पूर्वमन्त्री बस्नेतकाे आग्रहमा लार्चा र लिपिङ खोलामा बेली ब्रिच निर्माण हुने
सिन्धुपाल्चोक/ २३ असाेज, नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री माेहन बहादुर बस्नेतकाे आग्रह अनुसार चीन जोड्ने कोदारी राजमार्गस्थित लार्चा र लिपिङ खोलामा छिट्टै बेली ब्रिच निर्माण हुने भएको छ।
हालैको बाढीबाट क्षति भएकाे भौतिक पूर्वाधारको निरीक्षण गर्न मंगलबार सिन्धुपाल्चोक आउनु भएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले उक्त जानकारी दिनुभएकाे हाे। उहाँले तातोपानीमा चाँडो बेलीब्रिज ल्याउने तयारी भइरहेको बताउनुभयाे।
“सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने तयारी गरेको छ । हालैको बाढीपहिरोबाट क्षतिग्रस्त पुलहरुमा वैकल्पिक व्यवस्था गर्न भारतबाट बेलीब्रिज ल्याउने तयारी सरकारले गरेको हो ।” उहाँले भन्नुभयाे।
सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन संघीय सरकारका तीन मन्त्री मंगलबार सदरमुकाम चौतारा पुग्नुभएकाे थियो । गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहितको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा विपद्ले पुर्याएको क्षतिबारे छलफल भएको थियो ।
मन्त्रीहरू सुनकोशी नदीको बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने खुर्कोट पुल र बाढी प्रभावित खुर्कोट बजार अवलोकनपश्चात सिन्धुपाल्चोकको भोटेकोशी क्षेत्रको अवलोकन गरेर चौतारा पुग्नुभएकाे थियोे ।
मन्त्रीहरूले बाढीपहिरोबाट जिल्लामा भएको क्षति तथा सडक पूर्वाधार पुनःनिर्माण, उद्धार र राहत सम्बन्धमा स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखलगायत स्थानीयवासीसँग छलफल गर्नुभएकाे थियाे ।
सिन्धुपाल्चोकको वस्तुस्थिति बुझेपछि गृहमन्त्री लेखकले मित्रराष्ट्र चीन जोड्ने कोदारी राजमार्गस्थित लार्चा र लिपिङ खोलामा छिटो बेलीब्रिजको व्यवस्था गर्ने आश्वासन दिनुभएकाे छ। उहाँले प्रजिअ किरण थापालाई पहिरोपीडित लाभग्राहीको पहिचान गरी क्षतिको विवरण तत्काल पठाउन निर्देशन दिनुभयाे ।
सिन्धुपाल्चोकमा बर्सेनि प्राकृतिक विपद्ले क्षति पुर्याउने गरेको छ । यसपटक मात्रै १० जनाको मृत्यु, दुई बेपत्ता र ठूलो परिमाणमा भौतिक क्षति भएको छ
पूर्वमन्त्री बस्नेतले असोज ११ र १२ गते आएको अविरल वर्षा संगैको बाढी पहिरोको कारणले सिन्धुपाल्चोक जिल्लाको लार्चा र लिपिङ्ग दुवै ठाउँमा रहेको मोटरेबल पुल भोटेकोसी नदिले बगाउँदा जनजीवन प्रभावित हुनुका साथै चीन जाेड्ने नाकाबन्द हुँदा मुलुकको अर्थतन्त्रमा ठूलो असर परेको बताउनुभयो ।
“मेरो आग्रह बमोजिम भोटेकोसी गाउँपालिकाको नेतृत्वमा लार्चा खोलामा अस्थायी पुल निर्माण गरि सकिएको छ भने लिपिङ्ग खोलामा अस्थायी पुल निर्माणको लागि सम्भावना नभएकोले यथाशीघ्र बेलिबृज निर्माण गर्नुपर्ने अवस्था रहेको छ । यथाशीघ्र बेलिबृज निर्माणको लागि म स्वयंले आवश्यक प्रक्रिया अगाडी बढाउनको लागि सम्बन्धित निकायहरूलाई अवगत गराएको थिए सोही बमोजिम मिति २०८१ आश्विन २२ गते सडक विभागले सडक डिभिजन कार्यालय चरिकोटलाई बेलिबृज उपलब्ध गराउनको निमित्त निर्देशन सहित आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।” उहाँले भन्नुभयो ।
उहाँले बाढिपहिरोको कारणबाट अस्तव्यस्त यस अवस्थामा महत्त्वपूर्ण कार्यको थालनीको निमित्त सडक विभाग, सडक डिभिजन कार्यालय चरिकोट लगायत सम्बन्धित सबै सरकारी निकायहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु भन्नुभयो । उहाँले यथाशीघ्र पुल निर्माणको लागि आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकाको लागि सदा झैं तत्पर रहेको बताउनुभएको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ खोलाको मापदण्ड पालना नगरी निजी जग्गामा सडक निर्माण गरिएको भन्दै अख्तियारमा उजुरी
- २ भव्यताकासाथ मनाइयो राष्ट्रिय विभूति वडाकाजी अमरसिंह थापाको २१०औँ स्मृति दिवस
- ३ कप्तानगञ्जसहित तराईका जिल्लामा देखिएको तनावप्रति उद्योग वाणिज्य महासंघको चिन्ता, शान्ति कायम गर्न आग्रह
- ४ त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले पायो पूर्णता, चार सदस्य नियुक्त
- ५ सामाजिक सद्भाव जोगाऔँ, विभाजनको राजनीति असफल बनाऔँ
- ६ राष्ट्रपतिद्वारा प्रधानमन्त्री शाहलाई शान्ति, सद्भाव र संयम कायम गर्न आग्रह
- ७ संघीय संसदका तीन समितिको आज बैठक, चिकित्सा शिक्षा ऐन कार्यान्वयनदेखि वार्षिक कार्ययोजनासम्म छलफल

तपाईको प्रतिक्रिया दिनुहोस