परराष्ट्रमन्त्री देउवा आज बिहीबार स्वदेश फर्किँदै
काठमाडौं/ ६ भदौ, भारतको पाँच दिने भ्रमण पूरा गरी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा बिहीबार स्वदेश फर्किँदै हुनुहुन्छ । अपराह्न ३:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने उहाँको सचिवालयले जनाएको छ।
भारतीय समकक्षी एस. जयशंकरको निम्तोमा उहाँ आइतबार भारत भ्रमणमा निस्कनु भएको थियोे। परराष्ट्रमन्त्री डा. देउवाले प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री जयशंकर र भाजपा विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेलगायतसँग भेटवार्ता गर्नुुभएकाे छ।
भेटका क्रममा नेपाल भारत सम्बन्ध, बहुआयामिक विविधता र द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो। व्यापार, कनेक्टीभिटी, हवाई रुट, विद्युतलगायत विषयमा गम्भीर छलफल भए पनि सीमामा देखिएका समस्याबारे भने कुरा हुन सकेन।
परराष्ट्रमन्त्री डा. देउवालाई प्रधानमन्त्रीसरह नै सम्मान र महत्त्व दिएपछि नेपालको राजनीतिक वृत्तमा निकै चर्चा चुलिएको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
- २ सरकार–निजी क्षेत्र सहकार्यबाटै आर्थिक रूपान्तरण सम्भव : अर्थमन्त्री वाग्ले
- ३ फ्रान्समा डढेलोको कहर : आगजनी र लापरवाहीको आरोपमा ४२० जना पक्राउ
- ४ भव्यताकासाथ मनाइयो राष्ट्रिय विभूति वडाकाजी अमरसिंह थापाको २१०औँ स्मृति दिवस
- ५ आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
- ६ रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने
- ७ कांग्रेस संस्थापनइतर पक्षद्वारा महाधिवेशनसहित सबै निर्णय यथास्थितिमा राख्न माग

तपाईको प्रतिक्रिया दिनुहोस