Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २ शनिबार

    अपडेट
    गृहपृष्ठराजनीतिप्रधानमन्त्री बालेन बाहिरिएपछि प्रतिनिधिसभामा विवाद, सभामुखद्वारा सांसदलाई मर्यादित व्यवहारको चेतावनी

    प्रधानमन्त्री बालेन बाहिरिएपछि प्रतिनिधिसभामा विवाद, सभामुखद्वारा सांसदलाई मर्यादित व्यवहारको चेतावनी


    काठमाडौं । प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिएपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बैठक कक्षबाट बाहिरिएसँगै सदनमा केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएको छ।

    बैठकका क्रममा प्रधानमन्त्री शाहले विभिन्न दलका तर्फबाट उठाइएका जिज्ञासाको जवाफ दिएका थिए। तर, उनको सम्बोधनपछि केही सांसदहरूले आफूलाई बोल्ने अवसर नदिइएको भन्दै असन्तुष्टि जनाएका थिए।

    सांसद ऐन महरलगायतले बोल्न समय माग्दै विरोध जनाएपछि सदनमा केहीबेर वादविवादको स्थिति बनेको थियो। अवस्था असहज बन्दै गएपछि सभामुखले हस्तक्षेप गर्दै सांसदहरूलाई संसदीय मर्यादा कायम गर्न आग्रह गरेका थिए।

    सभामुखले विशेषगरी ध्रुव राईसहित केही सांसदको व्यवहारप्रति असन्तुष्टि जनाउँदै संसद्को गरिमा र अनुशासन कायम राख्न ध्यानाकर्षण गराए। साथै, आरेन राईलाई सदनमा प्रयोग हुने भाषा र अभिव्यक्ति संयमित तथा मर्यादित बनाउन सचेतसमेत गराइएको थियो।

    केहीबेर तातेको सदनको वातावरणपछि सभामुखको हस्तक्षेपसँगै बैठकलाई पुनः नियमित कार्यसूचीतर्फ लैजाने प्रयास गरिएको थियो।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    राष्ट्र बैंक ऐन संशोधनमा खुला छलफल गर्न सरकार तयार, क्रिप्टोकरेन्सीबारे…

    काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ (संशोधन) विधेयक माथि दफावार छलफल गरिएको छ।

    साउने संक्रान्तिमा पशुपतिनाथमा भक्तजनको घुइँचो, बिहानैदेखि शिवपूजामा श्रद्धालुको भीड

    काठमाडौं । साउने संक्रान्तिको अवसरमा शुक्रबार बिहानैदेखि आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थी भक्तजनहरूको उल्लेख्य भीड लागेको छ। साउन महिनाको पहिलो

    सांसदलाई सम्पत्ति विवरण बुझाउन सचिवालयको आग्रह, भदौ २९ भित्र अनिवार्य…

    काठमाडौं । संघीय संसद् सचिवालयले आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण निर्धारित समयभित्र बुझाउन संघीय संसद्का सबै सदस्यलाई अनुरोध गरेको

    आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व…

    काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका

    बागमतीमा एमाले मन्त्रीहरूको सामूहिक राजीनामा रोकियो

    काठमाडौं । नेकपा (एमाले) बाट बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले गर्ने भनिएको सामूहिक राजीनामा अन्तिम समयमा स्थगित भएको

    बागमती प्रदेश प्रमुखद्वारा दुई आर्थिक विधेयक प्रमाणीकरण

    काठमाडौँ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाबाट पारित दुई वटा आर्थिक विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रदेश प्रमुख देवकोटाले

    Techie IT