Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २० मंगलवार

    अपडेट
    गृहपृष्ठ ∕ राष्ट्रिय ∕ पृथ्वी राजमार्ग अवरुद्ध हुँदा ग्यासको हाहाकार, रातिदेखि नै उपभोक्ता लाइनमा

    पृथ्वी राजमार्ग अवरुद्ध हुँदा ग्यासको हाहाकार, रातिदेखि नै उपभोक्ता लाइनमा


    काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले कटान गरेपछि काठमाडौं भित्रिने प्रमुख स्थलमार्ग पृथ्वी राजमार्ग आठ दिनदेखि अवरुद्ध छ। धादिङको कृष्णभीर क्षेत्रमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध हुँदा काठमाडौं उपत्यकामा खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थ तथा खाद्यान्नको आपूर्तिमा असर परेको छ।

    खाद्यान्न आपूर्तिमा देखिएको असन्तुलनको असर तत्कालै नदेखिए पनि लामो समयदेखि रहँदै आएको खाना पकाउने ग्यासको अभाव भने झन् गहिरिएको छ। राजमार्ग अवरुद्ध भएपछि काठमाडौं उपत्यकातर्फ आउँदै गरेका ग्यास, पेट्रोलियम पदार्थ तथा अन्य अत्यावश्यक सामग्री बोकेका कतिपय सवारीसाधन बाटोमै रोकिएका छन्।

    आपूर्ति प्रभावित भएपछि काठमाडौंका विभिन्न ग्यास बिक्री केन्द्रमा उपभोक्ताको भीड बढेको छ। नयाँसडकस्थित धर्मपथ क्षेत्रमा समेत खाना पकाउने ग्यास लिन सर्वसाधारणको लामो लाइन देखिन थालेको छ। काठमाडौं तथा आसपासका क्षेत्रमा रिफिल हुने गरी आयात गरिएका ग्यास बुलेटसमेत सहज रूपमा आउन नसकेको व्यवसायीहरूको भनाइ छ।

    ग्यासको अभाव काठमाडौंमा मात्रै सीमित छैन। देशका प्रमुख सहरका ग्यास डिलरमा समेत उपभोक्ताको लाइन घटेको छैन। बजारमा ग्यासको मूल्य बढेको छ भने माग पनि बढिरहेको छ। तर, बढी मूल्य तिर्न तयार हुँदासमेत उपभोक्ताले सहज रूपमा ग्यास पाउने अवस्था छैन। कतिपय उपभोक्ता ग्यासका लागि मध्यरातदेखि नै लाइनमा बस्न बाध्य भएका छन्।

    राजमार्ग सञ्चालनमा ल्याउन सम्बन्धित निकायले पहिरो पन्छाउने तथा सडक खुलाउने प्रयास जारी राखेका छन्। तर, सडक तत्काल सञ्चालनमा आउन नसके काठमाडौं उपत्यकामा ग्यासलगायत अत्यावश्यक वस्तुको आपूर्तिमा थप समस्या उत्पन्न हुनसक्ने जोखिम देखिएको छ।

    लामो समयदेखि ग्यास अभाव झेलिरहेका उपभोक्ताको समस्या समाधानका लागि सरकारले प्रभावकारी कदम चाल्न नसकेको भन्दै आलोचना भइरहेको छ। पछिल्लो अवस्थाले काठमाडौं उपत्यकाको आपूर्ति प्रणाली थप दबाबमा परेको देखिएको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    विद्युत् प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन: महसुल भुक्तानी पूर्ण रूपमा विद्युतीय बनाऊ

    काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिजुलीको महसुल भुक्तानीका लागि नागरिकहरू घण्टौँ लाइन बस्नुपर्ने बाध्यता तत्काल अन्त्य गर्न

    वर्षाले कोरला नाका प्रभावित, १५० बढी कन्टेनर रोकिए

    मुस्ताङ । चीनबाट पैठारी गरिएका मालसामान बोकेका १५० भन्दा बढी कन्टेनर कोरलानाकास्थित लोमान्थाङ गाउँपालिका–४ न्हेचुङ भन्सार क्षेत्रमा रोकिएका छन्। भारी

    आज पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा–हिमपातको सम्भावना

    काठमाडौं । हाल देशमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक

    भोटेकोशी–त्रिशूली विपद् अध्ययन समितिका सभापति पराजुलीले लिए शपथ

    काठमाडौं । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिका नवनिर्वाचित सभापति गणेश पराजुलीले पद तथा

    ऊर्जा सुरक्षा र पूर्वाधार पुनर्निर्माणमा तत्काल ठोस कदम चाल्न सरकारलाई…

    काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी तथा पछिल्लो अविरल वर्षाका कारण

    महाकाली नदीमा आएको बाढीले दोधारा–चाँदनी झोलुङ्गे पुल चुँडियो

    कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीलाई बाँकी नेपालसँग जोड्ने महाकाली नदीमाथिको ऐतिहासिक दोधारा–चाँदनी झोलुङ्गे पुल चुँडिएको छ। बुधबार बिहान महाकाली नदीमा

    Techie IT