Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २४ आईतवार

    अपडेट
    गृहपृष्ठअन्तराष्ट्रियन्यूयोर्कमा ओलीसँग मोदीलाई भेट गराउन नेपाली संक्रिय

    न्यूयोर्कमा ओलीसँग मोदीलाई भेट गराउन नेपाली संक्रिय


    काठमाडौं/ १ असोज ,प्रधानमन्त्री केपी ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच संयुक्त राष्ट्रसंघको ७९औं महासभाका क्रममा भेट गराउन नेपाली पक्ष सक्रिय भएको छ ।

    अमेरिकाको न्यूयोर्कमा सुरु भइसकेको महासभामा सहभागी हुन ओली ४ असोजमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ उड्ने तयारीमा छन् । आफ्नो अमेरिका भ्रमण र राष्ट्रसंघ महासभामा सम्बोधन गर्ने एजेण्डाबारे ओलीले सोमबार प्रतिनिधिसभा बैठकलाई जानकारी गराएका थिए ।

    आगामी साताको बिहीबार (२२ सेप्टेम्बर) न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले आयोजना गर्ने ‘समिट अफ द फ्युचर’ का अवसरमा ओली–मोदी भेटको चाँजो मिलाउन नेपालले भारतीय अधिकारीहरुलाई आग्रह गरेको छ ।

    राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले भारतका स्थायी प्रतिनिधि पार्वथनेनी हरिशसँग गत साता न्यूयोर्कमा भेटेका थिए । भेटको उद्धेश्य ओली–मोदी भेट गराउने प्रयास रहेको परराष्ट्र मन्त्रालय श्रोतले जनाएको छ । त्यस क्रममा थापाले ओली र मोदीको भेटका लागि वातावरण बनाइदिन हरिसलाई आग्रह गरेका थिए । यद्यपि हरिसले स्पष्ट जवाफ दिएका छैनन् ।

    मोदी २१ सेप्टेम्बरमा अमेरिकी राष्ट्रपति जो बाइडेनको गृहनगर डेलावेयरमा हुने चतुर्पक्षीय सुरक्षा संवाद शिखर सम्मेलनमा सहभागी भएर २२ सेप्टेम्बरमा न्यूयोर्क पुग्ने तालिका छ ।

    ओलीले यसअघि पनि भारत भ्रमणमा बोलाउन काठमाण्डु आएका विदेशमन्त्री एस जयशंकरमार्फत मोदीलाई खबर पठाएका थिए । तर, मोदीले ओलीलाई नभई परराष्ट्रमन्त्री आरजु राणा देउवालाई बोलाए ।

    विगतदेखि नै ओलीले दिने भारतविरोधी अभिव्यक्तिका कारण ओली–मोदी सम्बन्ध राम्रो छैन । सोमबार प्रतिनिधिसभामा बोल्दै ओलीले नेपाल छुद्र र जाली छिमेकी होइन, असल छिमेकी र छिमेकीको हित चिताउने छिमेकीको पक्षमा रहेको बताएका थिए ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम

    काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा

    परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति : परराष्ट्रमन्त्री खनाल

    ललितपुर । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन्। ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः

    महाङ्काल मन्दिरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न, महानगरद्वारा उद्घाटन

    काठमाडौं । काठमाडौं महानगरपालिकाले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त महाङ्काल मन्दिर परिसरको ऐतिहासिक चौघेरा सत्तलको पुनःनिर्माण सम्पन्न गरेको छ। करिब ८

    राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङको माफी : ‘मेरो भाषा अलि…

    काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा आफ्नो अभिव्यक्ति रुखो तथा ठाडो हुन पुगेको स्वीकार गर्दै सांसदहरूसँग माफी मागेका

    रौतहटमा पेट्रोल ट्याङ्कर पल्टिएपछि आगलागी, मानवीय क्षति भएन

    रौतहट ।  रौतहटको चन्द्रपुर नगरपालिका–४ धन्सार पुलस्थित महेन्द्र राजमार्गमा पेट्रोल बोकेको ट्याङ्कर पल्टिएपछि लागेको आगो सशस्त्र प्रहरी, नेपाल प्रहरी र

    काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं सेवा निवृत्त, महानगरद्वारा सम्मानसहित…

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आजदेखि अनिवार्य अवकाशमा गएका छन्। उमेर हदका कारण सेवा निवृत्त भएका

    Techie IT