Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन १९ सोमबार

    अपडेट
    गृहपृष्ठ ∕ राजनीति ∕ प्रतिनिधिसभाको बैठक आज, चालु अधिवेशनको अन्तिम बैठक बस्दै

    प्रतिनिधिसभाको बैठक आज, चालु अधिवेशनको अन्तिम बैठक बस्दै


    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा विभिन्न विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेस हुनेछन् ।

    बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक तथा लिखित प्रश्नका सम्बन्धित मन्त्रीबाट प्राप्त उत्तर टेबुल गर्ने कार्यसूची पनि रहेको छ ।

    यस्तै, प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३ पेस गर्नेछिन् ।

    बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, फोहोरमैला व्यवस्थापन विधेयक तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षासम्बन्धी विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेस हुनेछन् ।

    त्यस्तै, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री वितरण नियन्त्रणसम्बन्धी विधेयक, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी विधेयक र रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

    बैठकमा संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी विधेयकमाथि छलफल गरी पारित गर्ने प्रस्तावसमेत पेस हुने कार्यसूची छ ।

    यसैगरी, १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित रहेका सांसदहरूको अनुपस्थितिसम्बन्धी सूचना सभाको स्वीकृतिका लागि पेस गरिनेछ । राष्ट्रपतिबाट प्राप्त पत्र सभामुखले बैठकमा पढेर सुनाउने कार्यसूची पनि रहेको छ ।

    आजको बैठक चालु अधिवेशनको अन्तिम बैठक हो । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा आज राति १२ बजेदेखि लागू हुने गरी संसद्को चालु अधिवेशन अन्त्य गरेका छन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक: इन्जिनियरिङ सेवा नियमावली संशोधन, नर्वेको अनुदान…

    काठमाडौँ — सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य ५ वटा निर्णयहरू सार्वजनिक गरेको छ। सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं

    विद्युत् प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन: महसुल भुक्तानी पूर्ण रूपमा विद्युतीय बनाऊ

    काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिजुलीको महसुल भुक्तानीका लागि नागरिकहरू घण्टौँ लाइन बस्नुपर्ने बाध्यता तत्काल अन्त्य गर्न

    पार्टीभित्रको ‘विशेष राजनीतिक निर्णय’ ले महाधिवेशन तालिका प्रभावित: गगन थापा

    काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशमा आइपरेका प्राकृतिक विपत् र पार्टीभित्र बृहत्तर एकता कायम गर्ने प्रयासका कारण महाधिवेशनको

    १२ वर्षदेखि अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइन दशैंलगत्तै चार्ज गरिने

    काठमाडौं । १२ वर्षदेखि निर्माणमा अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले बाँकी

    रास्वपाले बनायो स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट समिति, देशव्यापी…

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट समिति गठन गर्नुका साथै संगठन विस्तार

    जलवायु कूटनीति प्रभावकारी बनाउन घरेलु तयारी मजबुत बनाउनुपर्छ : परराष्ट्रमन्त्री…

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको जलवायु कूटनीतिलाई प्रभावकारी बनाउन घरेलु तहमा जलवायु जोखिम न्यूनीकरण, पूर्वाधार विकास र विपद् व्यवस्थापनका

    Techie IT