Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २ शनिबार

    अपडेट
    गृहपृष्ठराष्ट्रियपुनचक्रणको अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

    पुनचक्रणको अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड


    ललितपुर/ ५ चैत,विश्व पुन:चक्रण दिवस २०२६ का अवसरमा विविध कार्यक्रम सम्पन्न भएका छन्। बुधवार ललितपुरमा दिगो फोहर व्यवस्थापन, पुनःप्रयोग तथा चक्रिय अर्थतन्त्रको प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजित कार्यक्रम “फोहोर हैन, अवसर सोच्नुहोस्” भन्ने अन्तर्राष्ट्रिय नारामा केन्द्रित रहेर क्रियसन नेपालद्वारा ग्रीनशिफ्ट परियोजनाअन्तर्गत कार्यक्रम आयोजना गरिएको थियोे। कार्यक्रममा फोहरलाई समस्याका रूपमा मात्र नभई अवसरका रूपमा हेर्नुपर्ने सन्देश प्रवाह गरिएको थियोे।
    कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्य फोहोरमैला ब्यवस्थापन र यसको पुनःप्रयोगक‍ो महत्व बारे उल्लेख गर्दै जनचेतना अझ बढाउन आवश्यक रहेको बताउनुभयो। उहाँले सरसफाइमा खटिने कामदारहरूको योगदानको कदर गर्न आग्रह गर्दै फोहरप्रतिको सोच परिवर्तन आवश्यक रहेकोमा जोड दिनुभयो। महानगरले फोहर व्यवस्थापन सुधारका लागि काम गरिरहेको उल्लेख गर्दै उहाँले आयोजक संस्था र सहयोगी निकायप्रति आभार व्यक्त गर्नुभयो।
    युरोपेली संघका नेपालस्थित सहकार्य प्रमुख होसे लुइस भिनुएसा सान्तामारियाले यस्ता पहलले दिगो भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले “ग्रीन सर्कुलारिटी” अवधारणाले घटाउने, पुनःप्रयोग गर्ने, पुनःप्राप्त गर्ने र रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्ने उल्लेख गर्नुभयो।
    क्रियसनकी कार्यक्रम निर्देशक सुजाता कोइरालाले प्लास्टिकलाई समस्याका रूपमा मात्र होइन, अवसरका रूपमा पनि बुझ्नुपर्ने बताउँदै सामूहिक प्रयासमार्फत नयाँ सम्भावनाहरू खोज्नुपर्नेमा जोड दिनुभयो।
    क्रियसन नेपालकी अध्यक्ष अरुणा कार्कीले ग्रीनशिफ्ट केवल परियोजना नभई परिवर्तनको अभियान भएको बताउनुभयो। उहाँले कार्यक्रममा देखिएको उत्साह, ऊर्जा र विचार आदान–प्रदानले हरित रूपान्तरणतर्फ सकारात्मक संकेत गरेको उल्लेख गर्नुभयो।
    कार्यक्रमको मुख्य आकर्षणका रूपमा करिब एक सय जना फोहर संकलनकर्ताको साइकल यात्रा आयोजना गरिएको थियो।
    कार्यक्रममा पुनचक्रण उद्यमी, फोहर संकलनकर्ता, युवा नवप्रवर्तनकर्ता तथा हरित व्यवसायमा संलग्न संस्थाहरूको उल्लेख्य उपस्थिति थियो।
    यस अवसरमा पुनःचक्रण क्षेत्रमा योगदान पुर्याउने उद्यमी, फोहर संकलनकर्ता तथा साझेदार संस्थाहरूलाई प्रशंसा पत्र प्रदान गरिएको थियो। साथै, दुई वटा विषयगत छलफल सत्रमार्फत रिसाइक्लिङ र सर्कुलर अर्थतन्त्रका अवसर, चुनौती तथा नवप्रवर्तनबारे विज्ञहरूले विचार राखेका थिए।
    वक्ताहरूले रिसाइक्लिङले फोहरको मात्रा घटाउने, हरितगृह ग्यास उत्सर्जन कम गर्ने तथा दिगो उपभोग र उत्पादन प्रणालीलाई प्रवर्द्धन गर्ने बताएका थिए।
    वातावरणविद्हरूले यस्ता पहलहरूले नेपालको स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने संवैधानिक अधिकारलाई टेवा पुर्याउने तथा ठोस फोहर व्यवस्थापन ऐन २०११ र राष्ट्रिय वातावरण नीति २०१९ सँग मेल खाने बताएका छन्।
    आयोजकका अनुसार, ग्लोबल रिसाइक्लिङ डेको अवसरमा आयोजित यस कार्यक्रमले स्थानीय तह, निजी क्षेत्र, युवा समूह तथा वातावरणीय संस्थाबीच सहकार्य सुदृढ गर्दै स्वच्छ सहर, दिगो रोजगारी र हरित अर्थतन्त्र प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    राष्ट्र बैंक ऐन संशोधनमा खुला छलफल गर्न सरकार तयार, क्रिप्टोकरेन्सीबारे…

    काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ (संशोधन) विधेयक माथि दफावार छलफल गरिएको छ।

    साउने संक्रान्तिमा पशुपतिनाथमा भक्तजनको घुइँचो, बिहानैदेखि शिवपूजामा श्रद्धालुको भीड

    काठमाडौं । साउने संक्रान्तिको अवसरमा शुक्रबार बिहानैदेखि आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थी भक्तजनहरूको उल्लेख्य भीड लागेको छ। साउन महिनाको पहिलो

    सांसदलाई सम्पत्ति विवरण बुझाउन सचिवालयको आग्रह, भदौ २९ भित्र अनिवार्य…

    काठमाडौं । संघीय संसद् सचिवालयले आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण निर्धारित समयभित्र बुझाउन संघीय संसद्का सबै सदस्यलाई अनुरोध गरेको

    आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व…

    काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका

    बागमतीमा एमाले मन्त्रीहरूको सामूहिक राजीनामा रोकियो

    काठमाडौं । नेकपा (एमाले) बाट बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले गर्ने भनिएको सामूहिक राजीनामा अन्तिम समयमा स्थगित भएको

    बागमती प्रदेश प्रमुखद्वारा दुई आर्थिक विधेयक प्रमाणीकरण

    काठमाडौँ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाबाट पारित दुई वटा आर्थिक विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रदेश प्रमुख देवकोटाले

    Techie IT