Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २२ बिहीबार

    अपडेट
    गृहपृष्ठ ∕ समाचार ∕ पार्टीको निर्णय सच्याउँन युवा नेताको माग

    पार्टीको निर्णय सच्याउँन युवा नेताको माग


    काठमाडौं, २८ फागुन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकटको युवा संघ नेपालमा विवाद भएको छ । संघका इन्चार्ज लक्ष्मण केसीले जारी गरेको बक्तव्य अनुसार रोशन थापा आयोजक समितिका संयोजक तोकिएपछि विवाद भएको हो । समितिमा कुनै छलफल एवं रायसल्लाह बिना गरिएको निर्णय मान्य नहुने उनीहरुले जनाएका छन् ।

    संघका उपमहासचिवद्धय संजिप राइ, निर्भिक खनाल र सचिवद्धय भेषराज शाह र अनिल बोगटीले आज संयुक्त बिज्ञप्ती जारी गर्दै निर्णय सच्याउन माग गरेका छन् ।

    ‘निर्णय नसच्चाए युवा संघ नेपालको विधान, पद्धति र प्रक्रियाको पालना गर्दै युवा आन्दोलन लाई गलत दिशावाट जान रोक्न हाम्रो जिम्मेवारी र जवाफदेहिताको बोधगरी यो गलत आभ्यास र निर्णयका सम्बन्धमा हामि कडा कदम चल्न वाध्य हुने कुरा जानकारी गराउदछौ’ उनीहरुले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

    इन्चार्ज केसीले तोकेको आयोजक समितिमा सहसंयोजक धर्म शाही र सञ्जीव राई छन् । आयोजक समितिलाई पूर्णता दिन थापाकै संयोजकत्वमा कार्यदल पनि बनेको छ । कार्यदलमा संयोजक थापा सहित धर्म शाही, सञ्जीव राई, नरेश गिरी, प्रेम प्रधान र फइन्द्र तामाङ सदस्य छन् ।

    ‘हाम्रो मातृ पार्टी नेकपा ( एकीकृत समाजवादी ) ले मिति २०८१÷ १०÷ १४ गते जारि गरेको अन्तरपार्टी निर्देशन – ४ को बुदा न. ६ बमोजिम युवा संघ नेपालको तत्कालिन नेतृत्व र पदाधिकारीहरु पार्टी केन्द्रिय सदस्य भैसकेकाले युवा संघ वाट बिदा गर्ने र इन्चार्ज लाई संगठनको सम्मेलन लगायतको कामको योजना बनाइ अगाडी बढाउने निर्देशन गरेको छ । तर हिजो इन्चार्ज कमरेडले एकाएक, युवा संघमा बाँकी रहेका पदाधिकारीहरु एवं कार्यालय कमिटिका सदस्यहरु संग कुनै छलफल र बैठक नै नगरी संयोजक, सहसंयोजकहरु र पार्टी केन्द्रिय निकायको जिम्मेवारीमा रहेका कमरेडलाई समेत सदस्य तोकी कार्यदल बनाउने निर्णय गर्नु भएको प्रति हाम्रो घोर आपत्ति रहेको छ,’ जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कालीकोटको गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा बन्द

    कालीकोट — कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा बुधबार बिहान लेदोसहितको

    बडादसैँको साइत सार्वजनिक: असोज २५ गते घटस्थापना, कार्तिक ३ गते…

    काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको बडादसैँका लागि घटस्थापनादेखि विजयादशमी (टीका) सम्मको आधिकारिक साइत र धार्मिक समय

    “साइबर सुरक्षा र प्रविधि बलियो बनाएर अनलाइन मतदानतर्फ अघि बढ्छौँ”…

    काठमाडौँ — निर्वाचन आयोगले नेपालमा अनलाइन मतदान प्रविधि तथा निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको प्रयोगबारे सम्भाव्यता अध्ययन र प्राविधिक प्रदर्शन कार्यक्रम

    दसैँ, तिहार र छठका लागि असोज २३ गतेदेखि सार्वजनिक यातायातको…

    काठमाडौँ — सरकारले आसन्न दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी आगामी असोज २३ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ

    विद्युत् प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन: महसुल भुक्तानी पूर्ण रूपमा विद्युतीय बनाऊ

    काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिजुलीको महसुल भुक्तानीका लागि नागरिकहरू घण्टौँ लाइन बस्नुपर्ने बाध्यता तत्काल अन्त्य गर्न

    वर्षाले कोरला नाका प्रभावित, १५० बढी कन्टेनर रोकिए

    मुस्ताङ । चीनबाट पैठारी गरिएका मालसामान बोकेका १५० भन्दा बढी कन्टेनर कोरलानाकास्थित लोमान्थाङ गाउँपालिका–४ न्हेचुङ भन्सार क्षेत्रमा रोकिएका छन्। भारी

    Techie IT