परराष्ट्रमन्त्री खनालसँग ईयू राजदूत लोरेन्जोको बिदाइ भेट
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि युरोपेली संघ (ईयू) की राजदूत भेरोनिक लोरेन्जोले बिदाइ भेट गरेकी छन् ।
मंगलबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री खनालले नेपाल–युरोपेली संघ सम्बन्धलाई थप सुदृढ बनाउन राजदूत लोरेन्जोले पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी कार्यकालका लागि शुभकामना व्यक्त गरे ।
भेटमा राजदूत लोरेन्जोले नेपालमा आफ्नो कार्यकालका क्रममा सरकार तथा नेपाली जनताबाट प्राप्त सहयोग र सहकार्यप्रति आभार व्यक्त गरिन् ।
राजदूत लोरेन्जोले मंगलबार नै परराष्ट्र सचिव अमृतबहादुर राईसँग पनि बिदाइ भेट गरेकी थिइन् । सचिव राईले नेपाल र युरोपेली संघबीचको साझेदारीलाई थप मजबुत बनाउन राजदूत लोरेन्जोले पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनका लागि शुभकामना दिएका थिए ।
परराष्ट्र मन्त्रालयका अनुसार राजदूत लोरेन्जोले आफ्नो कार्यकालमा प्राप्त सहयोगप्रति नेपाल सरकार र नेपाली जनताप्रति कृतज्ञता व्यक्त गरेकी छन् ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ हिमतालको बढ्दो जोखिम : पूर्वतयारीको आवश्यकता
- २ रसुवा बाढीमा तपाईको आफन्त हराइरहनु भएको छ ? अब khozi.facetagr.com ले सहयोग गर्न सक्छ
- ३ भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ७८८
- ४ ओली र लेखक विरूद्धको जाहेरी प्रहरीले बुझी जाँचबुझ आयोगलाई पठायो
- ५ राज्यबाट सिर्जित सुकुम्बासी : आर्थिक, कृषि तथा भूमिनीतिको यथार्थ
- ६ गोरखाको छेकम्पारमा ठूलो पहिरो, स्यारखोला केही समय थुनियो
- ७ ट्रम्पद्वारा इरानसँगको वार्ता रोक्न निर्देशन, सम्झौताका लागि तेहरान तयार हुनुपर्ने अडान

तपाईको प्रतिक्रिया दिनुहोस