पहिरो हटाइयो,मुग्लिन -नारायणगढ सडक सञ्चालनमा
चितवन। मुग्लिङ–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकास्थित तुइन खोला पुलनजिकै पहिरो खस्दा दुई दिनअघिदेखि सडक अवरुद्ध भएको थियो ।
त्यहाँ खसेको पहिरो पूर्ण रूपमा हटाई बिहीबार राति साढे १० बजे देखि यातायात आवागमन दुईतर्फी सञ्चालन गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
ठूलो पहिरो गएपछि मंगलबार दिउँसोदेखि सो सडकखण्ड अवरुद्ध भएको थियो । सडकमा थुप्रिएको पहिरोको परिमाण १२ देखि १४ हजार घनमिटर रहेको अनुमान गरिएको थियो ।
साँझ फ्लडलाइट जडान गरेर पहिरो पन्छाइएको हो । सडक सञ्चालन भएसँगै अलपत्र परेर रोकिएका सयौँ सवारीसाधनहरू चलेका छन्।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ स्पेनलाई रोक्दै केप भेर्डेको ऐतिहासिक सफलता, गोलरक्षक भोजिन्हाको भावुक प्रतिक्रिया
- २ पूर्व राष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ राखेप उपाध्यक्ष नियुक्त
- ३ इरानद्वारा होर्मुज जलमार्ग बन्द गर्ने घोषणा, अमेरिका–इरान तनाव थप चर्कियो
- ४ परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा प्रस्थान गर्दै
- ५ फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै
- ६ नेप्सेमा सामान्य गिरावट, ४ अंक घट्दा कारोबार ४ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी
- ७ राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा

तपाईको प्रतिक्रिया दिनुहोस