Techie IT
  • The Film Nepal
  • २०८२ मंसिर २७ शनिबार

    अपडेट
    गृहपृष्ठविश्वपाकिस्तानी विमानका लागि भारतीय हवाई क्षेत्र बन्द

    पाकिस्तानी विमानका लागि भारतीय हवाई क्षेत्र बन्द


    काठमाडौं । भारतले पाकिस्तानी विमानहरूका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार यो बन्द १ मेदेखि २३ मेसम्म लागू हुनेछ । यस सम्बन्धमा बुधबार साँझ एयरपोट्र्स अथोरिटी अफ इण्डिया (एएआई) ले एक नोटम (नोटिस टू एयरमेन) जारी गरेको छ ।नोटाम एक प्रकारको औपचारिक सूचना हो, जसमा नागरिक उड्डयन प्राधिकरणले हवाई क्षेत्र, विमानस्थल, नेभिगेसन प्रणाली, वा उडान सुरक्षासँग सम्बन्धित कुनै अस्थायी परिवर्तन, प्रतिबन्ध, जोखिम वा कार्यहरू बारे पाइलटहरू, एयरलाइन्स र एयर ट्राफिक कन्ट्रोललाई जानकारी गराउने गरिन्छ।भारत र पाकिस्तानबीच सीधा उडान छैन । पाकिस्तानी एअरलाइन्सहरूले सिङ्गापुर, मलेशिया र अन्य पूर्वी एशियाली देशहरूमा उडानका भारतीय हवाई क्षेत्र प्रयोग गर्छन् ।अप्रिल २२ मा पहलगाम आक्रमण भएको एक दिनपछि भारतले पाकिस्तानविरुद्ध धेरै कदम चालेको छ । यसमा सिन्धु जल सन्धि निलम्बन गर्ने, अटारीमा रहेको एकमात्र सञ्चालनयोग्य भूमि सीमा नाका बन्द गर्ने र कूटनीतिक सम्बन्धलाई घटाउने समावेश छ ।

    यसको जवाफमा पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्दै तेस्रो देशमार्फत् भारतसँगको सबै व्यापार सम्बन्ध निलम्बित गरेको थियो ।सिन्धु जल सम्झौतालाई लिएर पाकिस्तानले यदि पानी रोकियो भने त्यसलाई युद्धको सुरुवात मानिने चेतावनी दिएको छ ।

     सिन्धु जल सन्धिको बारेमा पाकिस्तानले भनेको छ कि यदि पानी रोक्ने वा मोड्ने कुनै प्रयास गरियो भने यसलाई ‘युद्धको घोषणा’ मानिनेछ।



    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    इन्डोनेसियामा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ५०२

    काठमाडौं। इन्डोनेसियामा चक्रवाती तुफानका कारण भएको अत्यधिक वर्षामा परी हालसम्म मृत्यु हुनेको संख्या ५०२ पुगेको छ ।‘चक्रवात सेन्यार’ तुफानका कारण इन्डोनेसियामा विनाशकारी बाढीपहिरोमा

    श्रीलंकामा आँधीबाट १५९ जनाको मृत्यु,ठूलो विनाश

    काठमाडौं । श्रीलंकामा ‘दित्वा’ आँधीबाट १५९ जनाको मृत्यु भएको विभागका महानिर्देशक सम्पत कुतोवेगोदाले भएका बताएका छन् ।आँधीपछिको विपद्‌मा १२० हजारभन्दा बढी

    बंगलादेशमा ठूलो बस्तीमा आगलागी : १५ सय घर जले

    काठमाडौं।बंगलादेशको राजधानी ढाकाको सबैभन्दा ठूलो बस्ती कोराइलमा मंगलबार साँझ आगलागी भएको छ ।१,५०० भन्दा बढी घरहरू जलेर नष्ट भएको भारतीय

    हङकङ आगलागीमा मृत्यु हुनेको संख्या ९४ पुग्यो, ७६ जना घाइते

    काठमाडौं । हङकङमा बुधबार राति लागेको भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या ९४ पुगेको छ । केही मानिसहरुको अवस्था अझै

    भियतनाममा भीषण बाढीमा परी ३५ जनाको मृत्यू

    काठमाडौं।भियतनाममा अविरलको भारी वर्षा र बाढीका कारण भियतनाममा कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।अन्य पाँच जना अझै बेपत्ता छन्

    इजरायली सेनाद्वारा विपिन जोशी जीवित नरहेको परिवारलाई जानकारी

    काठमाडौं ।  इजराययली सेनाले (आइडिएफ)ले हमासले वेपत्ता बनाएका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको जनाएको छ ।इजरायलका लागि नेपाली राजदुत

    Techie IT