न्याय परिषद् नियमावली २०७४ खारेज गर्न नेपाल बारको माग
काठमाडौं। नेपाल बार एशोसिएशनले न्याय परिषद् नियमावली, २०७४मा गरिएको पहिलो संशोधन खारेज गर्न माग गरेको छ । सोमबार बारले विज्ञप्ति निकाल्दै उक्त संशोधनले न्यायाधीश नियुक्तिमा विभेद गरेको र संविधान विपरीत रहेको भन्दै खारेज गर्न माग गरेको हो।
‘न्याय परिषद् नियमावली, २०७४मा गरिएको संशोधन, जसले लामो समयदेखि सेवा गरी आएका न्यायाधीशहरूको वरीयता क्रममा फेरबदल गरेको छ, तुरून्त खारेज गरियोस्। यो संशोधन फिर्ता नभएसम्म कुनै पनि तहमा न्यायाधीश नियुक्ति प्रक्रिया अघि नढाइयोस्।’ बारले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यस्तै न्यायपालिका स्वतन्त्र, सक्षम र निष्पक्ष हुन न्यायाधीश प्रक्रियामा जोड दिँदै बारले न्याय परिषद् पद रिक्त हुनुभन्दा एक महिना अगावै न्यायाधीश सिपदमा सिफारिस गर्नुपर्नेमा संवैधानिक बाध्यतालाई आफ्नो रूची अनुसार प्रयोग गर्दै आएको बारको भनाई छ ।
बारका महासचिव तथा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले विज्ञप्ति जारी गर्दै परिषद्को ध्यानाकर्षण गराएका हुन्। बारले संविधान संरक्षण गर्ने, न्यायाधीशको नियुक्तिको सिफारिस गर्ने निकायले नै संविधानको पालना नगरेको भन्दै न्यायपरिषदलाई तीन बुँदामा ध्यानाकर्षण गराएको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ The Eternal Lure of Gold: From Sacred Metal to Geopolitical Weapon
- २ जागिरे युवाहरूको पहलमा सुनाकोठीमा सरसफाइ गतिविधि सम्पन्न
- ३ नागढुंगा–नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
- ४ गौरहत्याकाण्डको छानबिन गर्न सर्वोच्चको परमादेश
- ५ ओली र लेखक विरूद्धको जाहेरी प्रहरीले बुझी जाँचबुझ आयोगलाई पठायो
- ६ सर्वपक्षीय बैठक बस्दै
- ७ एनपीएलको प्लेअफमा पुगे यी चार टिम, चार बाहिरिए

तपाईको प्रतिक्रिया दिनुहोस