Techie IT
  • The Film Nepal
  • २०८२ पुष ३० बुधबार

    गृहपृष्ठअन्तर्वार्तापर्यटन क्षेत्रमा ३० वर्ष बिताएका पाण्डेको विकासका लागि टान हाँक्ने चाहना

    पर्यटन क्षेत्रमा ३० वर्ष बिताएका पाण्डेको विकासका लागि टान हाँक्ने चाहना


    ट्रेकिङ व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) को वार्षिक साधारण सभा आगामी भदौ १७ गते हुँदैछ । दुई वर्षको कार्यकालका लागि नयाँ कार्यसमितिसमेत चुनिने भएकाले नेतृत्वका लागि रस्साकस्सी सुरु भइसकेको छ । ट्रेकिङ व्यवसायमा लामो समय याेगदान गर्नुभएका हिमालयन ग्लासियर ट्रेकिङ , ठमेल काठमाडौका प्रबन्ध निर्देशक सागरराज पाण्डेले आगामी कार्यकालका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गराइसक्नु भएको  छ। उहाँको अनुभवमा पर्यटन क्षेत्रले जुन गतिमा फड्को मार्नुपर्ने हो त्यो हुन नसक्दा नेपालको पर्यटन सम्भावना भएर पनि शिथिल भइरहेको छ । गाेरखामा जन्मिए आफ्नाे पेशा र व्यवसायमा ख्याति कमाउनु भएका पाण्डेसंग टानको आगामी निर्वाचन र ट्रेकिङ व्यवसायमा आधारित रहेर मुग्लान न्युजका समाचार प्रमुख हरिशरण तिमिल्सिनाले कुराकानी गर्नुभएको थियाे, साेही कुराकानीमा आधारित रहेर तयार पारिएको वार्ताकाे सम्पादित अंश यहाँ प्रस्तुत छ:

    आफ्नो पृष्ठभूमिका बारेमा केही बताइदिनुस् न?

    गोरखाको भीमसेन गाउँपालिका ६ अस्राङ मेराे घर हाे, पाण्डे परिवारको कान्छो सदस्य हुँ, हाल काठमाडौँ बस्छु, ३० वर्षदेखि निरन्तर पर्यटक क्षेत्रमा सक्रिय छु । काठमाडौँमा २०२८ सालमा जन्मिएर बाल्यकाल गोरखामा बिताएँ, साइन्सको विद्यार्थी भएर पनि पर्यटक क्षेत्रमा लागेको ३ दशक बितेको छ।यसपाली टानको नेतृत्व गरेर पर्यटन क्षेत्रको विकासमा लाग्ने सोच छ । निरन्तरताका लागि पद ओगट्ने नभई साँच्चै केही गरेर देखाउने अठोट मसंग छ।
    महान्यायाधिवक्ताको कार्यालमया खरदार  भएकाले बुबा काठमाडौँमा बस्नुहुन्थ्यो । त्यस बेला मेरो जन्म काठमाडौँमै भयो । मेरा ३ दिदी छन् । विसं २०३३ सालतिर छुट्टाभिन्न भएपछि आमा गोरखा फर्कनुपर्ने भयो । काखे बालख म आमासँगै गाेरखा पुगेँ । सात कक्षासम्म अस्राङको चण्डी निमाविमा पढ्ने अवसर मिल्यो । त्यतिबेला बोर्लांडमा प्रस्तावित मावि बनेको थियो तर म गोरखा सदरमुकाम पोखरीथोकमा रहेको शक्ति माध्यामिक विद्यालयमा ८ कक्षा भर्ना भएँ । डेरा लिएर ३ वर्ष त्यहाँ पढेपछि २०४४ सालमा पहिलो डिभिजनमा पास भएँ। त्यसपछि अमृत साइन्स कलेज काठमाडौँमा २०४५ सालमा भर्ना <भएँ।
    त्यही बेला आमा विरामी हुनुहुन्थ्यो, तर पनि मैले आइएससी सकेँ । फिजिक्स पढेकाले इन्जिनियरतर्फ जाने चाहना भएकाले जियाेलोजी भर्ना हुन त्रिचन्द्र गएर २०४९ सालमा विएससी सकेँ ।

