पार्टी फुटाउनेलाई एमालेमा प्रवेश नदिने ओलीको भनाइ
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीसँग पार्टी एकता नहुने प्रस्ट पारेका छन् ।
बिहीबार पार्टी कार्यालय च्यासलमा विभिन्न पार्टी परित्याग गरी आएका नेता–कार्यकर्ताहरूलाई एमालेमा प्रवेश गराउँदै अध्यक्ष ओलीले माधव नेपाल लक्षित गर्दै पार्टी फोडेकोमा पश्चाताप नगर्ने, दुई तिहाइको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएकोमा पश्चताप नगर्नेलाई एमालेमा प्रवेश नगराउनेसमेत बताएका छन् ।
अध्यक्ष ओलीले भने, ‘कुनै हिसाबले कुनै समयमा गल्ती भयो भने त्यसमा महसुस गरेर अघि बढ्ने हो । कतिपय तत्वहरूसँग हाम्रो एकता हुँदैन र उनीहरूले प्रवेश पाउँदैनन् । किनभने उनीहरूलाई दुई तिहाइको पार्टी फोडेकोमा, पार्टी कमजोर बनाएकोमा, दुई तिहाइको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएकोमा कुनै पश्चताप छैन, गल्ती भयो भन्नेसम्म पनि छैन, त्यस्ता मानिसलाई पार्टीमा प्रवेश हुँदैन । गल्ती महसुस गर्नेलाई पार्टीमा प्रवेश हुन्छ । अहिले पार्टी प्रवेशको लहर अत्यन्तै गतिका साथ, तिब्रताका साथ रहेको छ ।’
प्रभु साह नेतृत्वको आम जनता पार्टीका उपमहासचिव एवं पूर्वप्रदेश सांसद कुन्दन कुशवाहा, केन्द्रीय सदस्य अरविन्दकुमार यादव, सञ्जयकुमार शाह, सरफलाल महतो, दीपककुमार दुवे, सुरेन्द्रप्रसाद चौधरीलगायत व्यक्तिहरु एमालेमा प्रवेश गरेका छन् ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
- २ सरकार–निजी क्षेत्र सहकार्यबाटै आर्थिक रूपान्तरण सम्भव : अर्थमन्त्री वाग्ले
- ३ फ्रान्समा डढेलोको कहर : आगजनी र लापरवाहीको आरोपमा ४२० जना पक्राउ
- ४ भव्यताकासाथ मनाइयो राष्ट्रिय विभूति वडाकाजी अमरसिंह थापाको २१०औँ स्मृति दिवस
- ५ कांग्रेस संस्थापनइतर पक्षद्वारा महाधिवेशनसहित सबै निर्णय यथास्थितिमा राख्न माग
- ६ आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
- ७ रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने

तपाईको प्रतिक्रिया दिनुहोस