Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र २१ आईतवार

    अपडेट
    गृहपृष्ठराजनीतिपोखरा महानगरको ७ अर्ब १५ करोड बजेट सार्वजनिक, पूर्वाधार र सेवा विस्तारमा जोड

    पोखरा महानगरको ७ अर्ब १५ करोड बजेट सार्वजनिक, पूर्वाधार र सेवा विस्तारमा जोड


    पोखरा — पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७ अर्ब १५ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। १९औँ नगरसभाको बैठकमा उपप्रमुख मन्जुदेवी गुरुङले  वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनका लागि उक्त बजेट प्रस्तुत गरेकी हुन्।

    प्रस्तुत बजेटअनुसार खर्च व्यहोर्ने मुख्य स्रोतमा सङ्घीय सरकारबाट प्राप्त हुने विभिन्न अनुदान रहेका छन्। सङ्घीय सरकारको सशर्त अनुदानबाट २ अर्ब ६१ करोड ९१ लाख, विशेष अनुदानबाट ५ करोड ५० लाख, समपूरक अनुदानबाट १ करोड ८२ लाख तथा समानिकरण अनुदानबाट ४९ करोड ३७ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। यसरी सङ्घीय वित्तीय हस्तान्तरणको कुल योगदान ३ अर्ब १८ करोड ६० लाख रुपैयाँ रहनेछ।

    त्यस्तै गण्डकी प्रदेश सरकारबाट समपूरक अनुदानतर्फ ६० लाख, विशेष अनुदानतर्फ ४० लाख र समानिकरण अनुदानतर्फ ८ करोड १५ लाख ३६ हजार रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ। प्रदेश सरकारको कुल वित्तीय हस्तान्तरण ९ करोड १५ लाख ३६ हजार रुपैयाँ रहने जनाइएको छ।

    महानगरले राजस्व बाँडफाँड र आन्तरिक आयलाई पनि बजेटको महत्वपूर्ण आधार बनाएको छ। सङ्घीय सरकारबाट राजस्व बाँडफाँडमार्फत ३४ करोड ३४ लाख ७३ हजार, गण्डकी प्रदेश सरकारबाट ४ करोड ९ लाख ८६ हजार तथा स्थानीय राजस्व बाँडफाँडबाट १ अर्ब ३१ लाख १४ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। आन्तरिक स्रोतबाट मात्रै २ अर्ब ४८ करोड ७३ लाख ९१ हजार रुपैयाँ संकलन हुने लक्ष्य राखिएको छ।

    कुल बजेटमध्ये ५५.१५ प्रतिशत चालु खर्च र ४४.९५ प्रतिशत पुँजीगत खर्चका लागि विनियोजन गरिएको महानगरपालिकाले जनाएको छ। सभामा आर्थिक विधेयक २०८३ र विनियोजन विधेयक २०८३ समेत प्रस्तुत गरिएको छ।

    महानगरपालिकाका अनुसार नगरसभाको अर्को बैठक असार १७ गते दिउँसो २ बजे बस्नेछ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको

    भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण सार्वजनिक : ७ हजार ५७०…

    काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्‍यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)

    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार र विद्युत् पुनःस्थापना तीव्र

    काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा विद्युत् आपूर्ति पुनःस्थापनाको काम उच्च प्राथमिकताका साथ अघि

    त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा एकजनाको शव फेला, दुई जनाको उद्धार

    रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र एकजनाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र

    त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई कर्मचारीको उद्धार, गृहमन्त्री गुरुङ स्वयं उद्धारस्थलमा

    काठमाडौं । बाढीपहिरोका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीमध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ । उद्धार टोलीले

    श्रद्धा–भक्तिपूर्वक मनाइँदै श्रीकृष्ण जन्माष्टमी

    काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्। द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको

    Techie IT