पाैडी खेलकाे विकास र विस्तार गरेर खेलाडीकाे भविष्य उज्ज्वल बनाउनुपर्छ – पूर्वमन्त्री बस्नेत
ललितपुर/ १५भदौ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री माेहनबहादुर बस्नेतले पाैडी खेलकाे विकास र विस्तार गरेर खेलाडीकाे भविष्य उज्ज्वल बनाउनुपर्छ भन्नेमा जाेड दिनुभएको छ ।
नेपाल पाैडी संघले आज शनिबार सातदोबाटोमा आयाेजना गरेको ५ दिने प्रशिक्षक प्रशिक्षणमा सहभागी प्रशिक्षक खेलाडीहरुलाई प्रमाणपत्र वितरण कार्यक्रममा मन्तव्य राख्नुहुँदै पूर्वमन्त्री बस्नेतले पाैडी जस्तो स्वास्थ्यका लागि अत्यन्तै महत्त्वपूर्ण खेललाई नेपालका ७७ वटै जिल्लामा शाखा विस्तार गरेर खेलकाे विकास र खेलाडीकाे भविष्य उज्ज्वल बनाउनुपर्छ भन्नुभएको हाे ।
पाैडी खेल्न जान्ने धेरै व्यक्तिहरु सवारी दुर्घटनामा समेत वच्च सफल भएको उदाहरण छ, यसले मानिसलाई आत्मनिर्भर वनाउँछ, पाैडी खेलाडीहरुले खेलकाे माध्यमबाट देशकाे नाम राख्न सफल भएका छन्, पाैडी क्षेत्रका प्रशिक्षक पाैडी खेलकाे पूर्वाधारकाे विकासका लागि सरकारले ध्यान दिनुपर्छ ।” उहाँले भन्नुभयो ।
उहाँले खेलकुद क्षेत्रकाे विकासका लागि सहयाेग गर्ने प्रतिवद्धता जनाउनुभयाे । उहाँले खेलकुद क्षेत्र देशकाे एउटा गहना हाे भन्दै यस क्षेत्रकाे विकास गर्दै खेलाडीकाे संरक्षण गर्न राज्य, सरकार र राजनीतिकर्मीहरुले संरक्षणमा ध्यान दिनुपर्छ भन्नुभयो ।संघका अध्यक्ष अध्यक्ष जगतमान श्रेष्ठले नेपाल पाैडी संघले यस क्षेत्रका खेलाडीहरुकाे क्षमता अभिबृद्धिका साथै संरक्षणका लागि ध्यानपूर्वक लागि पर्ने बताउनुभयो ।
संघका महासचिव इश्वर कार्की पानीमा हुने दुर्घटनाबाट वचन याे महत्त्वपूर्ण भएको भन्दै दिनकाे एक दुई घण्टा पाैडी खेल्न सक्दा मुटु र फाेक्साे स्वास्थ रहने जानकारी गराउनुभयाे । उहाँले पाैडी खेलबाट नाम र दाम दुवै कमाउने बताउनुभयो ।
कार्यक्रममा नरदेवी आयुर्वेद अस्पतालका वाेर्ड सदस्य लेखनाथ लामा, नेपाली कांग्रेस सिन्धुपाल्चोकका महासमिति सदस्य रामकुमार थापालगायत खेल प्रशिक्षक, खेलप्रेमीहरुकाे उपस्थिति रहेकाे थियाे ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ खोलाको मापदण्ड पालना नगरी निजी जग्गामा सडक निर्माण गरिएको भन्दै अख्तियारमा उजुरी
- २ भव्यताकासाथ मनाइयो राष्ट्रिय विभूति वडाकाजी अमरसिंह थापाको २१०औँ स्मृति दिवस
- ३ कप्तानगञ्जसहित तराईका जिल्लामा देखिएको तनावप्रति उद्योग वाणिज्य महासंघको चिन्ता, शान्ति कायम गर्न आग्रह
- ४ त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले पायो पूर्णता, चार सदस्य नियुक्त
- ५ सामाजिक सद्भाव जोगाऔँ, विभाजनको राजनीति असफल बनाऔँ
- ६ राष्ट्रपतिद्वारा प्रधानमन्त्री शाहलाई शान्ति, सद्भाव र संयम कायम गर्न आग्रह
- ७ संघीय संसदका तीन समितिको आज बैठक, चिकित्सा शिक्षा ऐन कार्यान्वयनदेखि वार्षिक कार्ययोजनासम्म छलफल

तपाईको प्रतिक्रिया दिनुहोस