Techie IT
  • The Film Nepal
  • २०८२ पुष ३० बुधबार

    गृहपृष्ठबिचारपार्वण सोह्र श्राद्ध संक्षिप्त परिचय

    पार्वण सोह्र श्राद्ध संक्षिप्त परिचय


    काठमाण्डौं/ ३१ भदौ ,आश्विन-कृष्ण प्रतिपदादेखि औंसीसम्म १५ र आश्विनशुक्ल प्रतिपदा तिथिसहित १६ दिनसम्म गरिने श्राद्धलाई नै पार्वण (सोह्र) श्राद्ध भनिन्छ। श्रद्धाले दान दिनु नै श्राद्ध हो गृहस्थाश्रमीले सकिन्छ भने यी १६ दिनमा प्रतिदन पार्वणश्राद्ध गर्नु पर्छ, सकिदैन भने अफ्नो पिताको तिथिमा एक दिन मात्र भने पनि पार्वणश्राद्ध गर्नुपर्छ । यदि अफ्नो पिताको तिथिमा श्राद्ध गर्न मिलेन भने अष्टमी , द्वादशी , औंसीतिथिमा श्राद्ध गर्नु। यी दिनमा पनि मिलेन भने १६ दिन मध्ये निषिद्ध तिथिबाहेक अरु कुनै १ तिथिमा गर्नु। त्यसमा पनि मिलेन भने कार्तिककृष्ण अमावास्या (गाईतिहारे औंसी) मा गर्नु। पार्वण श्राद्ध नगरे छोरालाई दोष लाग्छ भनिएको छ ।:–

    सूर्ये कन्यागते श्राद्धं यो न कुर्यात् गृहाश्रमी ।
    धनं पुत्राः कुतस्तस्य पितृनिःश्वासपीडनात् ।।

    भावार्थ :— सूर्य कन्याराशि ( आश्विनकृष्ण )मा गएपछि जुन गृहस्थाश्रमीले आफ्नो पिताको तिथिमा श्राद्ध नगरेर पितृलाई लामो सास फेर्नुपर्ने पीडा दिन्छ भने त्यो धन र त्यो छोराको के काम ? अर्थात् धन र छोरा पितृको लागि व्यर्थ हुन्छ। त्यसैले असल चरित्रवान् छोराले पिताको निमत्त ३ काम गर्नु पर्ने कुरा श्रीमद्देवीभागवतमा भनिएको छ ।:—

    जीवतो वाक्यकरणात् क्षयाहे भूरिभोजनात् ।
    गयायां पिण्डदानाच्च त्रिभिः पुत्रस्य पुत्रता ।।–६.४.१५

    भावार्थः—वाँचुञ्जेल पिताले भनेको मान्ने , क्षयतिथिमा श्राद्ध गरी धेरै जनालाई भोजन गराउने र गया (बद्री) तीर्थमा गएर तीर्थ श्राद्ध गर्यो भने मात्र असल छोरामा गनिन्छ ।

    श्राद्ध सम्बन्धी केही जान्नु पर्ने कुराहरूः—

    १. श्रीमती परसरेमा सोह्रश्राद्ध रोकिन्छ, तिथिश्राद्ध रोकिँदैन ।
    २. सूतक- जुठो परी रोकिएको श्राद्ध ( मृतौ त्रयोदशे कुर्यात् जातावेकादशेऽहनि – सूतकमा ११ दिनमा र जुठोमा १३ दिनमा) गर्नु हुन्छ ।
    ३. पिताको वरखी पछि दोश्रो श्राद्ध नगरिकन सोह्रश्राद्ध र तीर्थ- श्राद्ध गर्न हुँदैन भन्ने भ्रम कतै-कतै परेको सुनिन्छ । यथार्थ के हो भने, पहिलो आद्याब्दिक श्राद्ध ११ दिनमा नै भइसकेको हुन्छ र दोश्रो श्राद्ध वार्षिक ( वर्षदिन) मा हुन्छ । वार्षिकश्राद्ध पछि सोह्रश्राद्ध तीर्थश्राद्ध सबै फुक्दछ ।
    ४. रात र दिन छुट्याउनु पर्दाः—

    रात्रिं त्रिभागं कुर्यात् तु द्वौ भागौ पूर्व एव तु ।
    उत्तरांशः प्रभातेन युज्यते ऋतु-सूतके । —कश्यप , निर्णयसिन्धु:

    अर्थात् रात्रिको घडी ( समय ) लाई ३ भाग गर्ने , पहिलो २ भाग अघिल्लो दिन हुन्छ र पछिल्लो १ भाग बिहान ( दोश्रो दिन ) हुन्छ। सूतक ,जुठो र महिलाहरू रातिमा परसर्दा यही सिद्धान्त लागु हुन्छ ।

    ५. गया तथा बद्रीतीर्थमा गएर तीर्थश्राद्ध गर्ने हाम्रो परम्परा छ। त्यहाँ श्राद्ध गरेपछि घरमा आएर श्राद्ध गर्नुपर्दैन गर्नुहुँदैन भन्ने भ्रम कसै-कसैमा परेको देखिन्छ। त्यहाँका पण्डाले पनि “तपाईंका पितृहरू मुक्ति भएर गए अब श्राद्ध गर्नु पर्दैन” भन्छन् । यस विषयमा विशिष्ट धर्म-शास्त्रका गुरुहरू भन्नुहुन्छ ः– “त्यहाँका पण्डाले अब श्राद्ध गर्नु पर्दैन भने पनि गृहस्थी भएर रहेसम्म जति पटक बद्रीतीर्थमा श्राद्ध गरे पनि घरमा आफ्ना पितृको श्राद्ध पिण्ड दिएर नै गर्नुपर्छ , नत्र दोष लाग्छ।”

