पत्रकार रामचन्द्र खड्कालाई विशेष नागरिक सम्मान–२०८२ द्वारा सम्मानित
काठमाडौँ । सामाजिक रुपान्तरणकालागि नागरिक समाजको १९औं वार्षिकोत्सव तथा पाचौं विशेष नागरिक अवार्ड एवं श्रष्टा सम्मान २०८२ शनिबार काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि रानाले सामाजिक रुपान्तरणको क्षेत्रमा विगत १९ वर्षदेखि अविच्छिन्न रूपमा क्रियाशील नागरिक समाजले सम्मान तथा अवार्ड कार्यक्रममार्फत समाजका विविध क्षेत्रका प्रतिभा, श्रष्टा तथा योगदानकर्तालाई उचित सम्मान प्रदान गर्दै आएको उल्लेख गर्नुभयो। यस्ता महत्वपूर्ण कार्यक्रमहरू राज्यको जिम्मेवारी भएको भन्दै समेत संस्थाले गर्दै आएको प्रभावकारी कार्यको उच्च प्रशंसा गर्नुभयो।
संस्थाका अध्यक्ष याम बहादुर जि.सी.को सभापतित्व तथा पनाह अधिकारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा बरिष्ठ शिक्षाविद् प्रा.डा. चिरञ्जिवी शर्मा, वरिष्ठ व्यवसायी तथा समाजसेवी दिपक मलहोत्रा, वरिष्ठ चिकित्सक डा. सुभास घिमिरे, बीर अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. बद्री रिजाल, जन चेतना समाज परिवर्तन नेपालकी अध्यक्ष मुना निरौला त्रिपाठीलगायतका विशिष्ट व्यक्तित्वहरूको विशिष्ट आतिथ्यता रहेको थियो।
यसै अवसरमा लामो समयदेखि पत्रकारिताको क्षेत्रमा सक्रिय पत्रकार रामचन्द्र खड्कालाई विशेष नागरिक सम्मान–२०८२ द्वारा सम्मानित गरिएको छ। सामाजिक न्याय, जनचेतना अभिवृद्धि तथा तथ्य–सूचना प्रवाहमा खड्काको योगदान उच्च प्रशंसनीय रहेको भन्दै संस्थाले विशेष सम्मानले विभूषित गरेको हो। कार्यक्रममा अध्यक्ष जिसीले सामाजिक रुपान्तरणका लागि नागरिक समाजले आगामी दिनमा अझ प्रभावकारी रूपमा काम गर्दै जाने प्रतिबद्धता व्यक्त गरिएको थियो। संस्थाका सल्लाहकारहरु डा. सुन्दर थापा, श्री मनोहरी कँडेल डा.मनोरदिन सैयद, बाबुकाजी थापा, भवानी पौडेल, लक्ष्मण भण्डारी,याम श्रेष्ठको समुपस्थितिमा समाज डेण्टल हस्पिटल तथा सामाजिक रुपान्तरणका लागि नागरिक समाज बिच स्वास्थ्य शिविर सञ्चालन कार्य सम्झौता समेत गरिएको थियो । आठ बिशिष्ट ब्यक्तित्वहरुलाई संस्थाको मानार्थ सदस्यता वितरण जसमा , बरिष्ठ चिकित्सक डा.सुभास घिमिरे, बरिष्ठ बिमान चालक, क्याप्टेन बिजय लामा, बरिष्ठ ब्यवसायी तथा समाजसेबी, दिपक मलहोत्रा, सामाजिक अभियन्ता तथा कलाकार कलावती श्रेष्ठ, बरिष्ठ पर्यटन ब्यबसायी डा. धनन्जय रेग्मीलाई बिशिष्ठ ब्यक्तित्व सम्मान प्रदान गरिएको थियो ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ The Eternal Lure of Gold: From Sacred Metal to Geopolitical Weapon
- २ जागिरे युवाहरूको पहलमा सुनाकोठीमा सरसफाइ गतिविधि सम्पन्न
- ३ सुनाकोठीमा “प्लास्टिकमुक्त २०४०” गोष्ठी सम्पन्न
- ४ नागढुंगा–नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
- ५ गौरहत्याकाण्डको छानबिन गर्न सर्वोच्चको परमादेश
- ६ जेनजी शहीदको नाम ३ दिनभित्र सबै सीडीओ कार्यालयमा राख्न निर्देशन
- ७ बज्रबाराहीमा हुने पूर्णिमा भजनका लागि भक्तजनबाट आर्थिक सहयोग प्राप्त

तपाईको प्रतिक्रिया दिनुहोस