प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूको अवरोध
काठमाडौँ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा विपक्षी दलहरूले अवरोध गरेका छन् । शून्य समय र विशेष समय सकिएपछि विपक्षी सांसदहरूले प्रधानमन्त्री संसदमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्दै बैठक अवरुद्ध गरेका हुन् ।
विपक्षी दलहरूले प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने भन्दै तत्काल बैठकमा उपस्थित गराउन सभामुखसँग माग गरेका थिए । उनीहरूले सभामुखबाट स्पष्ट रुलिङसहित प्रधानमन्त्री आउने समय तोक्न पनि आग्रह गरेका छन् ।
अवरोधका क्रममा सभामुख डिपी अर्यालले सरकार र सत्ता पक्षसँग छलफल भइरहेको तथा प्रधानमन्त्री सांसदका प्रश्नको जवाफ दिन तयार रहेको जानकारी गराएका थिए ।
तर विपक्षी दलहरूले प्रधानमन्त्रीको निश्चित उपस्थितिको समय सार्वजनिक गर्नुपर्ने अडान राख्दै नाराबाजी जारी राखेका थिए । विपक्षीको विरोधकै बीच सभामुख अर्यालले बैठकको कार्यसूची अघि बढाएका छन् ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ स्पेन सेमिफाइनलमा, बेल्जियमलाई २–१ ले पराजित
- २ मन्त्रिपरिषद्का निर्णय : बीउबिजन नियमावली संशोधनदेखि पदक विजेता खेलाडीलाई नगद पुरस्कारसम्म
- ३ सुन तोलामा २८ सय र चाँदीमा १ सय रुपैयाँ गिरावट
- ४ विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
- ५ ३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयका चार संगठनको माग
- ६ इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश, नर्वेमाथि २–१ को रोमाञ्चक जित
- ७ एसीसी यू–१९ महिला प्रिमियर कप: नेपाल आज सिङ्गापुरसँग प्रतिस्पर्धा गर्दै

तपाईको प्रतिक्रिया दिनुहोस