    कसरी पर्यटन क्षेत्रमा लाग्नुभयो ?
    त्रिचन्द्रबाट २०४९ सालमा विएससी सकेपछि थप पढ्न कि भारत की अमेरिका जानुपर्ने अवस्था आयो । त्यो बेला नेपालमा त्यो एड्भान्स कोर्स आइसकेको थिएन । थप पढ्न सक्ने अवस्था रहेन, साइन्स पढेको भए पनि आफूसँग ट्रेकिङ सम्बन्धि ज्ञान थियो, ज्ञान भएको क्षेत्रमा नै काम गर्ने हाे भन्ने लाग्याे, त्यही कारण म पर्यटक क्षेत्रसँग जोडिएँ । अनुभव नहुँदानहुँदै जोडिँदा मसँग दुई कुराको ज्ञान भने थियो । एउटा पढाइ साइन्स परेको र अर्को ट्रेकिङ रुटको बारेमा भौगोलिक अवस्था बारे पढाइकै सिलसिलामा जानकारी लिएकाे, त्यसैले समस्या भएन । कहाँ कति हाइट, कहाँ डाँडा, कहाँ खोला छ? भन्ने कुरा मलाई सजिलै थाहा भयो ।

    सुरुका दिन कसरी अगाडि बढे त?

    शुरुमा काम गर्दागर्दै पर्यटन व्यवसायीकै रुपमा प्रवेश भयो । साझेदारीमा ३ वर्ष काम गरियाे । त्यसपछि साथीहरुसँग स्वभाव मिलेन । संस्थागत विकास भए दीगो हुन्छ भन्ने चाहना मेराेको थियो । त्यसपछि सन् १९९८ मा हिमालयन ग्लासियर ट्रेकिङ भनेर शुरु गरेँ । व्यापार सम्बन्ध बनाउँदै अघि बढ्दा २००३ मा होटल इन्काउन्टर खोल्न सफल भएँ।मान्छेलाई खाने र बस्ने त अपरिहार्य हो, चाहे महँगोमा या सस्तोमा खाओस्, सुतोस् भन्ने सोचले मैले होटलमा प्रवेश गरेकाे हुँ । फुपुको छोराले पनि पर्यटन र एकाउन्टेन्ट पढेको हुनाले उसँगै कम्पनी चन्दै आयो । होटल र हस्पिटालिटीको विकास गरेर सेवा दिन थालेकाे पनि अहिले २४ वर्ष भइसकेको छ।

    अहिलेकाे अवस्था कस्तो छ?
    कोभिडपछि मान्छे निरास थिए । पर्यटन क्षेत्रमा लगानी ठिक होइन भन्नेमा थिए । अवसरहरु क्राइसिसमै हुन्छ भन्ने  मलाई लाग्याे, हामीले देख्ने या नदेख्ने भन्ने चाहिँ ठुलो हो, सोचाई फरक हुनसक्छ, तर हामीले केही गर्न सकिन्छ भन्ने सोचपछि ठमेलमा पुरानो बिजनेश थियो । म्यानेजमेन्ट हुन सकेको थिएन मैले  टेकअप गरेर काठमाडौँ ग्रिल रेष्टुरेन्ट एण्ड वाइन बार भनेर फष्ट क्लासको रेष्टुरेन्ट शुरु गरेको हुँ। त्यसमा कोठाहरु पनि १५, १६ वटा छ । यसरी हेर्दा मैले ३० वर्ष पर्यटन क्षेत्रमा बिताइसकेकाे छु।