    असक्त अवस्थामा एकोद्दिष्ट श्राद्ध रोक्नु हुँदैन , ब्राह्मणद्वारा भए पनि श्राद्ध गराउनु पर्छ। पार्वणमा मात्र असक्त भइयो भने तर्पण – सिधा दान गरे हुन्छ ।

    ६. धनी-गरीब सबैले अाफ्नो गच्छेअनुसार पितृको श्राद्ध गर्नु पर्छ। श्रद्धाले दिनु नै श्राद्ध भएकोले अार्थिक अभाव भए पनि आफूले सोझो कमाइ गरेर ल्याएको शुद्ध धनले किनेको साग मात्र दान गर्नाले पनि श्राद्ध पूर्ण हुन्छ, पितृ प्रसन्न हुनुहुन्छ।

    तस्माच्छ्राद्धं नर: कुर्यात् शाकैरपि यथाविधिः। — धर्मासिन्धु:
    ७. पार्वणश्राद्ध निषेध :– :स्वर्गीय पिताको वर्ष दिनमा गरिने एकोद्दिष्टश्राद्धमा पिण्डदान गरिएको छैन भने पार्वणश्राद्धमा पिण्डदान गर्न मिल्दैन। एकोद्दिष्टश्राद्ध गरेपछि मात्र पार्वण श्राद्धमा पिण्डदान गर्न मिल्छ । एकोद्दिष्टश्राद्ध गर्न मिलेन भने पार्वणमा तर्पण र सिधादान गर्न मिल्छ ।

    ८. पिताको श्राद्ध-तिथि यदि नवमी पर्यो भने पितामह (हजुरबा) को तिथिमा, द्वादशीमा वा औंसीमा पार्वण श्राद्ध गर्नु पर्छ ।

    ९. श्राद्धमा परम्परा:— देशाचारा: परिग्र्याह्यास्तत्तद्देशीयजैर्नरै:—निर्णयसिन्धुः

    अर्थात् :— पितृको श्राद्धमा आआफ्नै देशाचार कुलाचारका परम्परागत -चलनहरूलाई पनि यथासम्भव अवलम्बन गर्नु पर्छ।

    श्राद्ध गरेको फलः—

    आयु: प्रजां धनं विद्यां स्वर्गं मोक्षं सुखानि च।

    प्रयच्छन्ति तथा राज्यं पितर: श्राद्धतर्पिता: ।।–याज्ञ २७०, श्राद्धप्रकाश

    अर्थात् :– श्राद्धमा तृप्त हुनुभएका पितृहरूले श्राद्धकर्तालाई दीर्घायु, सन्तान ,सम्पत्ति, विद्या, स्वर्ग, मोक्ष, सुख र राज्य दिनुहुन्छ।

    श्राद्धमा पात्र :– श्राद्धमा सुन, चाँदी, तामा, पित्तल र वनस्पतिको पात्र शुभ र फलामको पात्र अशुभ मानिन्छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    ‘अक्षरहरूको क्यानभास’ सार्वजनिक

    काठमाडौं । कवि तथा गीतकार महेश बाबु तिमल्सिनाद्वारा लिखित नयाँ कविता कृति ‘अक्षरहरूको क्यानभास’ बिहीबार सार्वजनिक गरिएको छ ।२०८२ मंसिर

    The Eternal Lure of Gold: From Sacred Metal to Geopolitical…

    The Eternal Lure of Gold: From Sacred Metal to Geopolitical Weapon By _ LAVISH JUNG GURUNG   For millennia, gold

    अकाल मृत्यु

    तिम्रो शहर तिमी नै लैजाउ र मिल्काउ डम्पिङ्क साइटमा । म खोजि रहेछु मध्य दिउँसै गुमाएको मानवता तिम्रो शभ्य शहरमा

    ‘आरुष-टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगिता – २०८२’ को लागि कविता आह्वान

    काठमाडौं । साहित्यिक पत्रकार संघले दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगिता – २०८२” को सूचना सार्वजनिक गरेको छ ।सो प्रतियोगिता

    बास्तोलाको कथासङ्ग्रह ‘रगतको मूल्य’ लोकार्पित

    काठमाडौं। कथाकार होमशङ्कर बास्तोलाको नविनतम कथाकृति ‘रगतको मूल्य’ लोकार्पित भएको छ । सुनकोशी वाङ्मय प्रतिष्ठानद्धारा विहिबार राजधानीमा आयोजित एक कार्यक्रममा

    सुमन सौरभको नयाँ लघुकथा कृति ‘रे’ लोकार्पित

    काठमाडौं। चर्चित लघुकथाकार सुमन सौरभको नवोदित लघुकथाकृति ‘रे ‘को मंगलबार लोकार्पण गरिएको छ ।ठमेलमा एक कार्यक्रम विच ‘रे’ को प्रा.डा.लक्ष्मणप्रसाद

    Techie IT