Techie IT
  • The Film Nepal
  • २०८३ जेष्ठ २५ सोमबार

    अपडेट
    गृहपृष्ठसमाचारप्रधानमन्त्रीसँग भारतीय रक्षा महाविद्यालयका शिक्षार्थीको भेट

    प्रधानमन्त्रीसँग भारतीय रक्षा महाविद्यालयका शिक्षार्थीको भेट


    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल अध्ययन भ्रमणमा रहेको भारतीय राष्ट्रिय रक्षा महाविद्यालय (एनडिसी) का शिक्षार्थीहरुको प्रतिनिधिमण्डलले आज भेट गरेको छ ।

    प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले उक्त कलेजले रक्षा मामिलामा गर्दै आएको प्राज्ञिक योगदानको प्रशंसा गर्दै दक्षिण एसियाली राष्ट्रहरुको शान्ति र समृद्धिका लागि साझा प्रयास हुनुपर्नेमा जोड दिनुभयो । उहाँले गौतम बुद्ध, महात्मा गान्धीजस्ता व्यक्तित्वको जन्म भएको यस क्षेत्रमा हिंसा र विवाद उत्पन्न हुनु यहाँको संस्कृति र सभ्यताविपरीतका विषय हुने बताउनुभयो । प्रधानमन्त्री ओलीले नेपाल र भारतबीचको समान संस्कृति, रहनसहन र सभ्यताको चर्चा गर्दै दुई देशबीचको मित्रता अभिवृद्धि हुँदै गएको उल्लेख गर्नुभयो ।

    भेटका अवसरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तब, कलेजका प्रतिनिधि सन्दिप एस सन्दुलगायत सहभागी हुनुहुन्थ्यो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सीमा विवाद कूटनीतिक संवादबाट समाधान गर्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीच रहेका सीमा तथा सीमांकनसम्बन्धी बाँकी विवादहरू कूटनीतिक संवाद र स्थापित द्विपक्षीय संयन्त्रमार्फत

    छानबिनबाट सफाइ पाउनेमा विश्वस्त छु : सुदन गुरुङ

    काठमाडौं । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुदन गुरुङ ले आफूले छानबिनबाट सफाइ पाउने विश्वास व्यक्त गरेका छन्।

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: पहाडी क्षेत्रमा वर्षा र चट्याङको…

    काठमाडौँ । देशको उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न क्षेत्रमा बदली,

    विश्व वातावरण दिवसको अवसरमा भरतपुर १८ मा सरसफाइ तथा वृक्षारोपण

    चितवन/ २३ जेठ, विश्व वातावरण दिवस २०८३ को अवसरमा चितवनको भरतपुर महानगरपालिका वडा नं. १८ स्थित परमानन्द स्मृति वैदिक विद्या

    पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

    काठमाडौँ । तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङमाथि गठन गरिएको छानबिन समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ।

    रोकिएका आर्थिक सुधार अघि बढाइँदै, अलपत्र आयोजना टुंग्याउने सरकारको प्रतिबद्धता…

    काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले लामो समयदेखि राजनीतिक इच्छाशक्ति र कानुनी व्यवस्थाको प्रभावकारी प्रयोग अभावमा रोकिएका आर्थिक तथा नीतिगत सुधारलाई

    Techie IT