Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २९ शुक्रबार

    अपडेट
    गृहपृष्ठसमाचारप्रतिनिधिसभा बैठक दिगो र भरपर्दो सिँचाइ गर्नुपर्नेलगायत विषयमा सरकारको ध्यानाकर्षण

    प्रतिनिधिसभा बैठक दिगो र भरपर्दो सिँचाइ गर्नुपर्नेलगायत विषयमा सरकारको ध्यानाकर्षण


    काठमाडौँ । प्रतिनिधिसभा सांसदहरूले दिगो र भरपर्दो सिँचाइ, चुरे संरक्षण, सुरक्षित आवास निर्माण तथा भ्रष्टाचार नियन्त्रणलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले राष्ट्रको समृद्धिका पक्षमा सबै पार्टी एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

    नेपाली कांग्रेसका सांसद दिनेशकुमार यादवले पूर्वी तराई मधेसको सप्तरी जिल्लामा दिगो र भरपर्दो सिँचाइ आयोजना नभएकामा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सप्तरी जिल्लामा सिँचाइ आयोजनाका लागि बजेट प्राप्त भए पनि कार्यालय स्थापना हुन नसक्दा समस्या परेकाले समाधानका लागि आग्रह गर्नुभयो । चुरे संरक्षण, वर्षातको समयमा बाढीको जोखिम र हुलाकी राजमार्गको विस्तार एवं मर्मतका लागि द्रुतगतिमा काम गर्न उहाँले सरकारसँग माग गर्नुभयो ।

    सोही दलका सांसद देवप्रसाद तिमल्सेनाले विभिन्न आयोजनाका काममा भइरहेको ठिलाइप्रति सरकारको ध्यानाकर्षण गराउनुहुँदै समयमा काम गर्ने व्यवसायीको भुक्तानी समयमै दिने र काम नगर्नेलाई कारबाहीको दायरामा ल्यानुपर्नेतर्फ धारणा राख्नुभयो । उहाँले स्वदेशी काठको खपत, सुरक्षित आवास कार्यक्रमको प्रभावकारिता, दूध उत्पादक किसानलाई समयमा भुक्तानी र संस्थागत भ्रष्टाचारको अन्त्यका लागि ध्यानाकर्षण गराउनुभयो ।

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद रणेन्द्र बराइलीले सत्तापक्ष र प्रतिपक्ष संसद्मा जुहारी खेल्नुभन्दा राष्ट्र समृद्ध बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले राष्ट्र निर्माणको सवालमा राजनीतिक दलबीच समान धारणा जरुरी रहेको उल्लेख गर्नुहुँदै एउटा सरकारले ल्याएको योजना अर्को सरकारले भत्काउने प्रवृत्तिको विरोध गर्नुभयो । सिङ्गो दलित समुदायको हक स्थापित गर्न गठन गर्ने भनिएको दलित विकास प्राधिकरणलगायत विषयको तत्काल कार्यान्वयन गर्न माग गर्नुभयो ।

    नेकपा (एमाले) का सांसद जुलीकुमारी महतो ९महासेठ० ले वर्तमान सरकारसँग जनताको अपेक्षा र विश्वास रहेकाले असफल हुने छुट नरहेको बताउनुभयो । उहाँले नेपाल विद्युत् प्राधिकरणको सबै बक्यौता उठाउनुपर्नेमा जोड दिनुभयो । सांसद महासेठले चुरे संरक्षणका लागि सचेत हुन सबै पक्षलाई आग्रह गर्नुभयो ।

    यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद चन्दा कार्की भण्डारीले भ्रष्टाचार निवारण ऐन संशोधन गर्न बनेको विधेयकमा पाँचवर्षे हदम्याद राख्ने विषयको विरोध गर्नुभएको थियो ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले जनताको मनोभावना सम्बोधन गरेर राजनीतिक स्थिरता ल्याउन सुझाव दिनुभयो ।

    जनता समाजवादी पार्टीका सांसद सुशीला श्रेष्ठले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि सरकारले पहल गर्नुपर्ने बताउनुभयो । जनमत पाटीका सांसद अनिता देवीले सवारी दुर्घटना नियन्त्रण गर्न ध्यानाकर्षण गराउनुभयो ।

    जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद राजकिशोर यादवले राजदूत नियुक्ति समावेशी हुनुपर्नेमा जोड दिनुभयो । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका रामप्रकाश चौधरीले वैदेशिक रोजगारीमा जाने युवाका लागि आप्रवासी नीति ल्याउनुपर्ने बताउनुभयो ।

    नागरिक उन्मुक्ति पार्टीका सांसद रञ्जिता श्रेष्ठले स्वास्थ्य सुविधालाई थप व्यवस्थित बनाउन सुझाव दिनुभयो । स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले सिख धर्म संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो

    काठमाडौं ।  सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।

    सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष सञ्चालन

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सुलभ मूल्यको खाद्य बिक्री

    समाचार प्रकाशनको विषयमा सम्पादक पक्राउ, प्रेस स्वतन्त्रतामाथि बहस

    काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठ समाचार प्रकाशनको विषयलाई लिएर पक्राउ परेपछि प्रेस स्वतन्त्रता र

    एमालेद्धारा लोकतन्त्रमाथि नै हस्तक्षेप भएपछि न्याय माग्दै निर्वाचित जनप्रतिनिधि सर्वोच्च…

    काठमाडौं, २७ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को घरझगडा सर्वोच्च अदालतसम्म पुगेको छ । पार्टीभित्रको गुटगत आक्रोश पोख्न एमालेबाट निर्वाचित

    सरकार बदलियो तर देशको सिच्युएशन बदलिएन : प्रभु साह

    रौतहट, ९ साउन । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपा नेतृत्वको सरकारले मुलुकलाई सही तवरले नेतृत्व

    रोल्पामा पहिरो : दुई जनाको मृत्यु, दुई घाइते, १० जना…

    रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५, कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

    Techie IT