Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २२ बिहीबार

    अपडेट
    गृहपृष्ठ ∕ राजनीति ∕ पूर्वराष्ट्रपति भण्डारीको जवाफ : एमालेमै रहेर राजनीति गर्छु

    पूर्वराष्ट्रपति भण्डारीको जवाफ : एमालेमै रहेर राजनीति गर्छु


    काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफुले एमालेमै रहेर राजनीति गर्ने स्पष्ट गरेकी छन् । आज (बिहीबार) सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।भण्डारीले २०५१ सालदेखि नै एमाले सरकारमा निरन्तर रहेको बताउदै अब पार्टीको कामको मुल्यांकन हुनुपर्ने समेत माग गरेकी छन् । उनले पार्टीका विसंगतिलाई जोडदार रुपमा उठाउने बताउदै सरकारले सुशासन प्रवर्वद्धन गर्न नसकेको टिप्पणी गरेकी छन् ।

    ‘नेकपा (एमाले) ले मार्गदर्शक सिद्धान्तको रूपमा जनताको बहुदलीय जनवादलाई लिएको छ । त्यसको मर्म र भावनाअनुसार हामीले काम गर्ने हो,’– उनले भनिन् ।उनले एमालेको जन्म हुनुभन्दा धेरै अघिदेखि आफू कम्युनिष्ट आन्दोलनमा सहभागी भएको दाबी समेत गरिन् ।

    अहिले ठूला दलहरुले नै संविधानमाथि प्रश्न उठाएको उल्लेख गर्दै सविंधान संशोधन गर्नुपर्छ भनेर गरेको सहमतिको पालना नगरेको पनि बताइन् ।उनले संविधानबारे प्रश्न उठाइएको तर अहिलेसम्म वौद्धिक बहस नभएकोप्रति चिन्ता व्यक्त गरिन् । उनले नेपालको शिक्षा प्रणालीलाई सुधार गर्नुपर्ने आवश्यकता देखिएतापनि शिक्षा सम्बन्धी कानुन बन्न नसकेकोप्रति आपत्ति जनाइन् ।पूर्वराष्ट्रपति भण्डारीले शिक्षासम्बन्धी समस्या नेपालमा ठुलो समस्या रहेको उल्लेख गरिन् ।

    त्यस्तै भण्डारीले आफू निरन्तर नेकपा एमालेमा सक्रिय कार्यकर्ताको रुपमा काम गर्ने प्रतिवद्धता जनाइन् । उनले आफू माले हुँदादेखि नै कम्युनिष्ट आन्दोलनमा सक्रिय रहेको, एमालेकै कार्यकर्ताको रुपमा निरन्तर काम गर्ने र आलोचनाभन्दा बाहिर रहन नसक्ने बताइन् ।

    भण्डारी समुहले यसलाई ‘मदन भण्डारी ७५औं जन्मजयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालय भनेको छ । समितिको संयोजक बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल रहेका छन् । भण्डारी समितिकी संरक्षक समेत रहेकी छन् ।

    मदन भण्डारीको ७५औं जन्मजयन्ती मनाउन बागमती प्रदेशका पूर्वमुख्यमन्त्री पौडेलको नेतृत्वमा ७५ सदस्यीय मूल व्यवस्थापन समिति यस अघि नै बनाइएको छ ।

     




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कालीकोटको गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा बन्द

    कालीकोट — कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा बुधबार बिहान लेदोसहितको

    बडादसैँको साइत सार्वजनिक: असोज २५ गते घटस्थापना, कार्तिक ३ गते…

    काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको बडादसैँका लागि घटस्थापनादेखि विजयादशमी (टीका) सम्मको आधिकारिक साइत र धार्मिक समय

    “साइबर सुरक्षा र प्रविधि बलियो बनाएर अनलाइन मतदानतर्फ अघि बढ्छौँ”…

    काठमाडौँ — निर्वाचन आयोगले नेपालमा अनलाइन मतदान प्रविधि तथा निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको प्रयोगबारे सम्भाव्यता अध्ययन र प्राविधिक प्रदर्शन कार्यक्रम

    दसैँ, तिहार र छठका लागि असोज २३ गतेदेखि सार्वजनिक यातायातको…

    काठमाडौँ — सरकारले आसन्न दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी आगामी असोज २३ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ

    विद्युत् प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन: महसुल भुक्तानी पूर्ण रूपमा विद्युतीय बनाऊ

    काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिजुलीको महसुल भुक्तानीका लागि नागरिकहरू घण्टौँ लाइन बस्नुपर्ने बाध्यता तत्काल अन्त्य गर्न

    वर्षाले कोरला नाका प्रभावित, १५० बढी कन्टेनर रोकिए

    मुस्ताङ । चीनबाट पैठारी गरिएका मालसामान बोकेका १५० भन्दा बढी कन्टेनर कोरलानाकास्थित लोमान्थाङ गाउँपालिका–४ न्हेचुङ भन्सार क्षेत्रमा रोकिएका छन्। भारी

    Techie IT