Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र २१ आईतवार

    अपडेट
    गृहपृष्ठसमाचारपूर्वमन्त्री बस्नेतले गरे सिन्धुपाल्चोक जिल्लाको बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण

    पूर्वमन्त्री बस्नेतले गरे सिन्धुपाल्चोक जिल्लाको बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण


    काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लाको बाढी प्रभावित क्षेत्रमा स्थलगत निरीक्षण गरेका छन् ।

    कांग्रेस केन्द्रीय सदस्य समेत रहेका पूर्वमन्त्री बस्नेतले शुक्रवार जिल्लाका विभिन्न बाढी पहिरो प्रभावित क्षेत्रमा स्थलगत निरीक्षण गरेका हुन् ।

    सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, सिन्धुपाल्चोकका प्रहरी प्रमुख सन्तोष खड्का, राष्ट्रिय अनुसन्धान अधिकृत राजन प्रजापति लगायतको सहभागितामा जिल्लाका विभिन्न बाढी प्रभावित क्षेत्रको निरीक्षण गरिएको हो ।

    बाढीले पुर्‍याएको क्षतिको विवरण संकलन, सम्भावित जोखिम न्यूनीकरण तथा राहत उद्धारको काममा सहजताका लागी क्षेत्र नम्बर १ को भोटेकोशी, दुगुनागढी, लिपिङ, कोदारी, तातोपानी, चाकु बजार, खागदल र खाडीचौर तथा क्षेत्र नम्बर २ को तिपेनी बजार लगायत आसपासका क्षेत्र, नेशनल हाईड्रोपावर, याङरी बजार हेलम्बु , मेलम्ची लगायतका क्षेत्रहरू निरीक्षण गरिएको हो ।

    निरन्तर वर्षा पछि आएको बाढीले सिन्धुपाल्चोक जिल्लाका विभिन्न ठाउँहरूमा ठुलो मात्रामा भौतिक क्षति पुर्‍याएको र सबै क्षेत्रहरूमा गाडी मार्फत निरीक्षण सम्भव नभएकाले नेता बस्नेतले जिल्लाका सरोकारवालहरूलाई सँगै लिएर क्षतिग्रस्त ठाउँहरूको निरीक्षण तथा राहतका लागी समेत यथाशीघ्र पहल थाल्न ध्यानाकर्षण गराएका छन् ।

    नेता बस्नेतले विगतदेखि नै हरेक विपदजन्य अवस्थामा पीडितहरूको उद्धार तथा राहतका लागी काम गर्दै आएका छन् । यो वर्ष पनि वर्षा शुरु भए लगत्तै उनले प्रभावित क्षेत्रमा निगरानी बढाएका छन् ।

    निरीक्षणपछि बाढी प्रभावितहरूमा राहतको आशा पलाएको छ । सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित नेता बस्नेतले नागरिकको हरेक सुखदुखको सारथीको परिचय बनाएका छन् ।

    यसअघि पनि उनले विपदको समयमा जिल्ला पुगेर स्थानीय जनताहरुका समस्या समाधानका लागि महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । मेलम्चीको बाढी होस् वा भूकम्प वा कोरोनाकालको कठिन समय नै किन नहोस् बस्नेत हरेक समय आफ्नो जिल्लाका जनताहरुसँगै रहने गरेका छन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण सार्वजनिक : ७ हजार ५७०…

    काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्‍यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)

    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार र विद्युत् पुनःस्थापना तीव्र

    काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा विद्युत् आपूर्ति पुनःस्थापनाको काम उच्च प्राथमिकताका साथ अघि

    त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा एकजनाको शव फेला, दुई जनाको उद्धार

    रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र एकजनाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र

    त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई कर्मचारीको उद्धार, गृहमन्त्री गुरुङ स्वयं उद्धारस्थलमा

    काठमाडौं । बाढीपहिरोका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीमध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ । उद्धार टोलीले

    श्रद्धा–भक्तिपूर्वक मनाइँदै श्रीकृष्ण जन्माष्टमी

    काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्। द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको

    कृष्णभीर अवरुद्ध : बाइरोडबाट काठमाडौंमा दैनिक २४ हजार ५ सय…

    काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर खण्ड अवरुद्ध भएपछि नेपाल आयल निगमले त्रिभुवन राजपथ (बाइरोड) को वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौं

    Techie IT