पेट्रोल, डिजेल, मट्टीतेल तथा एलपी ग्यासको मूल्य हालका लागि यथावत, हवाइ इन्धनकाे मूल्य बढ्याे
काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ ।नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल तथा एलपी ग्यासको मूल्य हालका लागि यथावत राख्ने निर्णय गरेको छ ।
नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ४१ रुपैयाँ र डिजेलमा प्रतिलिटर ९४ रुपैयाँ सम्म मूल्य बढेको छ ।केही दिनअघि मात्र पेट्रोल र डिजेलमा न्यूनतम मूल्य समायोजन गरिएकाले उपभोक्तालाई थप आर्थिक भार नपरो भन्ने उद्देश्यले यी प्रमुख इन्धनहरूको खुद्रा मूल्य यथावत राखिएको निगमले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिका कारण निगमको घाटा अप्रत्यासित रूपमा बढ्दै गएको र यसले वित्तीय अवस्था कमजोर बनाउनुका साथै आपूर्ति प्रणालीमै असर पर्ने जोखिम रहेको पनि निगमले उल्लेख गरेको छ । यसैबीच निगमले पेट्रोलियम पदार्थ र एलपी ग्यासको प्रयोगमा मितव्ययिता अपनाउन सम्पूर्ण उपभोक्तालाई आग्रहसमेत गरेको छ ।
यसैबीच निगमले पेट्रोलियम पदार्थ र एलपी ग्यासको प्रयोगमा मितव्ययिता अपनाउन सम्पूर्ण उपभोक्तालाई आग्रहसमेत गरेको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ स्पेन सेमिफाइनलमा, बेल्जियमलाई २–१ ले पराजित
- २ मन्त्रिपरिषद्का निर्णय : बीउबिजन नियमावली संशोधनदेखि पदक विजेता खेलाडीलाई नगद पुरस्कारसम्म
- ३ सुन तोलामा २८ सय र चाँदीमा १ सय रुपैयाँ गिरावट
- ४ विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
- ५ ३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयका चार संगठनको माग
- ६ एसीसी यू–१९ महिला प्रिमियर कप: नेपाल आज सिङ्गापुरसँग प्रतिस्पर्धा गर्दै
- ७ इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश, नर्वेमाथि २–१ को रोमाञ्चक जित

तपाईको प्रतिक्रिया दिनुहोस