Techie IT
  • The Film Nepal
  • २०८३ जेष्ठ २७ बुधबार

    अपडेट
    गृहपृष्ठराजनीतिप्रधानमन्त्री ओलीले उद्घाटन गरे ग्वार्कोस्थित फ्लाइओभर

    प्रधानमन्त्री ओलीले उद्घाटन गरे ग्वार्कोस्थित फ्लाइओभर


    ललितपुर / ललितपुरको ग्वार्को स्थित फ्लाइओभरको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । शुक्रबार प्रधानमन्त्री ओलीको उपस्थितिमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीले रिबन काटेर उदघाटन गरेका हुन् ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार उद्घाटनपछि ओभरपासलाई सवारी आवागमनका लागि खुला गरिने छ ।१२ फागुन २०७८ मा ठेक्का लागेको यो परियोजना सम्पन्न हुन ४ वर्षभन्दा बढी समय लागेको छ ।

    तोकिएको समयमा काम सम्पन्न हुन नसक्दा सुरूको सम्झौताभन्दा १४ करोड लागत थप भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रवक्ता प्रदीप भण्डारीले जानकारी दिए ।

    ‘करिब १७ करोड ६ लाख ८८ हजार ८८८ मा सम्पन्न हुनेगरी ठेक्का सम्झौता भएको थियो । तर, काम सम्पन्न भइसक्दा हाम्रो अनुमानित लागत ३१ करोड ४६ लाख ५१ हजार ४४० पुगेको छ,’ भण्डारीले भने ।२०८० साल फागुन ११ गते ठेक्का सम्पन्न गर्ने मिति तोकिएको थियो । तर तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि २०८१ असारमा निर्माण सम्पन्न हुनेगरी फेरि दोस्रोपटक म्याद थप भएको थियो ।

    तर, फेरि पनि तोकिएको समयमा पनि निर्माण सम्पन्न हुन नसकेपछि २०८१ साल पुस ८ गते सम्पन्न गर्नेगरी म्याद थप भयो ।आयोजनामा समस्या देखिएपछि गत पुस र माघमा गरी एक महिना जति आयोजना निर्माणको कामसमेत ठप्प भएको थियो ।

    यो फ्लाईओभर आशिष समानान्तर रेलिगर जेभी काठमाडौंले निर्माण गरेको हो । १७ करोड ६ लाख ८८ हजार रुपैयाँ लागतमा सुरु भएको फ्लाईओभर २०८० फागुन ११ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, समयमै नसकिने देखिएपछि निर्माण म्याद थपिएको थियो  ।

    शुक्रबार उनले उक्त फ्लाइओभर उद्घाटन गरेका हुन् । उद्घाटनपछि आजैबाट सवारी साधन सञ्चालन गर्ने तयारी गरिएको छ । ललितपुरको ग्वार्को चोकमा नेपालकै पहिलो फ्लाई ओभरको निर्माण भएको हो । गएको शनिवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरी सवारी साधन सञ्चालनको तयारी गर्न निर्देशन दिएको थियो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    प्रतिनिधिसभाको बैठक आज बस्दै, बजेटमाथि छलफल सुरु हुने; विनियोजन र…

    काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा आर्थिक

    आज देशका अधिकांश क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईका केही…

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले नेपालमा हाल उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक

    धादिङको गल्छीमा पर्यटक बस र सानो गाडी ठोक्किँदा ७ जना…

    धादिङ, असार ९ – धादिङको गल्छी गाउँपालिका–७ स्थित गल्छी बजारमा रहेको पृथ्वी राजमार्गमा पर्यटक सवारी साधन र सानो गाडी एकआपसमा

    महावीर पुन मन्त्री बन्दै

    काठमाडौं । म्याग्दीबाट स्वतन्त्र रूपमा निर्वाचित सांसद महावीर पुन मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले पुनलाई विज्ञान, प्रविधि

    गृहमन्त्रीमा फेरि सुधन गुरुङ, आजै शपथको तयारी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुदन गुरुङ पुनः गृहमन्त्रीमा नियुक्त हुने भएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले

    प्रतिनिधिसभाको बैठक आज बस्दै, बजेटमाथि सामान्य छलफल सुरु हुने

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। संघीय संसद सचिवालयका अनुसार बैठकमा आर्थिक वर्ष २०८३/०८४ को

    Techie IT