परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच द्विपक्षीय भेटवार्ता भएको छ ।
भेटका क्रममा नेपाल–अमेरिका सम्बन्ध, हालै भोटेकोसी नदीमा आएको बाढीबाट भएको क्षति तथा त्यसपछिका राहत र पुनर्निर्माणका विषयमा छलफल भएको काठमाडौँस्थित नेपाली नियोगले जनाएको छ ।
मन्त्री खनाल र उपविदेशमन्त्री हुकरबीच बाढी प्रभावित क्षेत्रमा भइरहेको पुनर्निर्माण तथा पुनःस्थापनाका प्रयासमा अमेरिकाले गर्दै आएको सहयोग र आगामी दिनमा निरन्तर सहयोग गर्ने विषयमा समेत कुराकानी भएको थियो ।
भेटमा परराष्ट्रसचिव अमृतबहादुर राई, स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायत उच्च अधिकारीहरूको सहभागिता रहेको थियो ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेपाली कांग्रेसको १५औँ महाधिवेशन : २२ वर्षका युवा महत महाधिवेशन प्रतिनिधिमा निर्वाचित
- २ मेलम्चीमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय उद्घाटन
- ३ सामुदायिक योग समूह गाईजात्रा (इन्द्रजात्रा) विशेष कार्यक्रम मनाइयो
- ४ प्रतिनिधिसभाको बैठक आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा
- ५ म्याग्दीमा पहिरोमा परी ६ जनाको मृत्यु, ३ जना बेपत्ता
- ६ आज देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी
- ७ आजको विदेशी मुद्राको विनिमय दर : डलर १५३ रुपैयाँ ६१ पैसामा बिक्री

तपाईको प्रतिक्रिया दिनुहोस