प्रधानमन्त्री कार्कीले आज राष्ट्रको नाममा सम्बोधन गर्ने
काठमाडौं।प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दैछिन्। गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी कार्कीले पहिलो पटक देशवासीका नाममा सम्बोधन गर्न लागेकी हुन्। उनले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ।गत भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि उत्पन्न परिस्थिति, भदौ २४ गते प्रदर्शनका क्रममा भएको तोडफोड, आगजनी त्यसको पुनर्निर्माण, भदौ २३ गते तत्कालीन सरकार पक्षबाट भएको दमन लगायत विषय समेटेर उनले देशवासीलाई सम्बोधन गर्न लागेका हुन्।
यसैबीच सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गरेको छ। उक्त मितिमा चुनाव गराउन राजनीतिक दलहरूबीच सहमति र समझदारीको खाँचो रहेकाले उनले निर्वाचनको वातावरण बनाउन आह्वानसमेत गर्नेछिन्।
प्रधानमन्त्री कार्कीको सम्बोधनमा भदौ २३ र २४ गतेको प्रदर्शनमा निधन भएका ७४ जनाको परिवारलाई राहत, घाइतेहरूको उपचार लगायत विषय पनि समेटिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ १२ कक्षाको परीक्षाको मिति तय
- २ कस्तो थियो २०७९ को निर्वाचनमा समानुपातिक तर्फ दलहरुले पाएको मत ?
- ३ आजपा बारा–१ का उम्मेदवार विजय यादवको चुनाबी प्रतिबद्धता पत्र सार्वजनिक
- ४ आजदेखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुँदै
- ५ मधानी महायज्ञ आजदेखी सुरु : भगवान शिवपार्वतीको बरात यात्रा सम्पन्न
- ६ रुपन्देहीमा आजपा उम्मेदवारको घरदैलो कार्यक्रम तिब्र, मोबाइलमा मतदान गर्न अपिल
- ७ टी- २० विश्वकपमा आज नेपालले इटलीसँग खेल्दै

तपाईको प्रतिक्रिया दिनुहोस