पूर्वराष्ट्रपति भण्डारीको जवाफ : एमालेमै रहेर राजनीति गर्छु
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफुले एमालेमै रहेर राजनीति गर्ने स्पष्ट गरेकी छन् । आज (बिहीबार) सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।भण्डारीले २०५१ सालदेखि नै एमाले सरकारमा निरन्तर रहेको बताउदै अब पार्टीको कामको मुल्यांकन हुनुपर्ने समेत माग गरेकी छन् । उनले पार्टीका विसंगतिलाई जोडदार रुपमा उठाउने बताउदै सरकारले सुशासन प्रवर्वद्धन गर्न नसकेको टिप्पणी गरेकी छन् ।
‘नेकपा (एमाले) ले मार्गदर्शक सिद्धान्तको रूपमा जनताको बहुदलीय जनवादलाई लिएको छ । त्यसको मर्म र भावनाअनुसार हामीले काम गर्ने हो,’– उनले भनिन् ।उनले एमालेको जन्म हुनुभन्दा धेरै अघिदेखि आफू कम्युनिष्ट आन्दोलनमा सहभागी भएको दाबी समेत गरिन् ।
अहिले ठूला दलहरुले नै संविधानमाथि प्रश्न उठाएको उल्लेख गर्दै सविंधान संशोधन गर्नुपर्छ भनेर गरेको सहमतिको पालना नगरेको पनि बताइन् ।उनले संविधानबारे प्रश्न उठाइएको तर अहिलेसम्म वौद्धिक बहस नभएकोप्रति चिन्ता व्यक्त गरिन् । उनले नेपालको शिक्षा प्रणालीलाई सुधार गर्नुपर्ने आवश्यकता देखिएतापनि शिक्षा सम्बन्धी कानुन बन्न नसकेकोप्रति आपत्ति जनाइन् ।पूर्वराष्ट्रपति भण्डारीले शिक्षासम्बन्धी समस्या नेपालमा ठुलो समस्या रहेको उल्लेख गरिन् ।
त्यस्तै भण्डारीले आफू निरन्तर नेकपा एमालेमा सक्रिय कार्यकर्ताको रुपमा काम गर्ने प्रतिवद्धता जनाइन् । उनले आफू माले हुँदादेखि नै कम्युनिष्ट आन्दोलनमा सक्रिय रहेको, एमालेकै कार्यकर्ताको रुपमा निरन्तर काम गर्ने र आलोचनाभन्दा बाहिर रहन नसक्ने बताइन् ।
भण्डारी समुहले यसलाई ‘मदन भण्डारी ७५औं जन्मजयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालय भनेको छ । समितिको संयोजक बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल रहेका छन् । भण्डारी समितिकी संरक्षक समेत रहेकी छन् ।
मदन भण्डारीको ७५औं जन्मजयन्ती मनाउन बागमती प्रदेशका पूर्वमुख्यमन्त्री पौडेलको नेतृत्वमा ७५ सदस्यीय मूल व्यवस्थापन समिति यस अघि नै बनाइएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ The Eternal Lure of Gold: From Sacred Metal to Geopolitical Weapon
- २ गौरहत्याकाण्डको छानबिन गर्न सर्वोच्चको परमादेश
- ३ नागढुंगा–नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
- ४ जेनजी शहीदको नाम ३ दिनभित्र सबै सीडीओ कार्यालयमा राख्न निर्देशन
- ५ सर्वपक्षीय बैठक बस्दै
- ६ जागिरे युवाहरूको पहलमा सुनाकोठीमा सरसफाइ गतिविधि सम्पन्न
- ७ ओली र लेखक विरूद्धको जाहेरी प्रहरीले बुझी जाँचबुझ आयोगलाई पठायो

तपाईको प्रतिक्रिया दिनुहोस