प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिनिधिसभामा विपक्षीको अवरोध, बैठक जेठ १२ सम्म स्थगित
काठमाडौं । बिहीबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि प्रतिपक्षी दलहरूले अवरोध जारी राखेका छन् । सभामुख डोलप्रसाद अर्याल ले बैठकको कारबाही अघि बढाउनासाथ विपक्षी सांसदहरू वेलमा पुगेर नाराबाजी गरेका हुन् ।
यसअघि पनि प्रतिपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह संसद्मा उपस्थित भएर जवाफ दिनुपर्ने माग गर्दै बैठक अवरुद्ध गरेका थिए । त्यसपछि सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए ।
पुनः बैठक सुरु भएपछि पनि विपक्षी दलहरूले नाराबाजी जारी राखे । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस का सांसदहरू भने आफ्नै सिटबाट उभिएर विरोध जनाइरहेका थिए । विपक्षी दलहरूले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्न माग गरेका छन् ।
वेलमा उत्रिएका सांसदहरूले “निरंकुश प्रवृत्ति मुर्दावाद”, “संविधानभन्दा माथिको प्रधानमन्त्री चाहिँदैन” लगायतका नारा लगाउँदै विरोध प्रदर्शन गरेका थिए ।
विपक्षीको निरन्तर अवरोधबीच सभामुख अर्यालले सदनको कारबाही अघि बढाएका थिए । केही विधेयक पारित भएपछि प्रतिनिधिसभाको अर्को बैठक जेठ १२ गते बस्ने गरी स्थगित गरिएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ राष्ट्र बैंकद्वारा शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
- २ स्पेन सेमिफाइनलमा, बेल्जियमलाई २–१ ले पराजित
- ३ मन्त्रिपरिषद्का निर्णय : बीउबिजन नियमावली संशोधनदेखि पदक विजेता खेलाडीलाई नगद पुरस्कारसम्म
- ४ फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै लगातार तेस्रो पटक विश्वकप सेमिफाइनलमा स्थान बनायो
- ५ सुन तोलामा २८ सय र चाँदीमा १ सय रुपैयाँ गिरावट
- ६ विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
- ७ ३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयका चार संगठनको माग

तपाईको प्रतिक्रिया दिनुहोस