Techie IT
  • The Film Nepal
  • २०८३ असार ३१ बुधबार

    अपडेट
    गृहपृष्ठराजनीतिप्रधानमन्त्री बालेन्द्र शाह र एडीबी अध्यक्ष कान्डाबीच भेट, विकास साझेदारी थप सुदृढ बनाउने प्रतिबद्धता

    प्रधानमन्त्री बालेन्द्र शाह र एडीबी अध्यक्ष कान्डाबीच भेट, विकास साझेदारी थप सुदृढ बनाउने प्रतिबद्धता


    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग मासातो कान्डा नेतृत्वको Asian Development Bank (एडीबी) प्रतिनिधिमण्डलले मंगलबार शिष्टाचार भेटवार्ता गरेको छ।

    प्रधानमन्त्री तथा एडीबी अध्यक्षबीच भएको करिब आधा घण्टाको भेटमा नेपाल सरकार र एडीबीबीच विगत ६ दशकदेखि कायम विकास साझेदारीलाई अझ प्रभावकारी र सुदृढ बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन्।

    भेटका क्रममा प्रधानमन्त्री शाहले सुशासन, पारदर्शिता र प्रभावकारी कार्यसम्पादनमार्फत नेपालको विकासले नयाँ गति लिने विश्वास व्यक्त गरे। साथै जलविद्युत्, पर्यटन, डिजिटलाइजेसन तथा पर्यटकीय सडक पूर्वाधार विकासका क्षेत्रमा एडीबीसँग सहकार्य विस्तार गर्ने विषयमा सकारात्मक छलफल भएको बताइएको छ।

    एडीबी अध्यक्ष कान्डाले नेपालमा विकास सहयोगलाई अझ विस्तार गर्ने प्रतिबद्धता जनाउँदै नेपालको आर्थिक विकास र समृद्धिका लागि एडीबी दीर्घकालीन तथा विश्वसनीय साझेदारका रूपमा निरन्तर साथ रहने बताए।

    उनले नेपालको आर्थिक सम्भावना, युवा नेतृत्व र सुधारप्रतिको प्रतिबद्धताको प्रशंसा गर्दै नेपालको विकास यात्रामा एडीबीले निरन्तर सहयोग गर्ने प्रतिबद्धता दोहोर्याए।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    मन्त्रिपरिषद्का निर्णय : बीउबिजन नियमावली संशोधनदेखि पदक विजेता खेलाडीलाई नगद…

    काठमाडौं । सरकारले बीउबिजन पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका खेलाडीलाई रोकिएको नगद पुरस्कार उपलब्ध गराउनेलगायत

    एमाले उपाध्यक्ष विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अदालतको…

    काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतले थप

    तीन दिन नदीमा बहाव बढ्ने पूर्वानुमान, काठमाडौं उपत्यकासहित धेरै जिल्लामा…

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका अधिकांश नदी तथा खोलामा पानीको बहाव

    भानुभक्तको मार्ग आत्मसात गर्दै नेपाली भाषा–साहित्यको संरक्षण गर्न सभामुख अर्यालको…

    काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले आदिकवि भानुभक्त आचार्यको योगदानलाई केवल स्मरणमा सीमित नराखी उहाँले देखाएको मार्गलाई आत्मसात गर्दै नेपाली भाषा

    संघीय संसदका चार समितिको बैठक बस्दै

    काठमाडौं । संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाका तीन र राष्ट्रिय सभाको एक गरी चार वटा समितिको बैठक बस्दैछन्। बैठकहरूमा राष्ट्रिय

    विमानस्थलमै कार्यक्रम गर्न खोजेपछि दुर्गा प्रसाईं नियन्त्रणमा, प्रहरीले घर पुर्‍यायो

    काठमाडौं । मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएर भक्तपुरस्थित निवास पुर्‍याएको छ। प्रहरीका अनुसार

    Techie IT