प्रतिनिधिसभा बैठक आज बस्दै, पर्यटन विधेयकदेखि निर्वाचनसम्बन्धी विधेयक पारितसम्मका प्रस्ताव प्रस्तुत हुने
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । संघीय संसद सचिवालयका अनुसार बैठकमा विभिन्न महत्वपूर्ण विधेयकमाथि छलफल तथा पारितसम्बन्धी प्रस्ताव प्रस्तुत हुने कार्यसूची तय गरिएको छ ।
आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल ले ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
त्यस्तै प्रधानमन्त्री तथा गृह मन्त्री एवं विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बालेन्द्र शाह को तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम ले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यसैगरी बैठकमा ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको दफावार छलफल तथा पारितसम्बन्धी प्रस्ताव र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको दफावार छलफल तथा पारितसम्बन्धी प्रस्ताव पनि पेश गरिनेछ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ स्पेन सेमिफाइनलमा, बेल्जियमलाई २–१ ले पराजित
- २ मन्त्रिपरिषद्का निर्णय : बीउबिजन नियमावली संशोधनदेखि पदक विजेता खेलाडीलाई नगद पुरस्कारसम्म
- ३ सुन तोलामा २८ सय र चाँदीमा १ सय रुपैयाँ गिरावट
- ४ विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
- ५ ३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयका चार संगठनको माग
- ६ इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश, नर्वेमाथि २–१ को रोमाञ्चक जित
- ७ नेपाल–भारतबीच विद्युत् प्रसारण क्षमता विस्तार गर्ने सहमति, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

तपाईको प्रतिक्रिया दिनुहोस