पोखरेलले भने : महाधिवेशनमा हारे नि पार्टी छोडिन्न
काठमाडौं। नेकपा (एमाले) का वरिष्ठ नेता ईश्वर पोखरेलले पार्टीको महाधिवेशनमा पराजित भए पनि आफूहरू सधैँ एमाले भएर रहिरहने बताएका छन् । पार्टीको आसन्न ११औँ महाधिवेशनमा अध्यक्षमा उमेदवारी दिने घोषणा गरेका पोखरेलले प्रतिष्पर्धामा जानेहरूले पराजयलाई पनि स्वीकार गरेर अघि बढ्ने मानसिकता बनाउनुपर्ने बताए ।
बुधबार आफ्नो समूहको तर्फबाट आयोजित पत्रकार भेटघाटमा पोखरेलले आफूहरूले पराजय भोग्नुपरे पनि माधव नेपाल, भीम रावलहरूको जस्तो नयाँ छुट्टै पार्टी खोलेर नजाने बताए । महाधिवेशनमा आफूहरू विजय हुने विश्वास व्यक्त गर्दै पराजय भए पनि एमाले नै भएर काम गर्ने उनको भनाइ छ ।‘प्रतिष्पर्धा गर्न तत्पर हुने तर प्रतिष्पर्धाबाट प्राप्त हुने परिणामलाई स्वीकार गर्न नसक्ने ।
यो राजनीतिक संस्कारका रहेको कमजोरी हो ,एउटा दृष्टान्त बनेको छ भीम रावलजी र माधव नेपालजीको कुरा । त्यस्तो दृष्टान्त हाम्रो हकमा लागू हुँदैन ।’ पोखरेलले भने ।पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वभन्दा पनि कार्यशैलीप्रति आफूहरूको प्रश्न रहेको बताए ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ स्पेन सेमिफाइनलमा, बेल्जियमलाई २–१ ले पराजित
- २ मन्त्रिपरिषद्का निर्णय : बीउबिजन नियमावली संशोधनदेखि पदक विजेता खेलाडीलाई नगद पुरस्कारसम्म
- ३ सुन तोलामा २८ सय र चाँदीमा १ सय रुपैयाँ गिरावट
- ४ विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
- ५ ३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयका चार संगठनको माग
- ६ एसीसी यू–१९ महिला प्रिमियर कप: नेपाल आज सिङ्गापुरसँग प्रतिस्पर्धा गर्दै
- ७ इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश, नर्वेमाथि २–१ को रोमाञ्चक जित

तपाईको प्रतिक्रिया दिनुहोस