Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख ६ आईतवार

    अपडेट
    गृहपृष्ठअर्थतन्त्र‘पीडितका माग सम्बोधन गर्नुको सट्टा दमन गर्ने सरकारले ठूलो मुल्य चुकाउनु पर्नेछ’

    ‘पीडितका माग सम्बोधन गर्नुको सट्टा दमन गर्ने सरकारले ठूलो मुल्य चुकाउनु पर्नेछ’


    काठमाडौं । वित्तिय पीडितहरुले आफूहरुका शान्तिपूर्ण आवाजहरुलाई सम्बोधन गर्नुको सट्टा बन्दुकको बलमा दमन गरेको भन्दै अक्रोष व्यक्त गरेका छन् । मंगलबार काठमाडौंको संवाद डबलीमा आयोजित कार्यक्रममा ओली सरकारको दिनगन्ति शुरु भएको भन्दै सुनुवाई नगरे अफूहरुपनि प्रतिबादमा उत्रनेसमेत चेतावनी दिएका छन् ।

    ‘सहकारी, लघुवित्त तथा वित्तिय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान महासंघ’द्वारा आयोजित कार्यक्रममा लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समिति नेपालका अध्यक्ष मनिराम ज्ञवालीले ४० महिनादेखिको शान्तिपूर्ण आन्दोलनलाई सरकार र राजनीतिक दलहरुले कमजोरीको रुपमा नलिन चेतावनी दिए । ज्ञवालीले आफ्नो अधिकारका लागि लड्ने जनताले कहिलै पनि हारेको इतिहास नभएको बताउँदै भने,“आफ्नो अधिकार र न्यायको लागि मानव समाजको उत्पतिदेखि आजसम्म भएका कुनै पनि लडाइँमा बहुसंख्यक उत्पीडितहरु पराजित छैनन् भने हाम्रो यो न्यायीक लडाईमा पनि शासकहरु घुँडा टेक्न बाध्य हुने निश्चित छ ।”

    सहकारी बचतकार्ता संरक्षण राष्ट्रिय अभियान(महासंघ)का अध्यक्ष कुशलव केसीले लघुवित्त, सहकारी र मिटरब्याजीहरुसँग पटकपटक भएका सम्झौताहरुलाई कागजमै सिमित राखेर पीडितलाई सडकमै कुट्नु, गिरफ्तार गर्नु र अनावश्यक दुःख दिनु गैर न्यायीक कार्य भएको बताए ।
    केसीले अब आउने दिनमा पनि राज्यले उल्टो बाटो समातेर अगाडि बढे त्यसको ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिए ।

    नेशन फसर््टका अध्यक्ष डा.नन्द काप्रीले केपी ओली नेतृत्वको वर्तमान सरकार जनताको सरकार नभई पीडकको संरक्षक भएको आरोप लगाए । लघुवित्त, सहकारी र मिटरब्याजी पीडितको बर्षौदेखि चलिरहेको शान्तिपूर्ण आन्दोलनलाई सम्बोधन नगरेकोप्रति आक्रोष ब्यक्त गर्दै डा.काप्रीले भने,“ओली जी जनताको न्यायको लागि भन्दै १४ वर्ष जेल बसेँ त भन्नुहुन्छ, तर उहाँको निरङ्कुश र तानाशाही शासन शैलीले उहाँ सामन्ती, भ्रष्ट, दलाल र माफियाको मसिया पो भएको देखिन्छ ।”

    आन्दोलनका संरक्षक अगश्त अधिकारीले पीडितको शान्तिपूर्ण आन्दोलनलाई कामजोर नठान्न चेतावनी दिए ।

    लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समिति नेपालका मधेश प्रदेश इन्चार्ज युवराज रसाईलीले मैथली भाषामा भने,“मेधशमा लघुवित्त, सहकारी र मिटरब्याजी महाजनहरुले सबैभन्दा धेरै चक्रबृत्ति ब्याजमा जनतालाई लुटिरहेका छन्, अब राज्यले न्याय नदिए उनिहरुलाई गाउँगाउँबाट लखेट्छौं ।” कोशी प्रदेश अध्यक्ष लुजा राईले आम पीडितहरुको न्यायका लागि महिलाहरु जस्तोसुकै लडाई लड्न पनि तयार रहेको बताईन् ।

    राष्ट्रिय स्वयमसेवक नेपालका अध्यक्ष मनोज पौडेलले पीडितलाई न्याय दिलाउन आफूहरु ज्यानको बाजि थापेर सडकमा उत्रेको बताए ।
    सोभा पाठकले जीवी राई एउटा पात्र मात्र भएको भन्दै, सहकारी, लघुवित्त र मिटरब्याजी लुटेराहरुलाई राज्य सञ्चालकहरुले नै संरक्षण गरिरहेको आरोप लगाईन् ।
    सहकारी बचतकार्ता संरक्षण राष्ट्रिय अभियान(महासंघ)का केन्द्रीय कोषाध्यक्ष देव कुमार श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    तातिँदै छ मौसम ,कहाँ कहाँ के रहनेछ

    काठमाडौं । देशका केही भूभागमा वर्षा र हिमपात हुँदा केही क्षेत्रमा उच्च गर्मीको सम्भावना छ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका

    १२ वटा समिति सभापतिहरुले लिए पद तथा गोपनियताको सपथ

    काठमाडौं। प्रतिनिधि सभाअन्तर्गतको समिति सभापतिहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।शुक्रबार सभापति चयन भएसँगै १२ वटा समितिका सभापतिहरुले सभामुख

    सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मुल्य तोलाको

    आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

    काठमाडौं : प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर

    करको दर पुनरावलोकन गरी पेट्रोलियम पदार्थको मूल्य घटाउ :कांग्रेस

    काठमाडौँ।नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेको भन्दै घटाउन माग गरेको छ । त्यसका लागि करका दरहरू पुनरावलोकन गर्न कांग्रेसले

    डिजल/मट्टीतेलमा प्रतिलिटर ३० र हवाई इन्धनमा ५ रुपैयाँले बढ्याे, पेट्रोलको…

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आजदेखि लागु हुने गरि डिजेल मट्टितेलमा प्रति लिटर

    Techie IT