प्रतिनिधिसभाबाट पर्यटन विधेयक समितिमा, दफावार छलफलका लागि सर्वसम्मत स्वीकृति
काठमाडौं । खडक राज पौडेल ले राष्ट्रिय सभाबाट उत्पत्ति भएको पर्यटन विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गरेका छन्।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा मन्त्री पौडेलले पर्यटन क्षेत्रको व्यवस्थापन, नियमन तथा विकाससँग सम्बन्धित व्यवस्था समेटिएको उक्त विधेयकमाथि विस्तृत छलफल आवश्यक रहेको उल्लेख गर्दै समितिमा पठाउने प्रस्ताव पेश गरेका हुन्।
प्रस्तावलाई डोलप्रसाद अर्याल ले निर्णयार्थ प्रस्तुत गरेका थिए। त्यसपछि प्रतिनिधिसभाले राष्ट्रिय सभाबाट उत्पत्ति भएको पर्यटन विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत गरेको सभामुख अर्यालले घोषणा गरे।
अब विधेयकमाथि सम्बन्धित संसदीय समितिमा दफावार छलफल हुने र समितिको प्रतिवेदनपछि प्रतिनिधिसभामा थप प्रक्रियाका लागि पेश गरिनेछ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ स्पेन सेमिफाइनलमा, बेल्जियमलाई २–१ ले पराजित
- २ मन्त्रिपरिषद्का निर्णय : बीउबिजन नियमावली संशोधनदेखि पदक विजेता खेलाडीलाई नगद पुरस्कारसम्म
- ३ सुन तोलामा २८ सय र चाँदीमा १ सय रुपैयाँ गिरावट
- ४ विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
- ५ ३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयका चार संगठनको माग
- ६ इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश, नर्वेमाथि २–१ को रोमाञ्चक जित
- ७ एसीसी यू–१९ महिला प्रिमियर कप: नेपाल आज सिङ्गापुरसँग प्रतिस्पर्धा गर्दै

तपाईको प्रतिक्रिया दिनुहोस