Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र २९ सोमबार

    अपडेट
    गृहपृष्ठराजनीतिप्रत्यक्ष तर्फका १६५ स्थानकै नतिजा आयो,कसले कति सीट जिते ?

    प्रत्यक्ष तर्फका १६५ स्थानकै नतिजा आयो,कसले कति सीट जिते ?


    काठमाडौं। प्रतिनिधि सभा निर्वाचनअन्तर्गत १६५ क्षेत्रकै परिणाम आएको छ।राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ १२५ सिट जितेको छ।दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट जितेको छ।

    नेकपा एमालेले प्रत्यक्षतर्फ ९ स्थान जितेको छ।नेपाली कम्युनिस्ट पार्टीले प्रत्यक्षतर्फ ८ सिट पाएको छ। श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ ३ स्थान जितेको छ। यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्षमा १ सिट जितेको छ।

    समानुपातिकतर्फको मत गणनाको अपडेट अनुसार अहिलेसम्म एक करोड २ लाख ६७ हजार ७३ मत गणना भएको छ ।  जसमा रास्वपाले ४९ लाख ३६ हजार ६५७ मत प्राप्त गरेको छ । जुन गणना भएको मतको ४८.१ प्रतिशत रहेको छ । त्यस्तै नेपाली कांग्रेसले १६ लाख ६९ हजार ५५९ मत अर्थात १६.३ प्रतिशत मत प्राप्त गरेको छ । त्यस्तै तेस्रो नम्बरमा एमाले देखिएको छ । एमालेले १३ लाख ८७ हजार १६९ अर्थात् १३.५ प्रतिशत मत प्राप्त गरेको छ । नेपाली कम्युनिष्ट पार्टीले ७ लाख ५० हजार ८१ मत प्राप्त गरेको छ

    त्यस्तै श्रम संस्कृति पार्टीले ३ लाख ४६ हजार ८०७ मत अर्थात ३.४ प्रतिशत मत पाएको छ । त्यस्तै राप्रपाले ३ लाख २२  हजार ८९ मत अर्थात् ३.१ प्रतिशत मत पाएको छ ।

    त्यसैगरी समानुपातिक तर्फ कुल खसेको मत एक करोड ९ लाख ७७ हजार ७११ रहेको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    काठमाडौंमा ग्यास सहज रूपमा बिक्री गर्न प्रशासनको निर्देशन

    काठमाडौं । काठमाडौंमा खाना पकाउने एलपी ग्यासको आपूर्ति भइरहे पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो बढेपछि जिल्ला प्रशासन

    रसुवा बाढी प्रभावित १५ स्थानीय तहका परिवारलाई मासिक १५ हजारसम्म…

    काठमाडौँ ।  रसुवा बाढीका कारण विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका रसुवा, नुवाकोट, धादिङ, तनहुँ र गोरखाका १५ स्थानीय तहका प्रभावित

    आज दर खाएर सुरु हुँदैछ हरितालिका तीज

    काठमाडौं । हिन्दू नारीहरूको प्रमुख पर्व हरितालिका (तीज) आज दर खाएसँगै औपचारिक रूपमा सुरु हुँदैछ। भाद्र शुक्ल द्वितीयाका दिन आज

    जलवायु परिवर्तन, हिमतालको जोखिम र उठाउनु पर्ने आवाज

    शोभाखर भण्डारी नेपाल विश्वका ती देशहरूमध्ये एक हो, जसले जलवायु परिवर्तनको समस्या सिर्जना गर्न अत्यन्त न्यून योगदान दिएको छ, तर

    त्रिशूलीमा पुल बगेपछि ह्युम पाइप राखेर अस्थायी आवतजावत सञ्चालन गरिने

    नुवाकोट । भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीले पुल बगाएपछि त्रिशूली बजार क्षेत्रमा नदी वारपार गर्न भइरहेको समस्या तत्काल समाधान

    बाढीपछिको खोज तथा उद्धारबारे प्रधानमन्त्री शाह र न्युजील्यान्डका प्रधानमन्त्रीबीच टेलिफोन…

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच भोटेकोशी बाढीपछिको अवस्थाबारे टेलिफोन वार्ता भएको छ। वार्तामा प्रधानमन्त्री शाहले

    Techie IT