    टान नेतृत्वमा दावी किन ?
    अहिले चुनावको कुरा हेर्दा ट्रेकिङ व्यवसायीहरको छाता संगठन हो टान । १५ सय जति सक्रिय सदस्यहरु नै भएको संस्था हो । यी संस्थाहरुको हकहितका लागि सबै व्यवसायीको साझा आवश्यकता र समस्यालाई कसरी आफ्नो तर्फबाट र राज्यसँग जोडिएका प्रश्नको समाधान गर्न सकिन्छ भन्नका लागि संस्था खुलेको हो । समय जसरी परिवर्तन भएको छ, व्यापारको मोडालिटी, उपभोक्ताको बानी बेहोरा रुचि, ट्राभल गर्ने तरिकाहरु परिवर्तन भएको छ । नेपालमा नीतिहरु समय सापेक्ष परिवर्तन नहुँदा समअनुकुल प्रतिफल दिने अवस्था रहेको छैन ।
    अर्को मैले विगतमा सन् २०१३–१५ को महासचिव भएर काम गरिसकेकाे छु । सन् २०१५ को अध्यक्षको प्रतिष्पर्धी पनि थिएँ । पछिल्लो सममयमा उद्योगको एक हिसाबले गार्जेनसिपमा आइसकेको हुनाले आफूले प्राप्त गरेको ज्ञान सीप र अनुभवका कारण नेतृत्वमा जाउँ भन्ने सोच पलाएको हाे ।

    टानकाे नेतृत्वमा विगतकाे जस्तै तपाईंको पनि निरन्तरताका लागि मात्रै हाे ?
    धेरै उद्योगीहरुको भनाइमा अहिलेसम्म हेर्दा टानको नेतृत्वको निरन्तरता मात्रै भयो भन्ने आइरहेको पनि छ । मेरो व्यक्तिगत रुपमा टानका पूर्वअध्यक्षहरुले केही पनि गर्नुभएन भन्ने होइन । तर पछिल्लो समयमा राज्यले पनि आर्थिक अवस्थालाई माथि लैजान पर्यटनको विकास गर्नुपर्छ भन्ने अवधारणा पनि जवरजस्त उठेको छ । आम नागरिकले पनि बुझेको अवस्था छ पछिल्लो समयमा नेपाली पनि पर्यटकका रुपमा बाहिर धेरै जाने गरेका छन् । त्यसकारण समय सापेक्ष जुनरुपमा प्रतिफल पाउनुपर्ने हो पाउन नसकिएको अवस्था छ । चुनौती टान एक्लैले सामना गर्न सक्ने होइन। पर्यटन क्षेत्रमा लागेका सबै संघसंस्थालाई एक ठाउँमा ल्याउने र त्यसको नेतृत्व टानले गर्ने अनि समस्या समाधानका लागि राज्यलाई झक्झक्याएर पूरा गर्न राज्यलाई बाध्य पार्ने हाे । त्यसकारण यो चुनावमा समग्र पर्यटन विकास र व्यवसायमा जोडिएका समस्या समाधान गर्न ढिला गर्न हुँदैन ।
    पर्यटनको विकासमा के गर्नु पर्छ?
    एउटा त राष्ट्रिय एयरलाइन्सलाई सुधार गर्नैपर्छ, कुनै पनि पर्यटन विकासको आधारभूत विषय भनेको त्यो देशको राष्ट्रिय एयरलाइन्स हो । नेपालको सन्दर्भमा नेपाल एयरलाइन्स हो । आज हाम्रो एयसलाइन्को अवस्था के छ ? नयाँ मन्त्री आयो एयरलाईन्सले यति फाइदा गर्यो । यो स्थापना एक दुई अर्ब फाइदाका लागि हो की समग्र पर्यटन विकासका लागि अघि बढाउन भएको हो । भने आज स्थापना ५० वर्ष बढी भइसकेको छ । विकास राम्ररी हुन सकेको छैन । त्यसैले यसको विकास नभई पर्यटन विकास सम्भव छैन । अर्काे राज्यको पनि समस्या हो । हामी हतियार उत्पादन गर्दैनौँ, सफ्वेयर छैन । कृषिमा पराश्रित छौँ सबै हेर्दा राज्य आर्थिक रुपमा पछि परेको छ । त्यसकारण वर्षमा ३० लाख पर्यटक भित्र्याउन के गर्ने भनेर लाग्न जरुरी छ । त्यसका लागि नेपाल एयरलाईन्सको व्यवस्थापमा आमूल परिवर्तन गर्न जरुरी छ । जुन रुपमा एयरलाइन्सको विकास भएको छैन त्यहाँ पक्कै समस्या छ । थाइ र नेपाल एयरलाइन्स एकै समयमा स्थापना भएको हो । थाई कहाँ पुग्यो । त्यसकारण प्राइभेट सेक्टरको राज्यलाई दवाव दिनै जरुरी छ । नेपाल एयरलाईसनको व्यवस्थापन पुनसंरचना गर्न जरुरी रहेको छ ।
    व्यवस्थापन कसरी गर्नुपर्छ?
    विश्वको ख्यातीप्राप्त एयरलइशनको व्यवस्थापनलाई निश्चित वर्षसम्म जिम्मेवारी दिन जरुरी छ । पोखरा, भैरहवा विमानस्थल बन्यो । अन्तरराष्ट्रिय फ्लाइट आएको छैन । भारतले कति बोइङ अर्डर गरेको छ एयरबस मागेको छ । अब न्युयोर्कबाट काठमाडौँमा अवतरण गर्ने बेला हो नि त ! धेरै कुरा छ त्यसैले समय सापेक्ष काम गर्न सकिएको छैन । यी यावत कुराहरु डिल गर्न लिडरसिप प्रमुख कुरा हाे । त्यसका लागि टानकाे नेतृत्व गर्न अध्यक्षकाे उम्मेदवारीमा अहिले आफूलाई उभ्याएको छु । सबै कुरा हेर्दा लिडरसिपको क्षमता भिजन, डिलिङ क्षमता पनि हुन्छ । ती कुरा महत्वपूर्ण हो पदीय जिम्मेवारी मात्रै ठूलो कुार होइन । संस्थालाई समय दिनुपर्ने पनि हुन्छ । यी सबै कुराको व्यवस्थापन गर्दै आफूले यो अभियानमा उभ्याएको छु । साथीहरुले त्यो बुझ्नुभएको छ र स्वविवेक प्रयोग गर्नुहुन्छ भन्ने लागेको छ ।

