पार्टीमा हराउन लाग्नेले कहिल्यै पनि जित्दैन – पूर्वमन्त्री बस्नेत
काभ्रे/ ६ असाेज, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले नेपाली कांग्रेसकै संगठनमा बसेर नेपाली कांग्रेसलाई हराउन लाग्नेले कहिल्यै पनि नजित्ने बताउनुभएकाे छ। काभ्रेपलाञ्चोकको धुलिखेलमा निर्माण गरिएको महामानव बिपी कोइरालाको प्रतिमा अनावरण समारोहलाई शनिबार सम्बोधन गर्नुहुँदै बस्नेतले पार्टीको सैद्धान्तिक र बैचारिक कुरा हेरेर मात्रै जनताले भाेट नहाल्ने धारणा राख्नुहुँदै उहाँले पार्टीका नेताहरुले जनताकाे दैनिक समस्या बुझेर त्यसकाे समस्या समाधान गर्दै जनमत हासिल गर्न लाग्नुपर्ने बताउनुभएको हाे।
“याे मञ्चमा हुने नेताहरु एकजुट हुने हाे भने कसैले पनि हराउन सक्दैन, एउटाले अर्कोलाई हराउन लाग्दा कसैले पनि जित्दैन, जनताकाे दैनिक समस्या के हाे, बाटाेघाटाे हाे कि? सिँचाइकाे समस्या हाे कि? खानेपानी हाे की? राेजगारीकाे हाे कि? शिक्षाकाे समस्या हाे कि? यसका लागि नेपाली कांग्रेसले अहम् भूमिका निर्वाह गर्नुपर्छ।” बस्नेतले भन्नुभयो, “हामीले संविधानमा शिक्षा र स्वास्थ्य जनताको माैलिक हक भनेका छाैं, निशुल्क भनेका छाैं, तर शुल्क तिर्न नसकेर विद्यार्थीले आत्महत्या गर्नुपर्ने स्थिति छ, उपचार गर्न नपाएर अस्पतालकाे बेडबाट आत्महत्या गर्नुपर्ने स्थिति छ, नेपाली कांग्रेसले १२ कक्षासम्म सबै नेपाली जनताले निशुल्क पढ्न पाउनुपर्छ भनेकाे छ, नेपाली कांग्रेसले जितेका सिन्धुपाल्चोकका तीनवटा पालिकाबाट याे सुरु भएको छ, अब यसलाई देशैभर कार्यान्वयनमा लैजानुपर्छ ।”
बस्नेतले बिपी कोइरालाको समाजवादको सिद्धान्त अनुसार अस्पतालमा दश प्रतिशत बेड छुट्याउन लगाई गरिब तथा निमुखा वर्गका लागि निःशुल्क उपचारको व्यवस्था मिलाइएको बताउनुभयो। “अहिले सबैखालका अस्पतालहरुले दस प्रतिशत बेड गरिब विपन्नहरुका लागि निशुल्क गरेको छ। याे नेपाली कांग्रेसकाे पालमा लागू भएको छ, के के गर्दा जनताको हीत हुन सक्छ! त्याे कुरा प्राथमिकतामा राखेर गराैं ” उहाँले भन्नुभयो ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ खोलाको मापदण्ड पालना नगरी निजी जग्गामा सडक निर्माण गरिएको भन्दै अख्तियारमा उजुरी
- २ भव्यताकासाथ मनाइयो राष्ट्रिय विभूति वडाकाजी अमरसिंह थापाको २१०औँ स्मृति दिवस
- ३ कप्तानगञ्जसहित तराईका जिल्लामा देखिएको तनावप्रति उद्योग वाणिज्य महासंघको चिन्ता, शान्ति कायम गर्न आग्रह
- ४ त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले पायो पूर्णता, चार सदस्य नियुक्त
- ५ सामाजिक सद्भाव जोगाऔँ, विभाजनको राजनीति असफल बनाऔँ
- ६ राष्ट्रपतिद्वारा प्रधानमन्त्री शाहलाई शान्ति, सद्भाव र संयम कायम गर्न आग्रह
- ७ संघीय संसदका तीन समितिको आज बैठक, चिकित्सा शिक्षा ऐन कार्यान्वयनदेखि वार्षिक कार्ययोजनासम्म छलफल

तपाईको प्रतिक्रिया दिनुहोस