पूर्वमन्त्री बस्नेतलाई कांग्रेसले बनायो सार्वजनिक लेखा समिति सदस्य
काठमाडौँ । पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई नेपाली कांग्रेसले सार्वजनिक लेखा समिति सदस्यमा पठाएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकले बस्नेतलाई सार्वजनिक लेखा समितिमा पठाउने प्रस्ताव पारित गरेको हो ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट बस्नेतलाई सार्वजनिक लेखा समिति सदस्यमा पठाएको हो ।
त्यस्तै, कांग्रेस सांसद सीता गुरुङलाई कानुन, न्याय तथा मानवअधिकार समितिबाट पूर्वाधार विकास समितिमा पठाइएको छ ।
सार्वजनिक लेखा समितिमा कांग्रेसबाट अर्जुननरसिंह केसी, दीपक गिरी, देवप्रसाद तिमलसेना, मञ्जु खाँण, राजेन्द्र केसी, रामकृष्ण यादव, श्याम घिमिरे र संजय गौतम सदस्य छन् ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ स्पेनलाई रोक्दै केप भेर्डेको ऐतिहासिक सफलता, गोलरक्षक भोजिन्हाको भावुक प्रतिक्रिया
- २ पूर्व राष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ राखेप उपाध्यक्ष नियुक्त
- ३ इरानद्वारा होर्मुज जलमार्ग बन्द गर्ने घोषणा, अमेरिका–इरान तनाव थप चर्कियो
- ४ परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा प्रस्थान गर्दै
- ५ फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै
- ६ नेप्सेमा सामान्य गिरावट, ४ अंक घट्दा कारोबार ४ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी
- ७ राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा

तपाईको प्रतिक्रिया दिनुहोस