Techie IT
  • The Film Nepal
  • २०८२ मंसिर २७ शनिबार

    अपडेट
    गृहपृष्ठराजनीतिपूर्व–पश्चिम राजमार्गको कल्पना विपीको : डा. शशांक कोईराला

    पूर्व–पश्चिम राजमार्गको कल्पना विपीको : डा. शशांक कोईराला


    काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शशांक कोईरालाले पूर्व–पश्चिम राजमार्गको पहिलो कल्पना स्व.नेता विश्वेश्वरप्रसाद (विपी) कोईरालाले गर्नुभएको बताएका छन्। बीपी स्मृति दिवसको अवसरमा मंगलबार बीपी संग्रहालय, सुन्दरीजलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘पूर्व–पश्चिम राजमार्गको कल्पना सायद बीपीले गरेको   थियो ।

    उनले राजा महेन्द्रले राजमार्गको निर्माण गरे पनि कल्पना बीपीको रहेको बताए । अहिले देश धेरै विकसित भइसकेको भन्दै अझै परिवर्तन गर्न जरुरी रहेको उनले बताए । नेपालमा जनताको सेवाको लागि सबैभन्दा धेरै काम गर्ने व्यक्ति बीपी भएको दाबी गर्दै देशको लागि बीपीले जति काम अरु कसैले पनि गर्न नसकेको बताए ।

    सांसद कोइरालाले नेपालमा जनताको सेवाका लागि सबैभन्दा धेरै काम गर्ने व्यक्ति बीपी कोइराला नै भएको दाबी गर्दै देशका लागि उनले गरेको योगदान जति अरू कसैले पनि गर्न नसकेको बताए। “बीपी सम्झिँदा आँसु आउँछ। उहाँले जति देशको लागि गर्नुभयो, मलाई लाग्छ कसैले पनि त्यति गरेको छैन। १२-१४ वर्ष त जेल बस्नुभयो। भारतमा आन्दोलनमा जेल बस्नुभयो,” उनले स्मरण गरे।

    उनले अहिले देश धेरै विकसित भइसकेको भए पनि अझै परिवर्तन गर्न जरुरी रहेको बताए। डा. कोइरालाले बीपी कोइरालाले विकासका लागि धेरै काम गरेको र उनको दूरदृष्टिले नै नेपालको विकासको जग बसेकोमा जोड दिए।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि सबैजसो तयारीको काम सकियो

    भक्तपुर । नेकपा एमालेले पार्टीको ११ औं महाधिवेशनको उद्घाटनका लागि मञ्च निर्माणको काम अन्तिम चरणमा पुगेको जनाएको छ ।एमालेले ११औँ

    ललितपुरका तीन क्षेत्रबाट कांग्रेसका ३२ जनाको सिफारिस

    ललितपुर/ २६ मंसिर, नेपाली कांग्रेस ललितपुरले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन र माघ १० गते हुने राष्ट्रिय

    बज्रबाराहीमा हुने पूर्णिमा भजनका लागि भक्तजनबाट आर्थिक सहयोग प्राप्त

    ललितपुर/ २६ मंसिर, ललितपुरको गाेदावरी नगरपालिका वडा नं. ११ स्थित बज्रबाराही मन्दिरमा हरेक पूर्णिमामा दिनभर हुने  भजनका लागि विभिन्न भक्तजनबाट

    नागढुंगा–मलेखु सडक शुक्रबार र शनिबार खुला हुने

    मलेखु । दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुंगा मलेखु सडकखण्ड आज र भोलि (शुक्रबार र शनिबार)का लागि

    ‘अक्षरहरूको क्यानभास’ सार्वजनिक

    काठमाडौं । कवि तथा गीतकार महेश बाबु तिमल्सिनाद्वारा लिखित नयाँ कविता कृति ‘अक्षरहरूको क्यानभास’ बिहीबार सार्वजनिक गरिएको छ ।२०८२ मंसिर

    पुष १ देखि बाघको गणना शुरु हुने

    चितवन ।आउँदो पुस १ गतेदेखि बाघ गणनाको काम थालिने भएको छ।चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ‘व्लक’ बनाएर गणना गर्न

    Techie IT