Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण ३ आईतवार

    अपडेट
    गृहपृष्ठसमाचारप्रधानमन्त्री सुशिला कार्की जेनजी हत्यारा, भ्रटाचारीसंग बसेर चिया सम्वाद थाल्नुभएको छ : प्रभु साह

    प्रधानमन्त्री सुशिला कार्की जेनजी हत्यारा, भ्रटाचारीसंग बसेर चिया सम्वाद थाल्नुभएको छ : प्रभु साह


    काठमाडौं, ९ पुस ।आम जनता पार्टी (आजपा) का अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साहले बयान लिनुपर्ने जेनजी हत्यारा, भ्रष्टाचारीलाई सरकारले रातो कार्पेट ओछ्याएर चाकडी गरिरहेको बताएका छन ।

    काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा आज (बुधबार) बसेको आजपाको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै साहले प्रधानमन्त्री सुशिला कार्की जेनजी हत्यारा, भ्रटाचारीसंग बसेर चिया सम्वाद थालेकोमा आक्रोश व्यक्त गरे ।

    `अन्तरिम सरकार जेनजी हत्याराहरुको सेवामा समर्पित छ, बयान लिनुपर्नेहरुलाई रातो कार्पेट ओछ्याएर चाकडी गरिरहेको छ,´ आजपा अध्यक्ष साहले भने, `जेनजी आन्दोलन दमनकारी (ओली सरकार) र अपहरणकारी (सुशीला सरकार) ले युवाहरुको रगतको अवमूल्यन गरे । आज दुबै चिया चर्चामा ब्यस्त हुनुहुन्छ ।´

    केपी ओलीको अहंकारको कारण मुलुक खरानी भएको बताउदै उनले ओलीको अझै धाक, धम्की नरोकिएको बताए । सचेत नेपाली जनताले यसलाई नजिकबाट नियाँलिरहेको र आगामी निर्वाचनबाट जवाफ दिने तयारीमा रहेको साहले बताए ।

    तर सुशीला सरकारले चुनाव नगराउने खेलमा लागेको आशंका उनले व्यक्त गरे । सुशील सरकारले यदि चुनाव नगर्ने सोचेको छ भने सरकारमा बसेकाहरुले २१ फागुनपछि देश छोडेर भाग्ने दिन आउने उनले बताए ।

    `संसद् पुनःस्थापनाको नाटकमञ्चन बन्द नगरे जनताले प्रतिकार गर्नेछन् । चुनावबाहेक निकासको अर्को बाटो छैन । त्यसैले तोकिएकै मितिमा निर्वाचन गर्नुको विकल्प छैन,´ आजपा अध्यक्ष साहले भने, `सरकार आँफै चुनावी वातावरण बनाउने कुरामा असफल भइसक्यो, नसक्ने हो भने हात उठाउन म अनुरोध गर्दछु ।´

    वर्तमान सरकारले मुलुकलाई ढुंगे युगमा धकेलेको उनले बताए । `सबै देशसँगको सम्बन्ध टुटाएको छ, राजदूतहरु फिर्ता गरेर त्यसको सुरुवात गर्यो´ उनले भने ।
    अमेरिका, चीनलगायत देशले यस्तो विषम परिस्थितिमा नेपालबाट आ आफ्ना राजदूत फिर्ता बोलाउनु समिक्षाको विषय भएको टिप्पणी उनले गरे ।

    सरकारमा बसेर राजनीतिकदल बनाउने र उम्मेदवार खोज्दै घरदैलो गर्नेहरुको निर्वाचन कसरी सम्पन्न गर्नेतर्फ ध्यान नभएको उनले बताए । `नयाँ र विकल्प दिन्छु भन्नेहरु पनि लोकप्रिय अनुहारको खोजीमा घरदैलोमा हिँड्न थाल्नु दुःखद् हो,´ आजपा अध्यक्ष साहले भने ।
    चुनावको मौका छोपेर राजनीतिमा आउने र दल खोल्नेहरुले देश र जनताको बरेमा गम्भीर नभएको बताउदै उनले उनीहरु लोभले राजनीतिमा लागेको बताए ।

    बैठकले अगामी निर्वाचनको रणनीतिको बारेमा छलफल गर्दै उम्मेदवार छनोटको मापदण्ड बारेमा छलफल हुने लगायतका एजेन्डाहरु रहेको आजपा सचिवालय सदस्य बालकृष्ण सापकोटाले जनाएका छन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    राष्ट्र बैंक ऐन संशोधनमा खुला छलफल गर्न सरकार तयार, क्रिप्टोकरेन्सीबारे…

    काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ (संशोधन) विधेयक माथि दफावार छलफल गरिएको छ।

    साउने संक्रान्तिमा पशुपतिनाथमा भक्तजनको घुइँचो, बिहानैदेखि शिवपूजामा श्रद्धालुको भीड

    काठमाडौं । साउने संक्रान्तिको अवसरमा शुक्रबार बिहानैदेखि आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थी भक्तजनहरूको उल्लेख्य भीड लागेको छ। साउन महिनाको पहिलो

    सांसदलाई सम्पत्ति विवरण बुझाउन सचिवालयको आग्रह, भदौ २९ भित्र अनिवार्य…

    काठमाडौं । संघीय संसद् सचिवालयले आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण निर्धारित समयभित्र बुझाउन संघीय संसद्का सबै सदस्यलाई अनुरोध गरेको

    आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व…

    काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका

    बागमतीमा एमाले मन्त्रीहरूको सामूहिक राजीनामा रोकियो

    काठमाडौं । नेकपा (एमाले) बाट बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले गर्ने भनिएको सामूहिक राजीनामा अन्तिम समयमा स्थगित भएको

    बागमती प्रदेश प्रमुखद्वारा दुई आर्थिक विधेयक प्रमाणीकरण

    काठमाडौँ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाबाट पारित दुई वटा आर्थिक विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रदेश प्रमुख देवकोटाले

    Techie IT