड व्यवसायीहरुमाथि भएको ज्यादती र डोजर आतंक गर्नेहरुमाथि कानून लाग्नुपर्छ कि पर्दैन भनेरपनि साहले प्रश्न गरे ।

    ‘यो सरकारले शान्ति, सुरक्षा गर्न सक्छ कि सक्दैन भनेर म सोध्न चाहन्छु । यत्रो पीडितहरुले शान्ति, सुरक्षा, क्षतिपूर्ति र अपराधीहरुलाई कारबाहीको माग गरेर आन्दोलन गर्दापनि, अदालतको आदेशको सम्मानको खातिर आन्दोलित बन्दा सरकार यसरी गैरजिम्मेवार बन्न मिल्दैन । मेरो आग्रह छ कि सरकार जिम्मेवार बनोस । आम नागरिकको सुरक्षाको ग्यारेन्टी गर्नु सरकारको हो,’ साहले भने ।

    उनले कवाडहरुले काठमाडौंलाई नै स्मार्ट सिटी बनाउन भूमिका खेलेको तर्क गरे । काठमाडौंमा काम नलाग्ने चिजहरुलाई निकालेर फ्याक्ट्रीमा पुर्याउने काम गरेको भन्दै कवाड व्यवसायीहरुले काठमाडौंलाई सफा बनाउने काम गरेको साहको तर्क छ ।

    उनले कवाड व्यवसायीहरुलाई देशभित्र र देशबाहिरको भनेर रंगभेदी कुरा गरिएकोमा पनि आपत्ति जनाए । उनले कवाड व्यवसायीहरुले आफ्नो पुँजी, जवानी र सिंगो जीवन लगाएको भन्दै उनीहरुमाथि निषेध गरिएको कुरा आफूलाई स्विकार्य नभएको चेतावनी दिए ।

    महानगरपालिकाको ज्यादतीबिरुद्ध कबाड व्यवसायीलेले बिगत पाँच दिनदेखी आन्दोलन गर्दैआएका छन् । सर्वोच्चको आदेश पालना गर्नुपर्ने र कबाड व्यवसायीलाई शान्तिपूर्ण वातावरणमा व्यवसाय गर्नदिनुपर्ने माग गर्दै कबाड व्यवसायी आन्दोलनरत छन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने

    काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। रास्वपाका सहमहामन्त्री

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला

    कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह जंगलमा मृत अवस्थामा फेला परेका छन्। गत शुक्रबार दिउँसोदेखि सम्पर्कविहीन रहेका सिंहको शव

    आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम

    काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा

    परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति : परराष्ट्रमन्त्री खनाल

    ललितपुर । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन्। ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः

    महाङ्काल मन्दिरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न, महानगरद्वारा उद्घाटन

    काठमाडौं । काठमाडौं महानगरपालिकाले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त महाङ्काल मन्दिर परिसरको ऐतिहासिक चौघेरा सत्तलको पुनःनिर्माण सम्पन्न गरेको छ। करिब ८

    राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङको माफी : ‘मेरो भाषा अलि…

    काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा आफ्नो अभिव्यक्ति रुखो तथा ठाडो हुन पुगेको स्वीकार गर्दै सांसदहरूसँग माफी मागेका

    Techie IT