पर्यटन प्रवर्द्धन गर्न बृहत् हतुवागढी महोत्सव
भोजपुर/ ३० असोज, स्थानीय जातजातिको संस्कार र संस्कृतिको प्रचारप्रसारका साथै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कात्तिक ३ देखि १७ गतेसम्म बृहत् हतुवागढी महोत्सव हुने भएको छ।
हतुवागढी गाउँपालिका तथा जिल्ला उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने महोत्सवका लागि गाउँपालिकाले रु. तीस लाख बजेट विनियोजन गरिएको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिनुभयो ।
महोत्सवका क्रममा एक सय ५३ मिटर उचाइमा रहेको जिल्लाको सबैभन्दा होचो स्थल माइबेनीबाट एक हजार आठ सय ६५ मिटर उचाइ रहेको सङखाम जोरआहाल हुँदै घोडेटार बजारसम्म २६ किलोमिटर दौड प्रतियोगिता हुनेछ ।
कृषिका साथै मारुनी, स्यामुना सिली, लाखे, हुर्रा, डम्फु नाच र वाद्यवादन यन्त्रको प्रदर्शनी हुने जानकारी अध्यक्ष राईले दिनुभयो ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ स्पेनलाई रोक्दै केप भेर्डेको ऐतिहासिक सफलता, गोलरक्षक भोजिन्हाको भावुक प्रतिक्रिया
- २ पूर्व राष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ राखेप उपाध्यक्ष नियुक्त
- ३ इरानद्वारा होर्मुज जलमार्ग बन्द गर्ने घोषणा, अमेरिका–इरान तनाव थप चर्कियो
- ४ परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा प्रस्थान गर्दै
- ५ फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै
- ६ नेप्सेमा सामान्य गिरावट, ४ अंक घट्दा कारोबार ४ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी
- ७ राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा

तपाईको प्रतिक्रिया दिनुहोस