Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र २९ सोमबार

    अपडेट
    गृहपृष्ठराजनीतिप्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत बजेटमाथि छलफल, मन्त्रीले असार ३ र ४ गते जवाफ दिने

    प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत बजेटमाथि छलफल, मन्त्रीले असार ३ र ४ गते जवाफ दिने


    काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि आगामी असार १ र २ गते छलफल हुने भएको छ। संघीय संसद् सचिवालयका अनुसार मन्त्रालयगत छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरूले असार ३ र ४ गते जवाफ दिने कार्यक्रम तय गरिएको छ।

    सचिवालयका अनुसार असार १ गते युवा, श्रम तथा रोजगार मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुनेछ।

    त्यसैगरी असार २ गते विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपति कार्यालय तथा राष्ट्रपतिको कार्यालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथि छलफल हुने कार्यक्रम रहेको छ।

    छलफलका क्रममा उठेका प्रश्नको जवाफ असार ३ गते पहिलो दिन छलफल भएका मन्त्रालयका मन्त्रीहरूले दिनेछन् भने असार ४ गते दोस्रो दिन छलफल भएका मन्त्रालयका सम्बन्धित मन्त्रीहरूले संसद्मा जवाफ प्रस्तुत गर्नेछन्।

    सरकारले यही जेठ १५ गते आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरेको थियो। बजेटमाथिको सामान्य छलफल यसअघि नै प्रतिनिधिसभामा सम्पन्न भइसकेको छ भने अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले सांसदहरूले उठाएका प्रश्नको जवाफ समेत दिइसकेका छन्।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    काठमाडौंमा ग्यास सहज रूपमा बिक्री गर्न प्रशासनको निर्देशन

    काठमाडौं । काठमाडौंमा खाना पकाउने एलपी ग्यासको आपूर्ति भइरहे पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो बढेपछि जिल्ला प्रशासन

    रसुवा बाढी प्रभावित १५ स्थानीय तहका परिवारलाई मासिक १५ हजारसम्म…

    काठमाडौँ ।  रसुवा बाढीका कारण विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका रसुवा, नुवाकोट, धादिङ, तनहुँ र गोरखाका १५ स्थानीय तहका प्रभावित

    आज दर खाएर सुरु हुँदैछ हरितालिका तीज

    काठमाडौं । हिन्दू नारीहरूको प्रमुख पर्व हरितालिका (तीज) आज दर खाएसँगै औपचारिक रूपमा सुरु हुँदैछ। भाद्र शुक्ल द्वितीयाका दिन आज

    जलवायु परिवर्तन, हिमतालको जोखिम र उठाउनु पर्ने आवाज

    शोभाखर भण्डारी नेपाल विश्वका ती देशहरूमध्ये एक हो, जसले जलवायु परिवर्तनको समस्या सिर्जना गर्न अत्यन्त न्यून योगदान दिएको छ, तर

    त्रिशूलीमा पुल बगेपछि ह्युम पाइप राखेर अस्थायी आवतजावत सञ्चालन गरिने

    नुवाकोट । भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीले पुल बगाएपछि त्रिशूली बजार क्षेत्रमा नदी वारपार गर्न भइरहेको समस्या तत्काल समाधान

    बाढीपछिको खोज तथा उद्धारबारे प्रधानमन्त्री शाह र न्युजील्यान्डका प्रधानमन्त्रीबीच टेलिफोन…

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच भोटेकोशी बाढीपछिको अवस्थाबारे टेलिफोन वार्ता भएको छ। वार्तामा प्रधानमन्त्री शाहले

    Techie IT