Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २५ सोमबार

    अपडेट
    गृहपृष्ठराष्ट्रियपर्यावरण असन्तुलनको प्रभाव, मानव अस्तित्वमा चुनौती

    पर्यावरण असन्तुलनको प्रभाव, मानव अस्तित्वमा चुनौती


    काठमाडौं/ २० कातिक, गृहमन्त्री रमेश लेखकले पर्यावरण असन्तुलनका कारण प्राकृतिक प्रकोपका घटना वृद्धि हुँदै जाँदा समग्र मानव जीवन नै जोखिममा पर्दै गएको बताउनुभएको छ ।
    नेपाल अणुव्रत समिति काठमाडौँले सोमबार आयोजना गरेको ‘पर्यावरण संरक्षणमा सहायक अणुव्रत’ विषयक गोष्ठीलाई सम्बोधन गर्नुहुँदै मन्त्री लेखकले प्रकृतिमाथिको दोहनका कारण समग्र पृथ्वीको अस्तित्वमाथि नै खतरा सिर्जना भएकाले यसलाई समयमा नै रोक्न नसके मानव जातिकै अस्तित्व खतरामा पर्ने बताउनुभयो । मन्त्री लेखकले भन्नुभयो, “पर्यावरणको असन्तुलनका कारण सेता हिमाल क्रमशः काला पहाडमा रूपान्तरण हुँदै गएका छन्, जसले समग्र इकोसिस्टमलाई नै प्रभावित पारेको छ । यसलाई समयमा नै रोक्न नसके मानव जातिकै अस्तित्व खतरामा पर्न सक्छ ।”
    पर्यावरणको दोहन गर्नेभन्दा नगर्ने नै बढी प्राकृतिक विपत्तिको सिकार बन्नु परेको बताउँदै उहाँले कतै अत्यधिक वर्षा हुने र कतै सुक्खा रहने जस्ता घटना वृद्धि भई ठुलो जनधनको क्षति हुने गरेको र असोज दोस्रो साता नेपालले भोग्नु परेको विपत्ति पछिल्लो एक उदाहरण रहेको बताउनुभयो ।
    नेपालको संविधानले समग्र भूभागको कम्तीमा ४० प्रतिशत जङ्गल क्षेत्र कायम गर्ने प्रतिबद्धता व्यक्त गरेको स्मरण गर्दै मन्त्री लेखकले पर्यावरण संरक्षणमा ढिलाइ नगर्न विश्व समुदायलाई आग्रहसमेत गर्नुभयो । पर्यावरण संरक्षणमा जैन दर्शनले पु¥याएको योगदानको चर्चा गर्दै मन्त्री लेखकले ‘रुख रोपौँ, प्रकृतिको दोहन नगरौँ’ भन्ने महावीर जैनको मूल आदर्श विश्वभर फैलाउन सके पर्यावरण संरक्षणमा ठुलो योगदान पुग्ने धारणा व्यक्त गर्नुभयो ।
    सो अवसरमा जैन समाजका अग्रज किशनलाल दुगडले विश्व समुदायमा देखिएको द्वन्द्व र विवादको प्रत्यक्ष असर पर्यावरण क्षेत्रमा परेको र त्यसको सबैभन्दा ठुलो सिकार अल्पविकसित विकासोन्मुख राष्ट्रका जनताले भोग्नु परेको बताउनुभयो । राष्ट्रिय मारवाडी परिषद्का अध्यक्ष पवन मित्तलले झन्डै दुई सय वर्षअघि भारतको राजस्थान र हरियाणाबाट बसाइँसराइ गरी नेपालमा बसोबास गर्दै आएको मारवाडी तथा जैन समुदायले मुलुकको आर्थिक विकास र सामाजिक क्षेत्रमा पु¥याएको योगदानलाई बेला बेला गलत प्रचार र अवमूल्यन गर्ने गरिएकोप्रति दुःख व्यक्त गर्दै उहाँले अहिंसा, इमानदारिता, शालीनता, झुटो नबोल्ने मूल आदर्शबाट विचलित नहुन मारवाडी समुदायलाई आग्रहसमेत गर्नुभयो ।
    कार्यक्रमका प्रोफेसर डाक्टर जगदीशप्रसाद अग्रवालले विज्ञानले आविष्कार गरेका औषधीभन्दा आध्यात्मिक आचरणले मानिसलाई शुद्ध र निरोगी बनाउने बताउनुभयो । संयोजक फूलकुमार लालवानीले मारवाडी समुदाय अणुव्रतका सच्चा साधक रहेकाले जुनसुकै पेसामा सफल हुने गरेको बताउनुभयो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने

    काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। रास्वपाका सहमहामन्त्री

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला

    कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह जंगलमा मृत अवस्थामा फेला परेका छन्। गत शुक्रबार दिउँसोदेखि सम्पर्कविहीन रहेका सिंहको शव

    आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम

    काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा

    परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति : परराष्ट्रमन्त्री खनाल

    ललितपुर । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन्। ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः

    महाङ्काल मन्दिरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न, महानगरद्वारा उद्घाटन

    काठमाडौं । काठमाडौं महानगरपालिकाले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त महाङ्काल मन्दिर परिसरको ऐतिहासिक चौघेरा सत्तलको पुनःनिर्माण सम्पन्न गरेको छ। करिब ८

    राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङको माफी : ‘मेरो भाषा अलि…

    काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा आफ्नो अभिव्यक्ति रुखो तथा ठाडो हुन पुगेको स्वीकार गर्दै सांसदहरूसँग माफी मागेका

    Techie IT