    नयाँ पुस्तालाई के सुझाव छ ?
    आफ्नो सफलता भनेको परिवार र आफैँ हाे । क्रियाशिलता सिर्जनशिलता नै सफताको कारण हो । असजिलो अवस्थामा नआत्तिने र सफलता प्राप्त गर्दा नमात्तिने स्वभावका पाण्डे सफलताको सुत्र मान्नुहुन्छ । व्यापारमा सबैभन्दा ठूलो कुरा इमान्दारिता हाे । भोली पर्यटन क्षेत्रमा आउने पुस्ताले धेरै कुरामा बिचार गर्नुपर्छ, पर्यटनका धेरै आयाम छन्, पर्यटनको जसरी विकास हुनुपर्ने हो नहुँदा युवा पुस्ता निराश भइसकेका छन्। ती समस्या समाधान गर्न सके ठूलो संख्यामा लाभ पाउने अवस्था रहेको छ, तर अहिले भारत चीनबाट पर्यटक आउने अवस्था धेरै रहेको छ । अब हामीले गर्नुपर्ने दुई कुरा छन् । एउटा प्राकृतिक कुराको संरक्षण गर्दै हस्पिटालिटीको नयाँ आयम खोज्ने र अर्काे कृत्रिम सम्भावनाहरु पनि खोजनुपर्ने हुन्छ । पर्यटकको आआफ्नै चाहना छ । अबको क्रस बोर्डर पर्यटन भनेको हस्पिटालिटी पर्यटन हो। नाइट लाइफ । ४/५ घण्टामा पटनाबाट आइपुग्छ । २ रात बस्छ, घुम्छ, स्टे, बार क्यासिनो गर्छ । न्युयोर्क मान्छे किन जान्छ ? त्यही टाइम्स स्क्वायरको फोटो खिच्न, लिवर्टी आइल्याण्ड घुम्न जाने होइन । अब हाम्रो तराइको त्यत्रो भाग खाली छ । त्यहाँ हामीले सुन्दर टाउनको कल्पना गरौँ त । नमूना बनाऔँ न, पर्यटक आइहाल्छन् नी । अहिलेसम्म प्राकृतिक आफैँमा राम्रो छ । तर सबै त्यसका लागि मात्रै आउँदैनन् । त्यसैले पर्यटक विकासमा नयाँ आयाम छ । राज्यले निजी क्षेत्रलाई लगानी गर्ने वातारण बनाइदिनुपर्छ । नेपालमा जग्गाको मूल्यका कारणले लगानी गर्न गाह्रो छ । न्युयोर्क र यहाँको जग्गा हेर्ने हो भने यहाँ ३ गुण बढी महँगो रहेको छ ।

    पर्यटन क्षेत्रमा सामाजिक सञ्जालकाे भूमिका कस्तो छ?

