पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ
काठमाडौँ — पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई आइतबार महाराजगञ्जस्थित निवासबाट पक्राउ गरेको हो।
प्रहरी उच्च स्रोतका अनुसार जबरालाई निवासबाटै पक्राउ गरिएको हो। पक्राउको कारण र घटनाबारे विस्तृत विवरण भने आउन बाँकी छ।
जबराले १७ पुस २०७५ मा प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए। उनीविरुद्ध २०७८ फागुन १ गते संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा परेका थिए।
महाअभियोग प्रस्ताव लामो समयसम्म संसद्मा विचाराधीन अवस्थामा रहेको थियो। संसद्को अधिवेशन समाप्त भएपछि तत्कालीन महासचिवले महाअभियोग निष्क्रिय भएको व्यहोरासहितको पत्र दिएका थिए।
सो पत्रविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो। त्यससम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले २४ भदौमा जबराविरुद्धको महाअभियोगको औचित्य समाप्त भएको ठहर गर्दै रिट खारेज गर्ने फैसला सुनाएको थियो।
प्रधानन्यायाधीश मनोजकुमार शर्माको नेतृत्वमा रहेको संवैधानिक इजलासले यससम्बन्धी चारवटा रिट खारेज गर्ने फैसला गरेको थियो।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेपाली कांग्रेसको १५औँ महाधिवेशन : २२ वर्षका युवा महत महाधिवेशन प्रतिनिधिमा निर्वाचित
- २ मेलम्चीमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय उद्घाटन
- ३ प्रतिनिधिसभाको बैठक आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा
- ४ सामुदायिक योग समूह गाईजात्रा (इन्द्रजात्रा) विशेष कार्यक्रम मनाइयो
- ५ म्याग्दीमा पहिरोमा परी ६ जनाको मृत्यु, ३ जना बेपत्ता
- ६ आज देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी
- ७ आजको विदेशी मुद्राको विनिमय दर : डलर १५३ रुपैयाँ ६१ पैसामा बिक्री

तपाईको प्रतिक्रिया दिनुहोस