Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २० मंगलवार

    अपडेट
    गृहपृष्ठ ∕ राजनीति ∕ पूर्वप्रधानन्यायाधीश जबरालाई पक्राउ गरिएको छैन, सुरक्षाका लागि सुरक्षित स्थानमा राखिएको सरकारको स्पष्टीकरण

    पूर्वप्रधानन्यायाधीश जबरालाई पक्राउ गरिएको छैन, सुरक्षाका लागि सुरक्षित स्थानमा राखिएको सरकारको स्पष्टीकरण


    काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ वा नियन्त्रणमा नलिइएको स्पष्ट पारेका छन् । अपरिचित समूहबाट फोन तथा टेक्स्टमार्फत धम्की आएपछि सुरक्षाका लागि उनलाई सुरक्षित स्थानमा लगिएको उनले बताएका छन् ।

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री पोखरेलले जबराको परिवारले नै सुरक्षाको माग गर्दै प्रहरीमा निवेदन दिएको जानकारी दिए ।

    उनका अनुसार परिवारबाट सुरक्षा माग भएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रहरीले जबरालाई सुरक्षित स्थानमा लगेको हो ।

    ‘उहाँलाई पक्राउ गरिएको पनि होइन, नियन्त्रणमा लिएको पनि होइन । उहाँको आफ्नै परिवारबाट सुरक्षाको माग गर्दै प्रहरी कार्यालयमा निवेदन आएको थियो । सुरक्षामा प्रश्न उठेपछि उहाँलाई सुरक्षा प्रदान गर्न रेस्क्यु गरेर सुरक्षित स्थानमा लगिएको हो,’ मन्त्री पोखरेलले भने ।

    उनले जबरालाई सुरुमा नै धम्की आएको र त्यसपछि सुरक्षित स्थानमा लगिएको बताए । सुरक्षित स्थानमा पुर्‍याएपछि पनि सुरक्षा खतरा रहेको जानकारी परिवारबाट आएको उनको भनाइ छ ।

    मन्त्री पोखरेलले जबरालाई ‘जेनजी’ समूहबाट धम्की आएको भन्ने विषयमा सरकारसँग कुनै जानकारी नरहेको स्पष्ट पारे । उनका अनुसार अपरिचित समूहले फोन तथा टेक्स्टमार्फत धम्की दिएको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    ‘जेनजीबाट त्यस्तो थ्रेट आएको होइन । अपरिचित समूहबाट फोनमा टेक्स्टमार्फत थ्रेट आएपछि सुरक्षित स्थानमा लगिएको हो । यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ,’ उनले भने ।

    एन्फा प्रकरणमा अनुसन्धान जारी

    मन्त्री पोखरेलले अखिल नेपाल फुटबल संघ (एन्फा)सँग सम्बन्धित विषयमा लामो समयदेखि विभिन्न प्रश्न उठ्दै आएको भन्दै अहिले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए ।

    उनका अनुसार एन्फासम्बन्धी विषयमा अनुसन्धान कानुनी तथा प्राकृतिक प्रक्रियाअनुसार अघि बढ्नेछ ।

    फिफाबाट लगाइएको निलम्बन तत्काल नखुलेमा घरेलु फुटबल लिग सञ्चालनमा सरकारले जोड दिने उनले बताए । घरेलु लिगसँगै निजी क्षेत्रबाट आयोजना हुने फ्रेन्चाइज प्रतियोगितालाई पनि सरकारले सकारात्मक रूपमा हेर्ने उनको भनाइ थियो ।

    निगरानी र नियुक्तिबारे पनि स्पष्टीकरण

    सरकारले कसैलाई निगरानी गरिरहेको भन्ने दाबीमा पनि मन्त्री पोखरेलले त्यस्तो कुनै व्यवस्था नरहेको स्पष्ट पारे ।

    सचिवालय तथा सल्लाहकार नियुक्तिका विषयमा पनि कानुनी प्रावधानभन्दा बाहिर गएर ठूलो टोली नराखिएको उनले दाबी गरे।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक: इन्जिनियरिङ सेवा नियमावली संशोधन, नर्वेको अनुदान…

    काठमाडौँ — सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य ५ वटा निर्णयहरू सार्वजनिक गरेको छ। सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं

    विद्युत् प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन: महसुल भुक्तानी पूर्ण रूपमा विद्युतीय बनाऊ

    काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिजुलीको महसुल भुक्तानीका लागि नागरिकहरू घण्टौँ लाइन बस्नुपर्ने बाध्यता तत्काल अन्त्य गर्न

    पार्टीभित्रको ‘विशेष राजनीतिक निर्णय’ ले महाधिवेशन तालिका प्रभावित: गगन थापा

    काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशमा आइपरेका प्राकृतिक विपत् र पार्टीभित्र बृहत्तर एकता कायम गर्ने प्रयासका कारण महाधिवेशनको

    १२ वर्षदेखि अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइन दशैंलगत्तै चार्ज गरिने

    काठमाडौं । १२ वर्षदेखि निर्माणमा अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले बाँकी

    रास्वपाले बनायो स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट समिति, देशव्यापी…

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट समिति गठन गर्नुका साथै संगठन विस्तार

    जलवायु कूटनीति प्रभावकारी बनाउन घरेलु तयारी मजबुत बनाउनुपर्छ : परराष्ट्रमन्त्री…

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको जलवायु कूटनीतिलाई प्रभावकारी बनाउन घरेलु तहमा जलवायु जोखिम न्यूनीकरण, पूर्वाधार विकास र विपद् व्यवस्थापनका

    Techie IT