Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २९ शुक्रबार

    अपडेट
    गृहपृष्ठसमाचारन्याय माग्न मिटरब्याजपीडितहरु फेरि आए काठमाडौँ

    न्याय माग्न मिटरब्याजपीडितहरु फेरि आए काठमाडौँ


    काठमाडौँ । तराई-मधेशलगायत विभिन्न जिल्लाबाट खानेकुरा बोकेर पैदल आएका मिटरव्याज र लघुवित्तपीडितहरूले सिंहदरबारअगाडि प्रदर्शन गर्ने भएका छन् । हाल थानकोटको खुल्ला चौरमा चुलोचौको थापेर बसेका उनीहरू माग पूरा नभएसम्म घर नफर्किने अडानमा छन् ।
    तीन वर्षदेखि आन्दोलन गरिरहेको भए पनि मागको सुनुवाइ नभएकाले संघीय राजधानी काठमाडौँ आउन बाध्य भएको पीडितहरुको गुनासो छ । उनीहरूले लघुवित्त र वित्तीय संस्थालाई सामन्तीको संज्ञा दिँदै खारेज गर्न, सामूहिक ऋण मिनाहा गर्न पनि माग गरेका छन् । मिटर व्याज र लघुवित्तले जग्गाजमिन नै लिलाम गर्ने अवस्था आएकाले बाध्य भएर आफूहरु न्याय माग्न काठमाडौं आएको पीडितहरुको भनाइ छ ।
    गएको चैत्र महिनामा पैदलयात्रा गर्दै काठमाडौं आएर पीडितहरूले धर्ना दिएपछि सरकारले विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा मिटरब्याजपीडित जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले प्रतिवेदन बुझाइसके पनि समस्या समाधान हुन नसकेपछि पीडितहरु पुनः आन्दोलनमा जुटेका हुन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो

    काठमाडौं ।  सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।

    सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष सञ्चालन

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सुलभ मूल्यको खाद्य बिक्री

    समाचार प्रकाशनको विषयमा सम्पादक पक्राउ, प्रेस स्वतन्त्रतामाथि बहस

    काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठ समाचार प्रकाशनको विषयलाई लिएर पक्राउ परेपछि प्रेस स्वतन्त्रता र

    एमालेद्धारा लोकतन्त्रमाथि नै हस्तक्षेप भएपछि न्याय माग्दै निर्वाचित जनप्रतिनिधि सर्वोच्च…

    काठमाडौं, २७ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को घरझगडा सर्वोच्च अदालतसम्म पुगेको छ । पार्टीभित्रको गुटगत आक्रोश पोख्न एमालेबाट निर्वाचित

    सरकार बदलियो तर देशको सिच्युएशन बदलिएन : प्रभु साह

    रौतहट, ९ साउन । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपा नेतृत्वको सरकारले मुलुकलाई सही तवरले नेतृत्व

    रोल्पामा पहिरो : दुई जनाको मृत्यु, दुई घाइते, १० जना…

    रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५, कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

    Techie IT