प्रधानमन्त्री ओलीद्वारा रियल मड्रिडको रङ्गशाला अवलोकन
मेड्रिड (स्पेन) । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लव रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रंगशालाको आज भ्रमण भर्मन गरेका छन् । प्रधानमन्त्री ओलीलाई क्लवका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागतससिहत अत्याधुनिक रंगशालाको भ्रमण गराएका थिए ।
प्रधानमन्त्री ओलीले आफू रियल मड्रिडको फ्यान रहेको भन्दै सुविधासम्पन्न रङ्गशाला देखेर खुसी लागेको प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री ओलीलाई निर्देशक मिगेलले क्लबको लामो इतिहास,सफलताका यात्रा र भविष्यका योजनाबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए । सो क्रममा स्पेनका लागि नेपाली राजदूत शनिल नेपाललगायतका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।
यसअघि प्रधानमन्त्री ओलीले स्पेन भ्रमणको जानकारी संसदमा गराउँदा आफूले रियल मड्रिडका अधिकारीहरूलाई भेट्ने बताएका थिए ।
सान्टियागो पुगेर उनले ‘केपी ओली’ लेखिएको जर्सी पनि फहराएका छन् ।
प्रधानमन्त्री ओलीले आज साँझ ५ बजे मड्रिडस्थित नेपाली राजदूत निवासमा आयोजना हुने विशेष कार्यक्रममा नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम छ। आजै राति एक सातादेखिको औपचारिक भ्रमण सम्पन्न गरी उनी स्वदेश फर्कने कार्यक्रम रहेको जनाइएको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ ओली र लेखक विरूद्धको जाहेरी प्रहरीले बुझी जाँचबुझ आयोगलाई पठायो
- २ नेपालमा परेको विपत्तिप्रति माल्दिभ्सको ऐक्यबद्धता, खनाल–आदमबीच फोनवार्ता
- ३ सैनिक पोशाक प्रयोग गरेको विवादमा आएको ‘ग्रिन आर्मी’को दर्ता खारेज
- ४ भोटेकोशी बाढीका कारण २३औँ निजामती सेवा दिवसका कार्यक्रम रद्द
- ५ एसीसी प्रिमियर कप : हङकङ चाइनासँग खेल्दै नेपाल
- ६ जेनजी आन्दोलनको एक वर्ष : आज शहीद दिवस मनाइँदै
- ७ सप्तकोशीको बहाव खतराको तहमा, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

तपाईको प्रतिक्रिया दिनुहोस