प्रतिनिधिसभा बैठक आज : विभिन्न विधेयकमाथि छलफल र समितिमा पठाउने कार्यसूची
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा विभिन्न विधेयकमाथि छलफल, दफावार छलफलका लागि समितिमा पठाउने तथा विधेयक पारित गर्ने प्रस्ताव प्रस्तुत हुनेछन् ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले मेलमिलापसम्बन्धी दोस्रो संशोधन विधेयक, नेपाल कानुन आयोगको पहिलो संशोधन विधेयक र निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
त्यस्तै, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले राष्ट्रिय सभाबाट उत्पत्ति भएको सङ्क्रामक पशु रोग नियन्त्रण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।
यसैगरी, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालनसम्बन्धी विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्तावसमेत पेस गर्ने कार्यसूचीमा उल्लेख छ ।
बैठकमा प्रस्तुत हुने प्रस्तावमाथिको छलफल र निर्णयसँगै विभिन्न विधेयकको संसदीय प्रक्रिया अघि बढ्नेछ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेपाली कांग्रेसको १५औँ महाधिवेशन : २२ वर्षका युवा महत महाधिवेशन प्रतिनिधिमा निर्वाचित
- २ मेलम्चीमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय उद्घाटन
- ३ प्रतिनिधिसभाको बैठक आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा
- ४ सामुदायिक योग समूह गाईजात्रा (इन्द्रजात्रा) विशेष कार्यक्रम मनाइयो
- ५ म्याग्दीमा पहिरोमा परी ६ जनाको मृत्यु, ३ जना बेपत्ता
- ६ रसुवा बाढीको बीमा दाबी २० अर्ब ९८ करोड, छिटो भुक्तानीका लागि संक्षिप्त कार्यविधि लागू
- ७ आज देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

तपाईको प्रतिक्रिया दिनुहोस