    अहिले ज्ञान र प्रविधि विश्यव्यापी छ । अब हामीले त्यसबाट लाभ लिने पर्छ । परिवर्तन गर्न गाह्रो छैन । जसरी सामाजिक जीवनमा सोसल मिडिया वा डिजिटल मार्केटको प्रभाव छ । पर्यटन क्षेत्रमा झन् बढी छ । मान्छेको जीवन नै स्मार्ट फममा गैसक्यो । लेख पढ्न पर्यो भने पत्रिका पढ्ने हो समाचारका लागि पत्रिका किन पढ्नुपर्यो । रियल टाइममा समाचार आउँछ । अहिले त एआई आइसक्यो । हामी हिजोकै मोडालिटीमा विजनेश मार्केटिङ गर्छु भनेर त सम्भव हुँदैन ।

    अन्त्यमा भन्नुपर्ने केही छ कि !

    मेराे भनाइ राख्ने अवसर मिलाइदिनु भएकोमा मुग्लान न्युजलाई हार्दिक आभार, मेराे विगत र वर्तमानकाे बिषयमा सबै उजागर नै छ, टानकाे नेतृत्वमा उम्मेदवारी दर्ता गराएकाे छु, नेतृत्वका लागि याेग्य रहेको कुरा कुनै दुई मत छैन, यसका लागि सबै पक्षकाे सहयाेग मिल्नेछ भन्ने विश्वास छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    The Eternal Lure of Gold: From Sacred Metal to Geopolitical…

    The Eternal Lure of Gold: From Sacred Metal to Geopolitical Weapon By _ LAVISH JUNG GURUNG   For millennia, gold

    पार्वण सोह्र श्राद्ध संक्षिप्त परिचय

    काठमाण्डौं/ ३१ भदौ ,आश्विन-कृष्ण प्रतिपदादेखि औंसीसम्म १५ र आश्विनशुक्ल प्रतिपदा तिथिसहित १६ दिनसम्म गरिने श्राद्धलाई नै पार्वण (सोह्र) श्राद्ध भनिन्छ।

    नेपालीहरुमा विदेशी मोह: जनशक्तिसंगै पूँजी पलायन

    काठमाडाैं/ २५ भदौ, पछिल्ला समय नेपालीहरुमा विदेशी मोह बढ्दाे अवस्था रहेको छ । पैसा हुने हाेस् या नहुने हुन्, धनी

    नेपालको सन्दर्भ

    बंगलादेशको आन्दोलनको दौरान नेपालमा पनि बंगलादेशी विद्यार्थीहरुको समर्थनमा केही प्रदर्शनहरु र वक्तव्यबाजीहरु भए । बंगलादेश आन्दोलन सफलतामा पुग्नेवित्तिकै सामाजिक सञ्जालका

    धैर्यता नै सफलताको कडी हो : छिरिङ शेर्पा

    कलाकार, मोडल, हिमाल आरोही तथा आदिवासी चलचित्र महासंघको केन्द्रीय उपाध्यक्ष सफल कलाकार, मोडलिङसँगै सर्वोच्च शिखर सगरमाथा आरोही हुन् छिरिङ शेर्पा

    कुरिलोखेतीबाट एकै याममा ७ लाख नाफा

    नवलपरासी । बर्दघाट सुस्तापूर्व नवलपुरका पदमबहादुर मोक्तानले कुरिलोखेतीबाट एकै याममा सात लाख मुनाफा आर्जन गरेका छन् । मध्यविन्दु नगरपालिका–३ ब्रह्मस्थानमा

    Techie IT