प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल सुरु हुने भएको छ।
संघीय संसद् सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकको प्रारम्भमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।
त्यसपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव वक्तव्यसहित प्रस्तुत गर्नेछन्।
अर्थमन्त्रीको प्रस्ताव पेश भएसँगै प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल सुरु हुनेछ। छलफलका क्रममा सांसदहरूले बजेटका प्राथमिकता, कार्यक्रम तथा स्रोत व्यवस्थापनलगायत विषयमा आफ्नो धारणा राख्नेछन्।
सरकारले गत जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेको थियो। बजेटमाथिको सामान्य छलफलपछि मन्त्रालयगत शीर्षकहरूमाथि विस्तृत छलफल हुने संसदीय कार्यतालिका रहेको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ प्रधानमन्त्री बालेन्द्र शाहको निजी क्षेत्रसँग छलफल
- २ राष्ट्र बैंकद्वारा शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
- ३ स्पेन सेमिफाइनलमा, बेल्जियमलाई २–१ ले पराजित
- ४ सहकारी बन्द होइन, सुधार गरेर व्यवस्थित गरिन्छ : मन्त्री प्रतिभा रावल
- ५ मन्त्रिपरिषद्का निर्णय : बीउबिजन नियमावली संशोधनदेखि पदक विजेता खेलाडीलाई नगद पुरस्कारसम्म
- ६ फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै लगातार तेस्रो पटक विश्वकप सेमिफाइनलमा स्थान बनायो
- ७ प्रतिनिधिसभाबाट पर्यटन विधेयक समितिमा, दफावार छलफलका लागि सर्वसम्मत स्वीकृति

तपाईको प्रतिक्रिया दिनुहोस